काठमाडौँ । बैंकिङ प्रणालीमा फेरी लगानी तरलताको समस्या देखिन थालेको छ । पुस मसान्तमा सरकारलाई राजस्व बुझाउन बैंकिङ प्रणालीबाट ३१ अर्ब रुपैयाँ बाहिरिएपछि तरलताको चाप परेको हो ।
सरकारी राजश्वका कारण बैक वित्तीय संस्थाबाट करीव ५० प्रतिशतले तरलता घटेको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको रकम नेपाल राष्ट्र बैंकमा पुगेको छ ।
पुस मसान्तसम्म बैकिङ प्रणालीमा ५० अर्ब रुपैँया थियो । अहिले १९ अर्ब रुपैयाँ मात्र छ । तर, यो तरलताको चाप दीर्घकादिन नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टको भनाई छ ।
काठमाडौँ । बैंकिङ प्रणालीमा फेरी लगानी योग्य पूँजी (क्रेडिट क्रञ्च) को समस्या देखिन थालेको छ । पुस मसान्तमा सरकारलाई राजस्व बुझाउन बैंकिङ प्रणालीबाट ३१ अर्ब रुपैयाँ बाहिरिएपछि तरलताको चाप परेको हो । सरकारी राजश्वका कारण बैक वित्तीय संस्थाबाट करीव ५० प्रतिशतले तरलता घटेको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको रकम नेपाल राष्ट्र बैंकमा पुगेको छ ।
पुस मसान्तसम्म बैकिङ प्रणालीमा ५० अर्ब रुपैँया थियो । अहिले १९ अर्ब रुपैयाँ मात्र छ । तर, यो तरलताको चाप दीर्घकादिन नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टको भनाई छ । उनले भने ‘ राजश्व तिर्दा ठुलो रकम बाहिरिएकाले तरलतामा केही चाप परेकै हो ।’ तरलताको घटेपछि अन्तर बैंक कारोबारको ब्याजदर ५ प्रतिशत कटेको छ । अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउन रिपो जारी गर्न लागेको हो ।
पछिल्लो समय राष्ट्र बैंकको कर्जा सम्बन्धी नयाँ व्यवस्थाका कारण पनि ऋणको माग घटेको छ । त्यस्तै अन्तर बैंक कारोबारको ब्याज बढेपछि बैंकको कर्जा प्रवाह झनै सुस्ताउने भएको छ । सोमबार अन्तर बैंक कारोबारको ब्याजदर ५.३९ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर बढ्नु बैंकिङ प्रणालीका लागि राम्रो मानिँदैन ।
अन्तर बैक ब्याजदर ६ प्रतिशत भन्दा माथि जानु राम्रो नभएको प्रवक्ता भट्टको भनाई छ । बजारमा प्रशस्त तरलता हुँदा मार्जिन कर्जा पनि राम्रै गएको थियो । तर अब त्यस्तो कर्जा पनि महँगिने देखिएको छ । बजारमा तरलता अभाव भएपछि मंगलबार राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैँया बजारमा पठाएको छ ।
अन्तर बैंक ब्याजदर बढेकाले राष्ट्र बैंकले बजारमा तरलता प्रवाह गरेको हो । अन्तर बैङ्क ब्याजदर ३ प्रतिशतभन्दा तल हुँदा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्ने गर्छ । ५ प्रतिशत भन्दा माथि पुगे बजारमा तरलता प्रवाह गरेर बजारलाई सन्तुलनमा राख्ने गर्छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा स्थायित्व ल्याउन ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको छ । जसको नेतृत्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरिरहेका छन् ।
उनले भने ‘ राजश्व तिर्दा ठुलो रकम बाहिरिएकाले तरलतामा केही चाप परेकै हो ।’ तरलताको घटेपछि अन्तर बैंक कारोबारको ब्याजदर ५ प्रतिशत कटेको छ । अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउन रिपो जारी गरेकाे हो ।