काठमाडाैं। नेपालको डिसी फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तार गर्न शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्त्वपूर्ण कदमका रूपमा शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले डिसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न सहकार्यमा हस्ताक्षर गरेका हुन्।
नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्त्वपूर्ण कदमको रूपमा यो साझेदारीले इभी प्रयोगकर्ताका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकूलित एवं दिगो यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
साझेदारीले १ वर्षभित्र देशभरका १०० स्थानमा फास्ट चार्जर स्थापना गर्ने योजना राखेको छ। हाल देशभर १६ बढी फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन्। पोखरामा ३ स्थान, काठमाडौंमा ३ स्थान, नारायणघाटमा ३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगरमा २ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवासलगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन्।
शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ, जसले इभी प्रयोगकर्तालाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउनेछ।
सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर १०० वटा डिसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ।
शारदा ग्रुप निसान,ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो।