काठमाडौं। सामसुङ नेपालले ग्यालेक्सी ए१६ फाइभजी मिडरेन्ज स्मार्टफोन सार्वजनिक गरेको छ। नयाँ मोबाइलमा ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर की आइजल्यान्डसहितको प्रिमियम ग्यालेक्सी ए–सिरिज डिजाइन, आइपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टम रहेको कम्पनीले जनाएको छ।
नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो भने उपभोक्ता इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित रहेको कम्पनीले बताएको छ। सामसुङ ग्यालेक्सी ए१६ फाइभजी गायक वाङ्देन शेर्पासँग ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो।
सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले आफ्नो सेग्मेन्टमा सिक्स जेनेरेसनको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्तालाई मिड–रेन्ज स्मार्टफोनमा अतुलनीय अनुभव उपलब्ध गराउने बताए।
सबैभन्दा पातलो मिड–रेन्ज उपकरण रहेको यो मोबाइको मोटाइ ७.९ एमएम रहेको छ। यसको पातलो, स्लिम डिजाइनले प्रयोगकर्ताले सहजै समात्न सक्छन्। प्रिमियम फिनिस र विशिष्ट की आइल्यान्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा, आइपी५४ रेटिङ र सुरक्षाका लागि धुलो र पानी प्रतिरोध गर्न सक्छ।
कम्पनीका अनु्सार शक्तिशाली ५० एमपीको क्यामेरा, ५ एमपी अल्ट्रावाइड क्यामेरा र २ एमपी माइक्रो क्यामेरा सुविधाको यो मोबाइलले क्रिप्स र पूर्ण तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ। १३एमपीको फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलको स्तरलाई बढाउँछ भने फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले मोबाइलमा रहेको छ।
ग्राहकले थप सुविधामा परिस्कृत कनेक्टिभिटीका लागि गुगल मिट र क्विक सेयरको साथ सहज अनुभव लिन सक्ने कम्पनीले बताएको छ।
कालो, हल्का हरियो र सुनौला रंगमा उपलब्ध ग्यालेक्सी ए१६ फाइभजीको ६/१२८ जीबी भेरियन्टको मूल्य २८ हजार ९९९, ८÷१२८जीबी भेरियन्टको ३० हजार ९९९ र ८/२५६जीबी भेरियन्टको ३४ हजार ९९९ मूल्य पर्छ।
कम्पनीले ग्यालेक्सी ए१६ फाइभजी सेट खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क उपलब्ध गराउनेछ भने यो मोडल सबै अधिकृत सामसुङ स्टोरमा इन्स्टा फाइनान्स सेवा मार्फत खरिद गर्न सकिनेछ।