एजेन्सी । १९९५ मा जब नेटस्क्याप सिल्भर भ्यालीमा तात्तिएको कम्पनी थियो र बिल गेट्स पनि सफ्टवेयरको क्षेत्रमा भयानक स्वरुपमा उदीयमान शक्ति थिए ।
त्यस समय एगहेड्स र त्र्mयांकले एकै किसिमका भविष्यवाणी गरेका थिए– हामी सबैलाई वल्र्ड वाइड वेभले जोड्नेछ र बिचौलियाको अस्तित्वलाई अन्त्य गरिदिन्छ । गेट्सले फिरिक्सनफिरी क्यापिटलिज्मको विश्वको पूर्वानुमान लगाएका थिए, जसमा हामीलाई मध्यस्थताका लागि इन्टरनेट मात्र आवश्यक पर्नेछ ।
उनले आफनो सर्वाधिक लोकप्रिय पुस्तक द रोड अहेडमा इन्टरनेटलाई युनिभर्सल मिडलम्यान भनी लेखेका छन् । २० वर्षपछिको परिदृश्य हेर्दा त्यो अनुमानविपरीत सबै देखिएको छ । बिचौलियाहरु आज अझ सक्रिय भएका छन् र अरु समयको भन्दा थप महङ्खवपूर्ण बनेका छन् ।
एजेन्ट, ब्रोकर, डिलर र रिसेलरहरुलाई गलत अर्थ लगाइन्छ तर आजको सम्पूर्ण प्लेटफर्ममा उनीहरुले महङ्खवपूर्ण भूमिका खेल्छन् । यहाँसम्म कि कुनै समय उनीहरुको अस्तित्वलाई सिध्याउने सोचिएको इन्टरनेटमा पनि महङ्खवपूर्ण भूमिका खेल्छन् । परिणामस्वरुप आजको दिनमा विगतभन्दा एउटा सिपालु बिचौलिया बन्नु भनेको अझ महङ्खवपूर्ण भएको छ ।
केललग स्कुलका अर्थशास्त्री डेनियल स्पुलबर, जसले बिचौलियाका विषयमा राम्रो अध्ययन गरेका छन् । उनको हिसाबअनुसार १९९९ मा अमेरिकाको जीडीपीमा २५ प्रतिशत योगदान बिचौलियाकै थियो ।
अझ २०१० मा फर्केर हेर्ने हो भने त्यो समय बिचौलियाको अस्तित्व निरर्थक रहेको भनेर मानिएको अवस्थामा उपलब्ध तथ्यांकअनुसार बिचौलियाले अमेरिकाको जीडीपीमा एक तिहाइभन्दा धेरै ३४ प्रतिशत योगदान गरेका थिए ।
इब्बेलाई नै हेरौ“ । यसको सुरुआती दिनदेखि नै कम्प्युटर तथा इन्टरनेट कनेक्सनमा रहेकाहरुले आफूले बेच्न चाहेको हरेक कुरा इब्बेमा पोस्ट गर्न सक्थे र विश्वभरिबाट चाहिएअनुसारका ग्राहक प्राप्त गर्न सक्थे । यो साइट उदय भएसँगै बिचौलिया पनि उदय भए । पहिले अक्सनडरपजस्ता हेन्डी स्टोर आए ।
अन्ततः इन्टरनेटको साइटमा आप्mनो भच्र्युअल सिग्नल देखाएर पावरसेलर्स उदय भए । यी पावरसेलल्र्सका एकदमै सक्रिय र चर्चित प्रयोगकर्ता छन् । इब्बेबाट ४ प्रतिशत मात्र व्यापार गरे पनि यसको आधा जति व्यापार उनीहरुबाटै हुन्छ । पावरसेलर्सले आप्mनो सम्पत्ति बेच्दैनन् । उनीहरु अरु मानिसको सम्पत्तिलाई रिसेल र रिटेल गर्छन् ।
सबैभन्दा उच्च बिक्री गर्नेले प्रतिमहिना १ लाख ५० हजार डलरसम्मको बिक्री गर्छन् । हामी पावरसेलर्सलाई इब्बेभन्दा धेरै विश्वास गर्छौं । किनभने हामीलाई थाहा छ, खराब वस्तु बिक्री गरेर पावरसेलर्सले आफूले मिहिनेत साथ कमाएको ब्रान्डिङलाई खेर जान दि“दैन । इब्बेले बिचौलिया अन्त्य गर्नुको सट्टा त्यस्तै प्रकारको नयाँ कडा नस्ललाई जन्म दिएको छ ।
इब्बेमा जे हुन्छ, लिंक्डइनमा पनि त्यही“ हुन्छ । सबै जना यहाँ निःशुल्क जोडिन सक्छन् । यदि तपाईं रोजगारी खोज्दै हुनुहुन्छ भने पेड भर्जनमा जानुहोस् । त्यसले तपार्इंलाई थप गहिरिएर खोजी गर्न सघाउँछ र व्यक्तिगत नेटवर्कबाट पनि बाहिरका मानिससँग सम्पर्क बनाउने बाटो खोलिदिन्छ ।
लिंक्डइनले यिनै प्रिमियम सब्सक्रिप्सनबाट पैसा कमाउँछ तर व्यावसायिक प्रयोगकर्ताबाट धेरै पैसा बनाउँछ । वास्तवमा व्यावसायिक प्रयोगकर्ता सबैभन्दा उच्च आयप्रदायक स्रोत हुन्, लिंक्डइन कम्पनीका । कम्पनीले यी व्यावसायिक प्रयोगकर्ताबाट आफनो सम्पूर्ण रोजगारी खोजी गर्ने व्यक्तिगत प्रयोगकर्ताभन्दा बढी पैसा कमाउँछ ।
अमेरिकामा खरिद–बिक्री हुने ९१ प्रतिशत घर सबै रियल स्टेट एजेन्टबाट बिक्री हुन्छन् । तर यी बिचौलियाको लिस्टिङमा एक्स्क्लुसिभ लक छैन, यसको श्रेय भनेको ट्रुलिया र जिल्लोजस्ता साइटलाई जान्छ ।
रियल स्टेट एजेन्टलाई पाखा लगाउनुको सट्टा यी साइटले तिनीहरुलाई विज्ञापन गर्न लगाएर साझेदारी गरेका छन् । २०१५ को पहिलो चौमासिकको रिपोर्टअनुसार १ लाख ३ हजार एजेन्टले जिल्लो र ट्रुलियामा मासिक ३ सय ५४ डलर रकम खर्च गरेका थिए ।
युट्युबबाट बनिएका सेलिब्रेटीले देखाएका छन् कि श्रोता फेला पार्न कल्चरल गेटकिपर्स मात्र एउटा बाटो होइन । तर, पुराना फेसनका एजेन्टले टेलिभिजन तथा फिल्मका लागि नयाँ कलाकार खोजी गर्न युट्युब हेर्ने गरेका छन् । साहित्यका एजेन्टले पनि सर्वाधिक बिक्री हुने कृतिको लेखक खोज्न आजभोलि ब्लगस्पेयरमा हेर्ने गरेका छन् ।
प्रत्यक्ष सम्पर्कमा आधारित रहेको सामाजिक सन्जाल सार्वजनिक सम्बन्ध विशेषज्ञ, विज्ञापनदाता र अन्य विशेषज्ञको एउटा सामूहिक थलो बनेको छ । यसलाई व्यवसायी तथा स्टारहरुले आफ्ना सेवाग्राही तथा प्mयानहरुसँग जोडिन प्रयोग गर्छन् ।
त्यसो त, इन्टरनेटले केही बिचौलियाको काम पनि खोसिदिएको छ । ती स्टकब्रोकर, जसले विनिमयको प्mलोरमा ट्रेडलाई सम्पादन गर्थे अथवा ट्राभल एजेन्टको काम, तिनको काम खोसिएका पनि छन् । तर समग्रमा बिचौलियाको शक्ति उदय भएसँगै सबैका हात–हातमा वेभको विकास भएको छ ।
वास्तवमा बिल गेट्स र अन्यको अनुमान किन असफल भयो त ? बिचौलियाको अस्तित्व रहनुका पछाडिको कारण भनेको कुनै पनि किसिमको कारोबारमा मध्यस्थता गरेर समय र अर्थको खर्चलाई घटाउने भन्ने हो । तर, बिल गेट्सलगायत केही मानिसले इन्टरनेटले पनि बिचौलिको काम गर्न सक्ने हुँदा यो भौतिक बिचौलिया आवश्यक नपर्ने अनुमान लगाएका थिए ।
र, यो कालान्तरमा आएर गलत साबित भयो । इन्टरनेटले क्रेता र बिक्रेताको मात्र कारोबार खर्चलाई घटाउँदैन, यसले बिचौलियाको खर्चलाई पनि घटाउँछ । यदि बिचौलियाले इन्टरनेटको शक्तिलाई राम्ररी प्रयोग गर्न सके भने उनीहरुको अझै पनि अस्तित्व र मान्यता कायमै छ ।
मैले अन्तर्वार्ता लिएका एक बिचौलिया माइक्रोका भिसी माइक म्यापल्स जुनियर भन्छन्, ‘यो कनेक्टेड वल्र्डमा हाम्रो कनेक्सनलाई बढाउने वस्तु र तङ्खव एकदमै मूल्यवान बन्दै छन् ।’ यसकारण म्यापल्स धेरै वटा इन्टरनेट बिजनेसमा आक्रमक रुपमा संलग्न छन् । म्यापल्स भन्छन्, ‘बिचौलियाले गर्ने भनेको यही“ नै हो । उनीहरु आफ्नो नेटवर्कलाई बढाउन नेटवर्कका विभिन्न गाँठोलाई जोडिरहन्छन् ।’
बिचौलियाको कामबारे यो सानो व्याख्या मात्र हो । बिचौलियाको पेसा गर्न चाहने हरेकका मनमा नयाँ प्रश्न उब्जिन सक्छन् । बिचौलियालाई कस्तो किसिमको नेटवर्कले मद्दत गर्छ ? कुन गाँठोलाई जोड्न हामीले ध्यान दिनुपर्छ ? ती गाँठाले कसरी कनेक्सनलाई मजबुत बनाउँछन् । मलाई लाग्छ, बिचौलियाले ६ वटा भूमिकालाई निभाए आफ्नो काम उत्कृष्ट रुपमा गर्न सक्छन् ।
पुलको भूमिका : क्रेता र बिक्रेताबीचमा पुलको काम गर्नु नै बिचौलियाको मुख्य काम हो । दुई पक्षबीच सामाजिक, भौतिक र समयको दूरीलाई घटाएर उसले भूमिका खेल्नुपर्छ ।
सर्टिफायर : एउटा सर्टिफायरले सधैँ भुसबाट चामललाई छुट्याउँछ र क्रेतालाई सधै“ उसले खरिद गर्दै गरेको सामानको निहित गुणस्तरताको सुनिश्चित गराउँछ । यदि तपाईंले आफ्नो ग्राहकलाई कमसल कुरा भिडाउनुभयो भने तपाईं साझेदार होइन, पिपासु ठहरिनुहुन्छ ।
इन्फोर्सर : बिचौलियाले सधैँ क्रेता र बिक्रेताले आफ्नो पूर्ण लगानी र इफोर्ट लगाएको, इमानदार रहेको, समन्वय गरेको सुनिश्चित गर्नुपर्छ ।
जोखिमको जिम्मेवार : बिचौलियाले सधै“ सबै किसिमको उतारचढावलाई अन्त्य गरेर कुनै पनि किसिमको अनिश्चितता रहन दिनुहुन्न । अनिश्चितता र खतरा उत्पन्न भएको खण्डमा त्यसलाई वहन गर्ने ल्याकत राख्नुपर्छ ।
सहायक : पर्याप्त सम्भावना र विकल्प भएको अवस्थामा ग्राहकलाई असल निर्णय लिन सहयोग गर्नुपर्छ । सामान्य मानिसका लागि कुनै निर्णय लिन जटिल हुन्छ तर दैनिक यस्तै कुराको सामना गरिरहेका लागि यो कुराको निर्णय लिनु सहजै हुन्छ ।
इन्सुलेटर : बिचौलियामा ग्राहकले इन्सुलेटरको खाँचो तब खोज्छ, जब दुवै पक्षले एकअर्कालाई अघि नै चिनेको छ तर उनीहरुले एकअर्कालाई छुट्टाछुट्टै राख्न चाहन्छ । क्लाइन्टले एकअर्कासँग सामना नगरी, स्वप्रचार नगरी नै इन्सुलेटरको सहयोगबाट डिल गर्न सक्छन् ।
बिचौलियाको अझ पनि खराब तस्बिर कायमै छ र यो यति चा“डो परिवर्तन हुने सम्भावना देखि“दैन । तर, जसले यी ६ वटा भूमिका राम्ररी खेल्न सक्छन्, उनीहरुले सधैँ आफ्नो मूल्यलाई कायम राख्न सक्छन् । (फास्ट कम्पनी डट कम) क्यापिटल म्यागजिनबाट
याे पनि पढ्नुहाेस्
बिचौलियाको कब्जामा अर्थतन्त्र, अस्वभाविक धन आर्जन गर्ने बढे