काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेशमा कामकाजी भाषा ऐन कार्यान्वयन चरण रहेको जानकारी दिएका छन्।
शनिबार काठमाडौंको रामहिटिस्थित सिद्धार्थ बुटिक होटलमा अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आयोजना गरेको विषयगत विज्ञ भेलालाई सम्बोधन गर्दै तामाङले यो कार्यक्रमले तामाङ संस्कृति, भाषा, इतिहास र सभ्यता विकासमा टेवा पुग्ने बताए। मुख्यमन्त्री लामाले भने, ‘कार्यक्रमले तामाङ भाषा लिपिको समस्यालाई समाधान गर्नेछ।’
उद्धघाटन सत्रलाई तामाङ घेदुङका कार्यवाहक अध्यक्ष सन्चु ब्लोनले स्वागत गर्दै भाषा ऐनलाई विज्ञ भेलाले सांस्कृतिक पुनःउत्थान समिति, तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समिति, तामाङ मानवअधिकार प्रवद्र्धन समिति, भाषा, लिपि तथा शिक्षा प्रवद्र्धन समिति, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चांग समिति गठन गरिनेछ।
भेलामा परिषद्का स्थायी सदस्य राष्ट्र नेपाल, भारत, भुटान, बर्मा लगायत ७ राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका छन। त्यस्तै विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाका प्रतिनिधिले अनलाइन (भर्चुअल) बाट सहभागिता जनाएका छन्।
उद्घाटन सत्रलाई आइटिसीका पूर्वाध्यक्ष एवं प्रमुख सल्लाहकार, पूर्वराजदूत डा.गणेश योन्जन, तामाङ समाज पोर्चुगलका सल्लाहकार कुमार तामाङ, तामाङ समाज अमेरिका न्युयोर्कका अध्यक्ष बुद्विमान तामाङ, नेपाल तामाङ समाज जापानका वरिष्ठ उपाध्यक्ष गिरिबहादुर तामाङ, अखिल भारत बौद्व संघका सल्लाहकार राजकुमार तामाङ, तामाङ घेदुङ मलेसियाका पूर्वाध्यक्ष जगत दोङ, तामाङ समाज युएई नेपालका सम्पर्क समिति अध्यक्ष निशान लामालगायतले शुभकामन दिएका थिए।
आज र भोलिसम्म हुने भेलामा विभिन्न देशका प्रतिनिधिले छलफलमार्फत सम्बन्धित विषयमा कार्ययोजनालाई अन्तिम रुप दिई कार्यान्वयनका लागि विषयगत समितिको गठन गरिनेछ। उद्घाटन सत्रलाई तामाङ लामा, बोन्बो र ताम्बा साङसेरकेममार्फत स्वागत गरेका थिए। भेलाको व्यवस्थापन नेपाल तामाङ घेदुङ संघीय समितिले गरेको छ।