काठमाडौं। हयात होटल्स कर्पोरेसनले नेपालमा ब्रान्ड विस्तारलाई तीव्र बनाएको छ। ह्यातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्रालिले लुम्बिनीमा सञ्चालनमा ल्याउन लागेको हयात रिजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ।
सम्झौतासँगै ‘हयात रिजेन्सी लुम्बिनी’ नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो हयात ब्रान्ड बनेको छ। कुल १७५ कोठा रहेको यो होटल गोल्यान समूहअन्तर्गतको दोस्रो होटलको रूपमा सञ्चालमा रहनेछ। यसअघि काठमाडौं सोल्टीमोडमा हयात प्यालेस होटल हयातको होटल चेनसँग आबद्ध सञ्चालनमा छ।
यो सम्झौताले दक्षिणपश्चिम एसियाका लागि हयातको विस्तार योजनामा नेपाल महत्त्वपूर्ण स्थानमा रहेको कम्पनीको दाबी छ। हयात रिजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी गोल्याण ग्रुपले निर्माणलाई तीव्रता दिएको छ।
रुपन्देहीस्थित दानव नदीको मनमोहक किनारमा निर्माणाधिन ‘हयात रिजेन्सी लुम्बिनी’ धेरै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षण केन्द्रबिन्दुबाट छोटो दूरीमा अवस्थित छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल सहर र नेपाल–भारत सीमा नजिक रहेकाले विश्वभरका व्यावसायिक र मनोरञ्जनका यात्रुलाई सहज पहुँच पुर्याउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।
हयातका भारत र दक्षिण पश्चिम एसिया विकासका उपाध्यक्ष ध्रुव राठौरले भने, ‘लुम्बिनीको प्राचीन सांस्कृतिक र आध्यात्मिकतालाई समृद्ध तुल्याउन ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु र स्थानीयका लागि पनि आकर्षक गन्तव्यको रूपमा रहन्छ। यसले मन पर्ने गन्तव्य रुपमा ब्रान्डको दायरालाई सोचविचार गर्दै विस्तार गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। नेपाल दक्षिण–पश्चिम एसिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न ह्यात रिजेन्सी ब्रान्डसँग लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहकार्यको अपेक्षा गर्दछौं।’
हयात रिजेन्सी होटल एन्ड रिसोर्ट्स मानव समुदायका भावनालाई एकैसाथ प्रोत्साहित गर्ने गरी आधुनिक डिजाइन र परम्परागत नेपालीपनको मिश्रणसहित निर्माण हुने गोल्याण ग्रुपको भनाइ छ।
‘हयातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो हयात रिजेन्सी ब्रान्डमा होटल उद्घाटन गरेका छौं’, गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भने, ‘हयात रिजेन्सी लुम्बिनीको रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो, जसले नेपालको आतिथ्य अनुभवलाई उचाइमा पुर्याएर लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवर्द्धन गर्नेछ। यसले नेपालको पर्यटनमा पनि सघाउने विश्वास छ।’
कुल ११ एकड (८७.५ रोपनी) क्षेत्रफलमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ अतिथि कोठा, सुविधाजनक भोजनका विकल्प, कार्यक्रम र बैठक स्थलसमेत अत्याधुनिक फिटनेस केन्द्र, स्पा, बाहिरी पोखरीलगायत अन्य मनोरञ्जनका सुविधा रहनेछन्।
हयातको वर्तमान पोर्टफोलियोमा भारत र दक्षिण पश्चिम एसियामा ५२ होटलमा समावेश छन्, जसमा ५० भारतमा र नेपालमा २ रहेकामा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यातलगायत ९ वटा ब्रान्ड छन् ।
हयातको विश्वभर ७८ देशमा १३५० बढी र दक्षिण एसियामा ५ सय बढी होटल छन्। नेपालमा सबैभन्दा पुरानो हयात रिजेन्सी २४ वर्षअघि खुलेको थियो। दोस्रो होटल ह्यात मेरियट होटल सञ्चालमा छ भने पछिल्लो छोटो समय गोल्यान ग्रुपअन्तर्गत हयात प्यालेसपछि लुम्बिनीमा सञ्चालनमा ल्याउने तयारी अगाडि बढेको हो।