काठमाडौं। नेपाली मोटर स्पोर्टस्को ६ सदस्यीय राष्ट्रिय टोली नेपाल फर्किएको छ। अक्टोबर २३ देखि २७ सम्म स्पेनको भ्यालेन्सियामा सम्पन्न एफआईए मोटर स्पोर्टस् गेम्सको तेस्रो संस्करण २०२४ मा भाग लिएर स्वदेश फर्किएको छ। यस संस्करण मा नेपाल सहित विश्वभरका ८२ राष्ट्रका ६४६ बढि अथ्लेटिक्सले विभिन्न २६ विद्यामा उच्च स्तरको प्रतिस्प्रधा गरेका थिए।
नेपालले ई–स्पोर्टस् जिटी र अटो स्लालम गरी दुई विद्यामार्फत राष्ट्रिय टिमलाइ प्रतिस्पर्धामा उतारेको थियो। जसमा दिप्रश शाक्यले ई–स्पोट्र्स जिटी, कृष्णप्रसाद पौडेल र प्रज्ञा कँडेलको जोडिले अटो स्लालममा उच्च स्तरको प्रतिस्पर्धात्मक कला र सिप प्रस्तुत गरेका थिए।
स्पेनको रेसिङ्ग ट्रयाक सर्किड रिकार्दी टर्मी खेल परिसरमा सम्पन्न अटो स्लालम बिधामा नेपाल सहित १७ राष्ट्रका महिला र पुरुष गरी ३४ जनाले हुन्डाइ कम्पनी कोना एन सिरिजको अटो ट्रन्स्मिसन लेफ्ट हेन्ड साइडको विद्युतीय सवारी – युरोपियन मोडल मार्फत आफुलाइ सो प्रतिस्पर्धामा खरो रुपमा प्रस्तुत गरेका थिए।
खेलको उद्धघाटनमा ५७ राष्ट्रका ५७ खेलाडिहरु (ड्राइभर)ले फेनाटेक सिमुलेटरमा सर्किड रिकार्दा टर्मामा मर्सिडिज ब्राण्डको एएमजी जिटी (घ) २०२० मोडलको डिजिटल सवारीसाधन कुदाएका थिए। सो अत्याधुनिक प्रविधियुक्त खेलमा नेपाली टिमका खेलाडी (ड्राइभर) दिप्रश शाक्य उत्कृष्ट खेल खेल्दै क्वालिफाइड राउन्ड पार गरि क्वाटर फाइनलसम्म पुगेका थिए।
स्पेनको कलात्मक सहर भ्यानेन्सियाको बास्तुकलाको उत्कृष्ट नमुना आर्ट एण्ड साइन्स ग्यालरि म्युजियम को प्राङ्ग्ण्मा भएको उद्धघाटन समारोहको मार्च पासमा ई–स्पोर्टस् जिटी विद्याका खेलाडी शाक्यले नेपालको राष्ट्रिय झण्डा उठाएका थिए भने टोलीका अन्य सदस्य्हरु नेपाली भेषभुसामा सुसज्जित भएर सम्पुर्णको ध्यानाकर्षण गरेका थिए।
नेपाली खेलाडी टोलीलाई हौसला प्रदान गर्न नेपालको एक मात्र अटो मोबाइल स्पोर्टस्को राष्ट्रिय तथा अन्तरास्ट्रिय मान्यता प्राप्त नियामक संस्था नेपाल अटोमोबाइल एसोसियसनका अध्यक्ष दशरथ रिसाल स्वयं टोलिमा सहभागी थिए।