काठमाडौं। खुम्बु क्षेत्रमा रहेको ६ हजार १८७ मिटर अग्लो कियाजो री हिमाल आरोहण गर्न नयाँ रुट खुलेको छ। पोल्यान्डका माछेई किमेल, मिखाल क्रोल र मारिउस मादेजले खुम्बु उपत्यकामा रहेकोे कियाजो री हिमालमा नयाँ आरोहण मार्ग खोलेका हुन्।
उनीहरुले १ हजार ३०० मिटर लामो मार्गलाई ‘बटरफ्लाइ इफेक्ट’ नाम दिएर यसको कठिनाइ स्तरः एम ६, ६बी रहेको बताएका छन। टोलीले ३४ पिच पार गर्न तीन दिन लगाएका थिए भने फर्कन थप एक दिन लगाएका थिए।
आरामबिनाको यात्रा
बाटो खुलाउन गएको टोलीको मुख्य चुनौती थकान थियो। आरोहणअघि टोलीले पाँच दिनको समय अनुकूलन गर्न खर्च गरे पनि आरामको अवसर पाएन। केही दिनमै मौसम खराब हुने सम्भावना भएकाले उनीहरूले तत्काल आरोहण गर्न थाले। अक्टोबर ३१ को बिहान ५ः३० बजे टोलीले आरोहण सुरु गरेको र पहिलो दिनमा ५०० मिटर मिश्रित तथा ढुंगायुक्त भिर चढेको पोलीश हिमालाइज्म स्पोर्टीवीले रिपोर्ट ग¥यो।
टोलीले भन्यो, ‘सुरुदेखि नै भीर झन्डै ठाडो थियो र लगभग ५ हजार ६०० मिटरमा सहज बिव्याक स्थान रहेको थाहा थियो।’ उनीहरूले सोही उचाइको बिव्याक बिन्दुमा पुग्न १५ पिच चढे, जुन स्थानमा उनीहरू साँझ ५ः४५ बजे पुगेका थिए।
त्यसपछि दोस्रो दिन हल्का हिमपातकोबीच आरोहण जारी रह्यो, भने शिलाले बनेको भित्ताले उनीहरूलाई मद्दत ग¥यो। टोलीका अनुसार, ‘विशाल कठिनाइ हुँदाहुँदै पनि चढाइ सहज रूपमा सम्पन्न भयो।’ उनीहरूले सो दिन थप १४ पिच चढेर ५ हजार ९०० मिटरको सानुकम्फुमा पुगेर टेन्टविनै सुत्ने व्यवस्था मिलाए।
शिखरतर्फ यात्रा
तेस्रो दिन बिहान उनीहरूले बाँकी ३०० मिटर उचाइ तय गरी शिखरमा पुगे। ‘पहिला हामीले पूर्वी शिखर चढ्यौं, र सोचेका थियौं कि मुख्य शिखरमा पुग्न सजिलो हुनेछ,’ उनीहरूले सम्झिए। ‘तर, पूर्वी र मुख्य शिखरकोबीचको रिज अत्यन्तै असमान र गाह्रो थियो।’ उनीहरू १०ः३० बजे शिखर पुगेका थिए। तर, फर्कने क्रममा कमजोर भीरका कारण यात्रा चुनौतीपूर्ण बन्यो, रात पर्दा ५ हजार ७०० मिटरमा बिव्याक गरे।
टोलीले खोलिएको मार्ग कियाजो रीकाको उत्तरपूर्व रिजनमा रहेको छ, जसले २०१३ मा रुस–युक्रेनले खोलेको ‘स्टिलिङ ब्यूटी’ नामक मार्गसँग एक पटक मात्र प्रतिच्छेदन गरेको बताए।
पीडाको खबर
मार्चमो गाउँमा थकित र निर्जलित टोली खुसीसाथ फर्कियो। तर, उनीहरूले लाङटाङ लिरुङमा आफ्ना साथी ओन्द्रज हुसेर्काको मृत्युसम्बन्धी दुःखद खबर सुने। ‘खुसी दुःखमा परिणत भयो,’ टोलीले भने।
माछेई किमेलले गत वर्ष चोबुस्तेमा नया मार्ग खोलेका थिए, र हुसेर्काको दुर्घटनाको खबर सुनेपछि टोलीका वाडिम जबलोन्स्कीले उद्धारको प्रयास गरेका थिए। हुसेर्काका साथी मारेक होलेचेकेले सामाजिक सन्जालमा लेखेका थिए कि हुसेर्का उनको हातमा मरेका थिए।
अहिले मौसम प्रतिकूल रहेका कारण उद्धार कार्य स्थगित गरिएको छ। १४ समिट्स एक्सपिडिसन्सका सबिन ठकुरीले उद्धारकर्ताको जोखिमप्रति चिन्ता व्यक्त गरेका छन्। (एजेन्सीको सहयोगमा)