काठमाडौं। गिली समर्थित जिकर ७एक्स इलेक्ट्रिक क्रसओभरले चीनको बजारमा आफ्नो उल्लेखनीय सफलता हासिल गरेको छ। यसले बिक्री सुरु गरेको ५० दिनभित्र नै २० हजार युनिट डेलिभर गरिसकेको छ।
यो उच्च–स्तरीय ब्याट्री इलेक्ट्रिक वाहन हो, जसको मूल्य ३२ हजार अमेरिकी डलर छ। यस मोडलले जिकर ब्रान्डको सबैभन्दा धेरै बिक्री हुने गाडी बन्ने लक्ष्य राखेको छ। तथापि, सुरुवातमा देखिएको तिब्र डिमान्डपछि जिकर ७एक्सको डेलिभरीको गति केही कम भएको छ।
जिकर एक चिनियाँ उच्च–स्तरीय नयाँ ऊर्जा वाहन ब्रान्ड गिलीद्वारा २०२१ मा स्थापना गरिएको थियो। यो वर्षको मे महिनामा, जिकरले न्यूयोर्कको इनिसियल पब्लिक अपरिङमार्फत् ४४१ मिलियन अमेरिकी डलर संकलन ग¥यो। कम्पनीको हालको मोडल लाइनमा ६ वटा गाडीहरू छन् र जनवरीदेखि अक्टोबर २०२४ सम्म जिकरका कुल १ लाख ६७ हजार ९२२ गाडीहरू बिक्री भएका छन्।
जिकर ७एक्स सेप्टेम्बर २० मा चिनियाँ बजारमा प्रवेश गरेको थियो। लन्चको २४ घण्टाभित्र, यो मोडलले ६ हजार भन्दा बढी पक्का (नफर्किने) अर्डरहरू प्राप्त ग¥यो।
सेप्टेम्बर ३० मा, श्भभपच ले पहिलो मालिकहरूलाई ५ हजार गाडीहरू डेलिभरी गरेको घोषणा ग¥यो। त्यसको एक हप्तापछि, चिनियाँ वाहन निर्माताले जिकर ७एक्सका लागि २० हजार पक्का अर्डरहरू प्राप्त गरेको जानकारी गरायो।
नोभेम्बर ११ मा लन्च भएको ५० दिनपछि जिकरले औपचारिक रूपमा घोषणा ग¥यो कि उसले मुख्य चीनमा २० हजार गाडीहरू ग्राहकहरूलाई डेलिभर गरिसकेको छ। २ लाख २९ हजार ९०० युआन (३२ हजार अमेरिकी डलर) को शुरुवाती मूल्यको साथमा, यो बिक्री प्रदर्शन प्रभावशाली मानिएको छ। यद्यपि, लन्चको पहिलो हप्ताको तुलनामा डेलिभरी दर पछि केही घटेको छ।
लन्चको पहिलो १० दिनमा जिकरले औसतमा प्रतिदिन ५०० युनिट जिकर ७एक्स डेलिभर ग¥यो। तर, त्यसपछि आउने ४० दिनमा यो दर घटेर प्रतिदिन करिब ३७५ युनिटमा झ¥यो। यो वर्षको सेप्टेम्बरमा जिकरले चीनमा ४३० वटा प्रत्यक्ष रूपमा संचालित स्टोरहरू रहेको पनि जानकारी दिएको थियो। जिकर ७एक्स एक मध्य आकारको पाँच सीट भएको एसयूभी हो।