काठमाडौं। कामना सेवा विकास बैंकले स्थापनाको १८औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ। बैंकले वार्षिकोत्सव अवसरमा देशभर सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ।
बैंकले आज देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रीयसहित सबै क्षेत्रीय कार्यालयमा सम्पन्न रक्तदानमा ३९३ पिन्ट रगत संकलन भएको बैंकले जननाएको छ।
सञ्चालक भीमप्रसाद तुलाचनले बुटवल शाखामा भएको रक्तदान कार्यक्रम उद्घाटन गरेका थिए भने केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग वितरण गरेर रक्त सुरु गरेका थिए।
बैंकले सर्वाधिक रक्तदान गर्ने कर्मचारीमा प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदी, कानुन विभाग प्रमुख डण्डपानी भट्टराई, जोखिम सम्पत्ति विभाग प्रमुख नितेश अर्याल, शाखा प्रमुखद्वय राजेश कुइँकेल र यज्ञमूर्ति लुइँटेल, सवारी चालक यामबहादुर श्रेष्ठलाई केएसबीबीएल आईकनका रुपमा सम्मान गरेको छ।
रक्तदान इटहरी, बर्दिवास, चितवन खुरखुरे, पोखरा न्युरोड पोखरा, बुटवल बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा आयोजना गरिएको बैंकले ज नाएको छ।
बैंकले वार्षिकोत्सव अवसरमा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न मठमन्दिर सफाइ, डस्टबिन हस्तान्तरण, अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटलस कप, वित्तीय साक्षरतामूलक पदयात्रा कार्यक्रम आयोजना गरेको थियो।