काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा बनाउन लागेको अत्याधुनिक तथा सुविधासम्पन्न भ्यू टावर निर्माणमा लाचारीपन देखाएको छ ।
२०७१ साल ०७४ फागनु ८ गते अर्थात तीन वर्ष भित्र टावरको निर्माण सक्ने गरी महानगर र जेलेश्वर स्वच्छन्द बिकोई कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताको ८ महिनापछि ०७२ कात्तिक २५ उपराष्ट्रपति नन्दबहादुर पुनले टावरको शिलान्यास गरेका थिए ।
शिलान्यासको ६ महिनापछि ०७३ बैशाख २२ गते पुरानो बसपार्कलाई खुलामञ्चमा सारेर निर्माणस्थलको वरपर जस्तापाताले बारिएको थियो । अहिलेसम्म पनि जस्तापाताले बारिएको अवस्था छ ।
भित्र टावर निर्माण लागि अण्डर ग्राउड तथा पिल्लर राख्ने काम समेत सकिएको छैन । भित्र निर्माण स्थलमा निर्माण प्रयोग हुने निर्माण सामाग्री तथा ठूला–ठूला उपकरण थुपारिएको छ ।
त्यस्तै, टावर निर्माणमा महानगरको निष्क्रियता कारण सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि निर्माणको काम लथालिङ अवस्थामा छ ।
महानगरको करिव ७ अर्ब रुपैयाँको लागतमा २३ रोपनी क्षेत्रफमा २९ तले भ्यु टावर निर्माण गर्ने योजना ल्याएको थियो ।
भूकम्पपछि महानगरले नै सहरी क्षेत्रमा १२ तले भन्दा माथि टावर निर्माण गर्न नपाउने व्यवस्था ल्याएपछि १२ तलाको भन्दा माथि नक्सा पास हुन सकेको छैन । टावर निर्माणको लागि पुरानो बसपार्कमा प्रयोग भएको दिएको छ ।
२९ तले भ्यू टावरको निर्माण कार्य सम्झौता भएको तीन वर्षपछि मात्र निर्माण सुरु गरिएको थियो । तर,निर्माण सम्झौता अवधि सकिएर पनि ३ वर्ष बितिसक्दा समेत सो कार्य सम्पन्न हुन सकेको छैन । यता महानगरले पनि अहिलेसम्म चासो दिएको छैन ।
निर्माण कम्पनीका प्रमुख मनोज भेटवाललाई टावर निर्माणमा किन ढिलाई भएको हो ? कहिलेसम्म निर्माण सम्पन्न हुन्छ ? भनेर क्यापिटल नेपालले प्रश्न गर्दा उनले बोल्न चाहेन्न । उनले बैठकमा छु भन्दै फोन काटे ।
यता, महानगरले निर्माण सम्झौता सकिएको तीन वर्षसम्म नत कुनै कारबाही नै गर्न सकेको छ, न त ठेक्का सम्झौता नै तोड्न । महानगरले चाहेमा कुनै पनि कदम चाल्न सक्छ तर, यो विषयमा महानगरले कार्यपालिका बैठकमा २०७५ फागुन १७ मा विस्तृत अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिने भनेको थियो । तर, महानगरले अध्ययनको लागी परार्मशदाता छनोट समेत गर्न नसकेको छैैन् ।
निर्माण कम्पनीले टावर बनाउन अहिलेसम्म गरेको प्रगतिको, कामको गुणस्तर तथा समयमा निर्माण गर्न नसक्नुको कारणको विषयमा अध्यनन गर्ने एउटा अध्ययन समिति बनाउने प्रक्रिया रहेको महानगरका प्रवक्ता इश्वरमान डङगोलले बताए ।
उनका अनुसार अध्ययन कमिटी बनाएर रिपोट आएपछि मात्र रिपोर्टको आधारमा अगाडी बढ्ने कुरा आएको हो । उनले भने‘अध्ययन कमिटीले प्रविधिक रिपोर्ट आएपछि मात्र महानगर यस विषयमा कसरी जाने भन्ने निर्कषमा जान्छौं ।’
टावर निर्माण पछि ठेकेदार कम्पनीलाई महानगरपालिकाले वार्षिक २ करोड ७० लाख रुपैयाँ भाडा लिने गरी २७ वर्षसम्म लिजमा दिने सम्झौता भएको थियो । टावर निर्माण प्रक्रिया सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा २९ तले टावर बनाउने बताउदै आएको छ ।
२७ वर्ष निर्माण कम्पनीले टावर सञ्चालन गर्ने र २७ वर्षपछि काठमाडौं महानगरपालिकाको मातहतमा आउनेछ । भ्यु टावरमा दुई तला अन्डर ग्राउन्ड र तीन वटा तलामा बस, माइक्रो तथा मोटरसाइकल पार्क रहने गरी निर्माण गर्ने गरी अगाडी बढेको महानगरले जनाएको छ ।
यसरी पाए भेटुवालले भ्यू टावरको ठेक्का
महानगरपालिका सीमित व्यक्तिको फाइदाको लागी मात्र योजना अगाडी बनाएको पाइन्छ । जुन योजना महानगरको चासो भन्दा बाहिर रहेको छ । यस विषयमा महानगरका कुनै पनि पदाधिकारीहरु बोल्न चाहादैन्न । महानगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा नै भेटुवालले ठेक्का पाएको जानकारहरुले बताउदै आएका छन ।
विवादै विवादमा पसेका ठेकेदारलाई टावर निर्माण ठेक्का दिएकाले निर्माण सुरु गर्नु भन्दा अघिदेखि विवादीत बन्दै गएको थियो । र, जलेश्वर स्वच्छन्द बिकाई कम्पनीलाई ठेक्का दिइयो ।
कम्पनीले ठेक्का सम्झौता गरेको ६ वर्ष पनि निर्माण सम्पन्न नगरकोमा यसको जिम्मा कसले लिने ? महानगरले की ठेकेदार कम्पनीले यस्ता प्रश्न बारम्बार आएका छन् । तर, महानगर यस विषयमा मौन बस्नु र कुनै प्रतिक्रिया नदिनुमा केही अनियमितता रहेको छ भन्ने कुरा प्रष्ट रहेको छ ।
महानगरकी उप–प्रमुख हरिप्रभा खड्गी यस विषयमा अनविज्ञ रेहेको बताउदै आएकी छिन । सम्झौता दिएको कुनै पनि प्रमाण नभेटीएकाले अनुगमनको काम अगाडी नबढेको बताएकी छन ।
ठेकेदारको कब्जामा खुल्ला मञ्च
२०७१ सालमा ३ बर्ष भित्र निर्माण सक्ने सम्झौतासहित केही समयका लागि बसपार्क पार्किङ गर्न अनुमति दिएको काठमाडौं महानगरले भ्यू टावरका ठेकेदार मनोज भेटवालले खुल्ला मञ्चमा व्यापारीक टहरा बनाएर खुलामञ्च नै बिक्री गरिसक्दा समेत सुइको समेत पाएन ।
ठुलठुला व्यापारिक टहरा निर्माण गरि व्यापार व्यवसाय संचालनमा आइसक्दा समेत नबोलेको महानगर एकाएक सर्वसाधारण जागरुक भएपछि मात्रै अगाडि आएको थियो । भ्यू टावरका ठेकेदार मनोज भेटवालको कर्तुतबारे पर्दाफास भएपछि केही हच्केको महानगर भेटवाललाई कारबाही गर्न भने अझै अगाडी बढ्न भने सकेको छैन ।
ठेकेदार भेटवाललले राणाकालमा समेत हलचल गर्न नसकेको खुल्ला मञ्च ठेकेदारले आफ्नो मनोमानी अनुसार व्यापारीहरुसँग ५ करोड रुपैयाँ अग्रिम भुक्तानी गरी खुल्ला मञ्चमा सटर बनाएर बेचेका थिए ।
भेटवालले एउटै व्यापारीसँग ११ लाख रुपैयाँसम्म सलामी रकम लिएर बिक्रि गरेको महानगरले थाहा पाएपछि उपमेयर खड्गीको नेतृत्वमा अनुगमन गरी टहरा भत्काइको थियो । यस विषयमा महानगरले अहिलेसम्म पनि सम्झौताको कागजपत्र सार्वजनिक गरेको छैन ।