काठमाडौं। टाटा पन्च ईभी र वुलिङ बिंगाे यसै वर्ष नेपाल भित्रिएका ह्याचब्याक सेग्मेन्टका गाडी हुन्। कम बजेटका गाडी किन्ने ग्राहकका लागि यी दुई उत्तम विकल्प हुन सक्छन्।
समान मूल्य र फिचर लोडेड ह्याचब्याक सेग्मेन्टको टाटा पन्च ईभी नेपालमा सिप्रदी ट्रेडिङले ल्याएको हो भने वुलिङ बिंगाे पारामाउन्ट मोटर्सले नेपाल ल्याएको हो। नेपालमा टाटा पन्च ईभी तीन फरक मोडलमा उपलब्ध छन्। यी दुई गाडीको मूल्य दुई लाख रुपैयाँले फरक रहेको छ।
करिब ४ महिनाअघि नेपाल आएको वुलिङ विङगो ह्याचब्याकको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने नाडा अटो शो २०२४ मा नेपाल भित्रिएको टाटा पन्च ईभीको मूल्य क्रमशः ३३ लाख ९९ हजार, ३६ लाख ९९ हजार र ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
ब्याट्री तथा मोटर
टाटा पन्च ईभीको सर्ट रेन्ज मोडलमा २५ किलोवाटको ब्याट्री र लङ रेन्ज मोडलमा ३५ किलोवाट आवारको ब्याट्री प्याक दिएको छ। पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ। यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ। त्यस्तै, लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ। यसले १२२ हर्स पावर र १९० न्यूटन मिटर टर्क जेनेरेट गर्छ।
वुलिङ विङगोमा ३१.९ किलोवाट आवरको लिथियम ब्याट्री प्याक छ। यसमा ५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। उक्त मोटरले अधिकतम ६७ पीएस पावर र १५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ।
रेन्ज
टाटा पन्च ईभीमा भएको २५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ३१५ किलोमिटर र ३५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले ४२१ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। वुलिङ बिंगाे ह्याचब्याकमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ।
साइज
टाटा पन्च ईभीको लम्बाइ ३८५७ एमएम, चौडाइ १७४२ एमएम र उचाइ १६३३ एमएम छ। यसको ह्ीवलवेस २४४५ एमएम छ।
वुलिङ बिङ्गो ह्याचब्याकको लम्बाइ ३९५० एमएम, चौडाइ १७०८ एमएम र उचाइ १५८० एमएम छ। यसको ह्ीवलवेस २५६० एमएम छ।
ग्राउन्ड क्लियरेन्स
टाटा पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने वुलिङ बिंगाेको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ।
क्याबिन फिचर
बिंगाेमा एलइडी प्रोजेक्टर हेडल्याम्प, फ्रेमलेस वाइपर, डायमन्ड सेपको पारामेटीक ग्रिल र साइड मिररमा टर्न इन्डिकेटर दिएको छ।
म्युजिकका लागि ४ वटा स्पीकर रहेको कारमा टु स्पोक मल्टिफङ्सन स्टेरिङ ह्वील र अटोमेटीक एसीको लागि फिजिकल बटन दिइएको छ। सेन्टर कन्सोलमा रोटरी गियर सेलेक्टर तथा इलेक्ट्रिक पार्किङ ब्रेक र इलेक्ट्रिक एड्जस्टेबल ओआरभीएम दिएको छ।
वुलिङ बिंगाेमा दुई एयरब्याग, एबीएस तथा इबीडी, अटोमेटिक भेहिकल होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक, इलेक्ट्रिक स्टेबेलिटी कन्ट्रोल, रियर पार्किङ क्यामेरा, टायर प्रेसर मनिटरिङ सिस्टमजस्ता सुरक्षा फिचर छन्।
टाटा पन्च ईभीमा रिजेन लेबल कन्ट्रोल गर्न यसको स्टेरिङमा प्याडल सुविधा दिएको छ। १०.२ इन्चको इन्फोटेमेन्ट स्क्रिन, डिजिटल इन्ट्रुमेन्ट डिस्प्ले, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटर, भेन्टिलेटेड सिट, वायरलेस फोन चार्जर, सनरुफ, क्याबिन एयर प्युरिफायर, ६ एयर ब्याग, ६ स्पिकर हर्मन साउन्ड सिस्टमजस्ता फिचर पाउन सकिन्छ