काठमाडौं। चालु वर्ष सुरु भएयता बैंकिङ प्राणलीमा लगानी योग्य रकम (तरलता) पर्याप्त छ। बजारमा कर्जाको माग सुस्त भएपछि प्रणालीमा खर्ब बढी तरलता मौज्दात रहँदै आएको हो।
ग्राहकसँग महँगो ब्याजदरमा निक्षेप लिएर कर्जा लगानी गर्न नपाएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाउन प्रतिस्पर्धा नै गर्न थाले। जसको फलस्वरुप निक्षेपको औषत ब्याजदर ६ प्रतिशतमा कायम गरेका छन्। अघिल्लो वर्षको कात्तिकमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा १२ प्रतिशतसम्म ब्याजदर दिएका थिए।
अघिल्ला वर्षहरुमा प्राणालीमा साढे खर्बसम्म अधिक तरलता पुगेमा चालु वर्ष साँवा ४ खर्ब रुपैयाँ माथि पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले आपसी सापटी कारोबार–अन्तर बैंक कारोबार समेत ३ प्रतिशतभन्दा कम ब्याजदरमा गरिरहेका छन्।
प्रणालीमा तरलता बढी वा घटी भए राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गरी व्यवस्थापन गर्छ। राष्ट्र बैंकले तरलता धेरै भए रिभर्स रिपो जारी गरेर बैंकिङ प्रणालीबाट निक्षेप खिच्ने र थोरै भए रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्छ। जसले गर्दा अन्तर बैंक ब्याजदर र कर्जा तथा निक्षेपको ब्याजदर समेत व्यवस्थापन गर्न सघाउँ पुग्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन्।
‘राष्ट्र बैंकले तरलता व्यवस्थापन गरेर बजार ब्याजदरमा स्थायित्व दिन सहजीकरण गरिरहेको छ, यसबिच निक्षेप संकलनका लागि रिभर्स रिपो, एसडिएफबाट प्रणालीबाट निक्षेप खिचेका छौं, जसको निश्चित प्रतिशत ब्याजदर बैंकहरुले पाउँछन्।’–भट्टले भने, ‘चालु वर्ष शुरु भएपछि राष्ट्र बैंकले लगातार तरलता प्रशोचन गर्ने काम गरिरहेको छ। बजारमा तरलता आवश्यक पर्ने बित्तिकै पुन तरलता प्रवाह गर्छ।’
तरलता व्यवस्थापन गर्दै बैंकहरुले घटाइरहेको ब्याजदरलाई रोक्न राष्ट्र बैंकले चालु वर्षको कात्तिक २५ गतेसम्म ७ खर्ब ८९ अर्ब रुपैयाँ बढी निक्षेप खिचिसकेको छ। जुन राष्ट्र बैंकले बोलकबोल विधिमार्फत् बैंकहरुबाट ३ प्रतिशतभन्दा कम ब्याजदरमा निक्षेप संकलन गरेको हो।
गत साता अर्थात् कात्तिक १९ गते चालु वर्षकै सर्वाधिक तरलता प्रणालीमा मौज्दात थियो। उक्त दिन बैंकिङ प्रणालीमा ४ खर्ब १७ अर्ब ७१ करोड रुपैयाँ तरलता मौजदात थियो। त्यसयता नै राष्ट्र बैंकले विभिन्न समयमा गरेर ३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप खिचेको छ। जसले गर्दा बैंकिङ प्रणालीमा एक सातामै तरलता ८५ अर्ब रुपैयाँमा झरेको छ। तिहार बिदा सकिएसँगै राष्ट्र बैंकले विभिन्न चरणमा अर्ब रुपैयाँ बढी सस्तो ब्याजदरमा निक्षेप खिच्दा बैंकबाट तरलता घट्दै गएको हो।