काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) छनौटका लागि गठन भएको उपसमितिको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाउँदा अन्यौलमा परेको छ । सीईओ छनौटमा प्रधानमन्त्री ओली र संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको स्वार्थ (इन्ट्रेष्ट) बाझिएको छ ।
चार वर्षे कार्यकालका लागि सीईओ छनौट गर्न मन्त्रालयले बोर्डका सदस्य विप्लव पौडेलको अध्यक्षतामा मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र पर्यटन व्यवसायी कृष्णबहादुर महरा क्षेत्री सम्मिलित समिति बनाएको थियो ।
समितिले माघ ५ गते बिहान ८ बजे बोर्डको हलमा बैंठक राखी ३ जनाको नाम छनौट गरेको थियो । बैंठकमा बोर्डका अधिकृत सिर्जना नेपालीलाई आमन्त्रित सदस्यको रुपमा राखिएको थियो ।
बैंठकले तीन ओटा निर्णय गरेको छ । पहिलो निर्णयमा माघ २ र ३ गते लिइएको प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागी ९ जना उम्मेद्धवारहरुको लाहाछाप लगाई खामबन्दी गरिएका व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताको मूल्यांकन फारामहरु रहेको खाम थान तीन खोली तालिकीकरण गर्ने निर्णय गरेको छ ।
दोस्रो निर्णयमा ९ जना उम्मेदवारहरुको प्रस्तुतीकरणको पदपूर्ति समिति र विज्ञहरुबाट गरिएको मूल्यांकन अंकको तालिकीकरण गरी औसत अंक निर्धाण गरिएको छ । साथै ९ जना उम्मेदवारको अन्तरवार्ताको पदपूर्ती समिति र विज्ञहरुबाट गरिएको मूल्यांकन अंकको तालिकीकरण गरी औसत अंक जोडी कूल अंक निर्धारण गरिएको थियो ।
प्रस्तुतीकरण तथा अन्तरवार्तामा उच्चतम् अंक प्राप्त गर्ने ३ जना उम्मेदवारहरुलाई कार्यकारी प्रमुखको नियुक्ति सिफारिस सम्बन्धी मापदण्ड एवम् कार्यविधि,२०७६ को दफा(७) बमोजिम वर्णानुक्रमका आधारमा बोर्डको कार्यकारी प्रमुखको पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरियो ।
क) दिपक बस्ताकोटी
ख)धनन्जय रेग्मी
ग)हिकमत सिंह ऐर
तेस्रो निर्णयमा उल्लेखित सिफारिस गरिएका ३ जना उम्मेदवार मध्ये एक जनालाई बोर्डको ऐन,२०५३ को दफा(१४) अनुसार कार्यकारी प्रमुख पदमा ४ वर्षका लागि नियुक्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउन बोर्डको कार्यकारी समितिका अध्यक्ष मार्फत बोर्डको कार्यकारी समिति समक्ष पेश गर्ने निर्णय गरियो ।
उपसमितिको निर्णयमा प्रधानमन्त्री ओलीले रुचाइएका दीपकराज जोशी र बच्चुनारायण श्रेष्ठ नपरेको भन्दै कार्यविधि परिवर्तन गर्न समितिलाई दबाब दिइएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको चासोपछि सीईओ छनौट अझै केही समय लम्बिने देखिएको छ ।
याे पनि पढ्नुहाेस्
प्रधानमन्त्री र पर्यटन मन्त्रीको टकरावमा पर्यटन बोर्डको सीईओ छनौट, पूर्व नियुक्तीहरु हटाउने अभियानमा भट्टराई