काठमाडौं। नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजित वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ।
कात्तिक २० देखि २२ सम्म तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन उद्योगको ध्यानाकर्षित गरेको छ।
बोर्डले गौरवपूर्वक ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो।
१८४ देशबाट ४३ हजार सहभागी ३ हजार ८७५ प्रदर्शक सहभागी, डब्ल्यूटीएममा ८२ वटा सम्मेलन सत्रहरू आयोजना गरिएको थियो। हालै लोन्ली प्लानेटद्वारा २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लयूटीएममा नेपालको उपस्थिति थप महत्त्वपूर्ण बनेको छ।
यसले विश्वभरका यात्रु र पर्यटन व्यवसायीसामु नेपालका अनौठा सम्पदालाई प्रस्तुत गर्ने महत्तवपूर्ण अवसर दिएको बोर्डले बताएको छ।
वल्र्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यको साथ उभ्याउने बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए।
उनले नेपालको यो सहभागिताले नयाँ व्यावसायिक अवसर विकास गर्दै समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग यात्रुसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर उपलब्ध गराउने उनको भनाइ छ।
नेपाल विश्वका लागि आकर्षक गन्तव्यका रूपमा रहिरहेको सन्दर्भमा साहसिक यात्रा, अध्यात्म र सम्पदाको संयोजनको गन्तव्यका रुपमा थप परिचित र बलियो छवि बनाउने कार्यमा सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ले अपेक्षा गरिएको कार्यकारी प्रमुख जोशीले बताए।