काठमाडौं। नेपाल पर्यटन बोर्डले सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७३२ पर्यटक नेपाल घुमफिरमा आएको विवरण सार्वजनिक गरेको छ।
बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा १ लाख २४ हजार ३९३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ।
सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक बोर्डसँग छ। कोरोना महामारी पूर्व अर्थात् सन् २०१९ को तुलनामा ९२.९६ प्रतिशतले पर्यटक संख्यामा पुनरुत्थान भएको बोर्डको भनाइ छ। सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल घुमफिरमा आएका थिए।
बोर्डको तथ्यांकअनुसार अगस्त, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन्। पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटेको बोर्डले जनाएको छ।
अक्टोबरमा भारतबाट १६ हजार ३१३ पर्यटक नेपाल घुमफिरमा आएका छन्। गत सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक आएका थिए, जुन संख्या करिब १३ प्रतिशत गिरावट हो।
अगस्तमा २५ हजार ८३२ भारतीय पर्यटक आएका थिए। अक्टोबरमा चीनबाट ७ हजार ७५० पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ। सेप्टेम्बरमा ८ हजार ४२ र अगस्तमा ६ हजार ६१४ चिनियाँ पर्यटकले नेपाल घुमेको तथ्यांक बोर्डसँग छ।
अमेरिकाबाट आउने बढे
अक्टोबरमा अमेरिकाबाट आउने पर्यटक संख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर १६ हजार २३ पुगेको छ। सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए। बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन्। अष्ट्रेलियाबाट ६ हजार नौ सय २९, जर्मनीबाट ६ हजार १८ र फ्रान्सबाट पाँच हजार चार सय ८५ पर्यटक आएका छन्।
बंगलादेशबाट चार हजार चार सय ७६, श्रीलंकाबाट तीन हजार एक सय १२ र इटालीबाट दुई हजार ६३५ पर्यटकले नेपाल घुमेका छन्।
मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आए।
सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेबु्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्तमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन्।