काठमाडौं। अनलाइनबाटै सवारीसाधन भाडामा लिन सकिने अनलाइन प्लेटफर्म चलाउ सञ्चालनमा आएको छ। चलाउ मोबाइल एपबाट ग्राहकले आफूलाई आवश्यक परेको समय गाडी भाडामा लिन सक्छन्।
टेकस्पायर स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४ मा सार्वजनिक चलाउ एपले कार, जिप, बाइक, साइकललगायत सवारी भाडामा उपलब्ध गराउनेछ।
व्यक्तिगत रुपमा कतै जानुपरे तथा परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानुपरे पनि ग्राहकले सजिलै आफूले चाहेको ठाउँबाट सवारीसाधन बुक गरेर सेवा लिन सक्छन्। सवारीसाधन तत्कालै आवश्यक परेका तथा केही निश्चित समयका लागि मात्रै सवारी आवश्यक परेका व्यक्तिले यसबाट सवारीसाधन लिएर सेवा लिन सक्छन्।
चलाउ नेपालमा प्रिमियम, किफायती बाइक र स्कुटरजस्ता सवारीसाधन भाडामा उपलब्ध गराउने सेवा हो। यो सुविधाजनक यातायात सेवा उपलब्ध गराउन डिजाइन गरिएको एप हो। नेपालमा सहर बढ्दै गएका र ट्राफिक तीव्र हुँदै गएको अवस्थामा चलाउले गुणस्तरीय र पर्यावरण–मैत्री विकल्पका साथ यी समस्या समाधान गर्नेछ।
चलाउको सेवाले दैनिक कार्य तथा बाहिरी पर्यजनका लागि आवश्यक कार्य गर्न यातायात सुविधालाई सहज बनाउँदछ। चलाउ एप राम्रोसँग मर्मत गरिएको, उच्च प्रदर्शन गर्ने बाइक, स्कुटर र विद्युतीय सवारी उपलब्ध गराउनेछ। यसले ग्राहकको यात्रालाई सहज र राम्रो बनाउनेछ। साथै, सवारीसाधनमा हुन सक्ने झन्झटबाट मुक्त गराउनेछ।
चलाउको सेवा लिन याे प्लेटफर्ममा अनलाइनबाटै साइनअप गर्न सकिन्छ। यससपछि उपलब्ध मोटरसाइकल, आफूले चाहेकाे भाडा योजना छनेट गरी सेवा सुरु गर्न सकिन्छ। दैनिक, साप्ताहिक वा मासिक आधारमा बाइक भाडामा लिन सकिनेछ। उपयुक्त सवारीसाधन प्रयोग गरी व्यवसाय गर्न चाहने, राइड–सेयरिङ गर्ने अवसर पनि यसबाट प्राप्त हुनेछ।
चलाउ सेवा लिन प्रयोगकर्तासँगै सवारीसाधन चालक अनुमतिपत्र र कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्छ। चलाउमार्फत भाडामा लिइएका सबै सवारीसाधनमा आधारभूत बिमा सुविधा उपलब्प्रध हुनेछ।
यसमा तेस्रो–पक्ष दायित्व कभरेज समावेश हुन्छ। यद्यपि, बिमाले व्यक्तिगत चोट वा लापरवाह सवारीबाट हुने क्षतिलाई भने समेट्दैन।