तिहार हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्वसँगै प्रकृतिसँग पनि जोडिएको चाड हो। तिहारमा मुख्य वस्तुका रुपमा ओखर, सप्तरंगी टीका, मखमली फूल/माला, दुबो, तेललाई लिने गरिन्छ। त्यसबाहेक आवश्यकता तथा ठाउँअनुसार अन्य वस्तु एवं परिकार प्रयोग गरिन्छ। तिहारमा अनिवार्य रुपमा प्रयोग हुने वस्तुको महत्त्व यस्तो छः
ओखर अर्थात् अच्छ्योट
सर्वप्रथम ओखरको विषयमा कुरा गरौं। ओखरलाई अच्छ्योटका रुपमा पनि चिन्ने गरिन्छ। ओखरलाई ढोकामा फुटाउने, दाजुभाइलाई खुवाउने गरिन्छ। अच्छ्योट भनेको अत्यन्त स्वास्थ्यवद्र्धक पौष्टिक खाद्यवस्तु हो। यसमा ह्दय रोग, सुगर, मधुमेह, छालासम्बन्धी रोग नियन्त्रण तथा मस्तिष्कको क्षमता वृद्धिजस्ता विभिन्न औषधीय गुण हुने भएकाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।
तिहार पर्व यमराज अर्थात् मृत्युसँग सम्बन्धित छ। यसले के खाँदा स्वास्थ्यलाई राम्रो हुन्छ, फाइदा गर्छ भन्ने कुरालाई विशेष चासोका साथ लिइन्छ। अच्छ्योटको बाहिर एकदमै साह्रो/हाड भएको तर भित्र एकदमै कोमल खाद्यवस्तु हुन्छ। यसको अर्थ धेरै दुःख, कठिन परिस्थितीबाट प्राप्त गरेको चिज अत्यत्न महत्वपूर्ण हुन्छ भन्ने हो। यण्सले गर्दा मृत्युसँग जुध्न सकिने शक्ति दाजुभाइले प्राप्त गरुन् भन्ने उदेश्यले ओखरलाई तिहारमा अनिवार्य वस्तुका रुपमा दिदीबहिनीले प्रयोग गरिन्छ। अहिलेसम्मको अभ्यास हेर्दा ओखरको विकल्पमा अरु केही प्रयोग गरेको थाहा छैन। विगतदेखि पुर्खाले चलाउँदै आएको धार्मिक आस्थासँग जोडिएको पर्वमा प्रयोग हुने वस्तुको विकल्पमा अरु प्रयोग गर्न पनि सकिँदैन। त्यसैले ओखर अनिवार्य रुपमा खोजेर भएपनि ल्याउनैपर्छ।
मखमली फूल
मखमली फूलको रङ जीवन्त हुन्छ। जति समय पूल रहन्छ, त्यतिबेलासम्म मखमली फूलको रङ खुइलिने वा परिवर्तन नहुने तथा कहिले पनि ओइलाउँदैन। यसको अर्थ जस्तोसुकै परिस्थितिमा पनि आफ्नो स्वभाव परिवर्तन नहोस्, धैर्य गर्न सक्ने शक्ति, अमररत्व होस्, मखमलीजस्तै आकर्षक दाजुभाइ बनून् भन्ने हिसाबले मखमली पूmललाई विशेष महत्त्व दिएर प्रयोग गरिन्छ। कात्तिक यसै पनि फूलको महिना हो। अरु फूल अभाव हुने त होइन तर मखमलीजस्तो अरु हुँदैनन्। सयपत्री, गोदावरी, जाइफूल छिटो सुक्ने, ओइलाउने भएकाले मखमलीलाई अनिवार्य फूलका रुपमा लिइन्छ।
दुबो र तेलको महत्त्व
दुबो छिट्टै फैलिने र ऋतुअनुसार रङ परिवर्तन नभई हरियो भइरहने झार हो। दुबोमा पनि ओखरमा जस्तै शक्तिवद्र्धक औषधीय गुण हुन्छ। दुबो वा त्यसको रस खाँदा शितलता प्रदान गर्ने, घाउ÷चोट चाँडै निको हुन्छ। तिहारमा मात्रै होइन, दुबोलाई अन्य धार्मिक कार्यमा प्रयोग गर्नुका साथै सुरक्षाका प्रतीक भगवान् गणेशलाई अत्यन्त मन पर्ने वस्तुका रुपमा लिने गरिन्छ। दुबो जस्तासुकै ढुंगाको कापमा उम्रिन्छ। कठिन परिस्थितिलाई परास्त गर्दै दुबोले जमिनमा आफ्नो उपस्थिति जनाउँछ।सानो टुक्रा दुबो रोप्यो वा सार्यो भने त्यसले आफ्नो स्थान फैलाएर ठूलो बनाउँछ। \
त्यस्तै, तिहारमा तेलको महत्त्व पनि छुट्टै छ। जहाँ एक पटक तेल पर्छ त्यहाँ सजिलै सुक्दैन भन्न मान्यता छ। सोही कारण दुबोमा तेल हालेर दाजुभाइलाई लगाउने गरिन्छ। यसको अर्थ आफ्ना दाजुभाइको सुरक्षा, फैलावट र दिगोपना दुबो एवं तेलजस्तै होस् भन्ने कामना दिदीबहिनीले गर्नु हो।
कुन दिशा फर्किएर टीका लगाउने
सामान्यतया धेरैले पूर्वतर्फ दिदीबहिनी र पश्चिमतर्फ दाजुभाइ फर्किएर भाइटीका लगाउनु उत्तम हुन्छ। पूर्वतिर फर्किएर टीका लगाउनु नराम्रो होइन। पूर्वबाट उदाउने सूर्यलाई ऊर्जा स्रोत मानिन्छ। यसले गर्दा पूर्व फर्किएर टीका लगाउँदा ऊर्जा प्राप्त हुने विश्वास छ।
तर, वास्तुशास्त्रमा चन्द्रमाको स्थानलाई ख्याल गरेर टीका लगाउने साइत तथा दिशा निकाल्नुपर्छ। वास्तुशास्त्रअनुसार चन्द्रमालाई दाहिने पारेर टीका लगाउनुपर्ने हुन्छ। हरेक वर्ष कुन दिशा फर्किएर भाइटीका लगाउने भन्ने फरक–फरक आह्वान हुन्छ। यो वर्ष पश्चिम मोहडा फर्किएर अर्थात् दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्किएर टीका लगाउने गरी कात्तिक १८ गते बिहान ११ बजेर ३७ मिनेटलाई भाइटीकाको साइत निकालिएको छ।
सप्तरंगी टीका
अर्को मुख्य विषय सप्तरंगी टीका हो। सात थरी रङको टीका लागाइने भएकाले सप्तरंगी टीका भनिएको हो। सात रङमा सबैको आ–आफ्नै महत्त्व छ। त्यसमध्ये रातो रङ शक्तिको प्रतीक, नीलो शान्तिको प्रतीक मानिने गरेको छ। यीलगायत सबै रङको आ–आफ्नै महत्त्व छ। समग्रमा फूलैफूलको महिना कात्तिकमा पनि कहिले नओइलाउने, नसुक्ने, रङ परिवर्तन नहुने मखमली फूल, कठिन परिस्थतिबीच उम्रिएर आफ्नो स्थान बनाई ऋतुमा रङ परिवर्तन नगरी सधैं हरियो रहने दुबो तथा एक पटक आफ्नो उपस्थिति बनाएपछि सहजै अस्तित्व नमेटिने तेल र पोषणमा सबैभन्दा शक्तिबद्र्धक ओखर प्रयोग गर्नु तिहारको महत्त्वपूर्ण पक्ष हो। यी सबै कुरालाई दिदीबहिनीले आफ्ना दाजुभाइका लागि त्यस्तै बन्नू भनेर प्रतीकात्मक रुपमा प्रयोग गर्छन्। पारिवारिक एकतामा पनि तिहारको महत्त्व छ।