विद्युतीय गाडी (ईभी) बजारको अघिल्लो ५ वर्षको अवस्था हेर्दा ४ प्रतिशतको हाराहारीमा मात्र थियो। वर्तमान स्थितिमा ईभी गाडीको बजार ७० प्रतिशतमा पुगिसकेको छ।
अहिले जति गाडी बिक्छ, त्यो ईभी नै बिकिरहेको छ। त्यसमा ईभीको आयात हुने र बिक्री हुनेमा अधिकांश गाडी चिनियाँ ब्रान्ड नै छ। जति लोकप्रिय र सेलेबर ब्रान्ड छ, त्यसमा चीनको नै छ। भारतीय गाडी पनि छ तर, लिथियम आयोनको ७०–७५ देखि ८० प्रतिशतसम्मको सोर्स चीनको मार्केट भएको हुनाले विश्वव्यापी नै ब्याट्री म्यानुफ्याक्चरिङमा र लिथियम आयोनमा चीनले डोमिनेट गरिरहेको छ।
इलेक्ट्रिक गाडी भन्ने वित्तिकै ब्याट्रीसँग सम्बन्धित भन्ने हुन्छ। यसमा पनि चिनियाँ ईभी ब्रान्डले राम्रो गरिरहेको छ। बजारमा नयाँ÷नयाँ ब्रान्डहरु आइरहेको छ। गुणस्तरीय छन्। त्यही भएर आजको दिनमा ईभी गाडीहरु वर्चश्व छ।
ईभी सेग्मेन्टमा काम गर्न सुरु गरेको लगभग ३ वर्ष हुन लाग्यो। अहिलेसम्म नकारात्मक भन्ने कुरा कुनै पनि हिसाबमा देखिएको छैन। ईभी भन्ने वित्तिकै नेपालमा हाइड्रो इनर्जी हो। नेपाल हाइड्रोको दोस्रो धनी देश पनि हो। त्यही भएर अहिलेको समयमा नेपालमा ईभी धेरै उपलब्ध छ। नेपालले विद्युत निर्यात गरिरहेको छ। विश्वव्यापी रुपमा हेर्दा एकदमै विकसित देश जापान, अमेरिका, कोरियाभन्दा पनि नेपालको विद्युतको लागत एकदमै कम छ।
विद्युतको लागत कम हुने वित्तिकै गाडी सञ्चालन खर्च इन्धन भन्दा एकदमै कम आउँछ। सरकारले ईभी गाडीहरुमा छुट पनि दिइरहेको छ। ईभी गाडीहरु एकदमै धेरै टेक्निकल, आधुनिक फिचर हुन्छ।
कुनै पनि ब्रान्डमा हेर्दा एकदमै राम्रो फिचर पाउन सकिन्छ। ड्राइभिङ प्लेजर एकदमै राम्रो छ। ईभी सञ्चालन खर्च र मेन्टेनेन्स खर्च कम छ। समग्र प्याकेज हेर्दा इन्धन गाडीभन्दा ईभी गाडीमा पैसा बचत हुनुका साथै चलाउन पनि आनन्द आउँछ। फिचर पनि त्यही अनुसार लोड भएर आएको छ। त्यही भएर ईभीमा कोही पनि नकारात्मक धारणा बनाएर हिडेको बजारमा देखिँदैन।
पूर्वाधारको विषय
पूर्वाधारको कुरा गर्नुपर्दा आजभन्दा ३ वर्ष अगाडी दुई वटा समस्या थियो। एउटा पूर्वाधार थिएन। अर्काे भनेको गाडी कम रेन्जको आउने गर्दथ्यो। टाढा यात्रा गर्नुपर्दा मानिसहरुलाई रेन्ज कम भएकाले चार्जको चिन्ता हुन्थ्यो।
चार्ज कहाँ गर्ने भन्ने समस्या देखिन्थ्यो। तर, पछिल्लो समय ४–५ सय किलोमिटर रेन्ज दिने गाडीहरु बजारमा आएको छ। गाडीको क्षमता वृद्धि भएर आएको छ। टाढा यात्रा गर्नका लागि पनि अहिले त्यस्तो समस्या छैन।
प्राधिकरणले सञ्चालन गरेको चार्जिङ स्टेसनले पनि ग्राहकहरुलाई सहयोग पुगेको छ। अहिले प्राधिकरणले सञ्चालन गरेको ५० भन्दा धेरै फाष्ट चार्जिङ प्वाइन्टहरु छन्। व्यक्तिगत ईभी ब्रान्डका कम्पनीहरुले पनि धेरै फाष्ट चार्जिङहरु सञ्चालन गरेका छन्।
एमएडब्लु वृद्धिले नेपालमा विक्री गर्ने ब्रान्डहरु सेरेस, नामी, फोटोन, सोकोन, डिपल छ। यसको लागि एमएडब्लुले फाष्ट चार्जिङ र आफ्नो एउटा छुट्टै पूर्वाधार निर्माण गरेको छ। हालसम्म ७० भन्दा धेरै पूर्वाधार निर्माण भइसकेका छन्।
हाम्रो योजना अनुसार आगामी २–३ महिनामा थप ८० वटा चार्जिङ प्वाइन्ट राख्ने उद्देश्य छ। त्यसैले लाग्दैन कि आजको दिनमा गाडीको रेन्ज र पूर्वाधारको कुराले ग्राहकहरुले कुनै समस्या भोग्नुपरेको छ। चाडपर्वको समयमा धेरै मानिसहरु यात्रा गर्ने भएकाले कहिलेकाँही हल्का गाह्रो हुनसक्छ। तर, अहिलेको समयमा दैनिक चार्जका लागि कुनै पनि समस्या छैन।
गत वर्षको नाडा अटो शोमा सेरेसले दोस्रो धेरै बुकिङ लिएको थियो। यस वर्षको नाडा अटो शोमा नामीले सबैभन्दा धेरै बुकिङ लिएको हो। डिपल चाडपर्वको समयमा लन्च भएको होइन तर, पनि आफ्नो सेग्मेन्टमा नम्बर १ मा छ।
अहिले चाडपर्वको समयमा मात्र सेरेस ब्रान्डका ८० वटा गाडी बिक्री भएको छ। कुनै पनि हिसाबले सेरेसलाई डाउनमा राखेर अरु ब्रान्डलाई माथि राखेको भन्ने छैन। नयाँ ब्रान्ड आएपछि बजारमा त्यस्को चर्चा अलि धेरै हुनु स्वभाविक नै हो।
कुनै समयमा नम्बर १ भएको ब्रान्ड आज अस्तित्वमा पनि नभएको उदाहरणहरु पनि छ। सेरेसले नाडामा राम्रो नै बुकिङ लिएको थियो। डेलिभरी पनि राम्रो नै गरिरहेका छौं। सेरेसलाई कुनै पनि हिसाबले कम प्राथमिकता दिएको भन्ने छैन। बजारमा सेरेस गाडीको सेग्मेन्टमा धेरै प्रतिस्पर्धा र धेरै ब्रान्डहरु छ। यस्तो अवस्थामा पनि राम्रो गरिरहेको छ। प्रतिस्पर्धीहरु धेरै हुँदा सेरेसले आफूले आफूलाई राम्रो ब्रान्ड भनेर चिनाएको छ। त्यो हिसाबमा हामीले हाम्रो ग्राहकलाई त्यही अनुसार बुझाएर गाडी बेचिरहेका छौं। सेरेस आजको दिनमा अस्तित्वमा नै छैन भन्ने कुरा एकदमै झुट कुरा हो। अहिले पनि सेरेस ब्रान्ड ३–४ नम्बरमा बिक्री भइरहेको छ।
यस्तो छ सेरेसको आगामी योजना
सेरेस हुवावेको कम्पनी हो। हुवावे चीनको सबैभन्दा ठूलो इन्टरप्राइजेज कम्पनी हो। यसले सेरेस गाडीमा लगानी गरेको छ। लक्जरीमा हेर्दा सेरेस आइटो एम नाइनले धेरै नै राम्रो प्रदर्शन गरिरहेको छ। यसले नम्बर १–२ मा बसेर आफ्नो अस्तित्व चीनको मार्केटमा राखिरहेको छ। नेपालको मार्केटमा आगामी दिनमा पनि सेरेसको अर्काे मोडल लिएर आउँदै छौं। सेरेसलाई आगामी दिनमा पनि एकदमै राम्रो र बलियो तरिकाले नेपाली बजारमा प्रस्तुत गर्नेछौं।
गाडीहरुमा समस्या आउँछ। तर, समस्या आए पनि समाधान नभएको भन्ने सेरेसमा छैन। जे जस्तो समस्या आए पनि हामीले समाधान गरेर पठाउने गरेका छौं। हामीले हाम्रो जनशक्तिलाई चीन, थाइल्याण्ड पठाएर अथवा भारतको एक्सपर्टहरुसँग तालिम दिएर राखेका छौं।
नेपालमा टेक्निकल कुराहरुमा पर्याप्त रुपमा तालिम दिने गरेका छौं। सेरेसमा कुनै समस्या आएर नबनेको अथवा समस्या के हो पत्ता नलागेको केसहरु कुनै पनि छैन। जति पनि गाडीमा समस्याहरु आएको छ त्यो सबै बनाएका छौं। कार्यदक्षता पनि हाम्रोमा राम्रो नै छ। उपयुक्त इन्जिनियरहरु तालिम दिएर राखेका छौं।