काठमाडौं । ईलेक्ट्रिक एसयुभि हुन्डाई कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । हुन्डाई कोना ईलेक्ट्रिक पहिलो ईलेक्ट्रिक एसयूभि हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो ।
यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रिक कारको पछिल्लो रकर्ड सजिलै तोडेको थियो । कोना ईलेक्ट्रिकले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्नु हुन्डाईसँग सम्बन्धित हरेक व्यक्तिको लागि गर्वको पल हो र यो ज्यादै उल्लेखनीय उपलब्धी हो ।
कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको छ। ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फमेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ ।
गिनिज वल्ड रेकर्डसका एड्जुडिकेटर, श्री ऋषी नाथले भने ‘सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि हुन्डाई मोटरलाई म हार्दिक बधाई दिन चाहन्छु’ ।
यो उपलब्धीसँगै हुन्डाईले इतिहासमै किर्तीमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ । कोना ईलेक्ट्रिकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयूभि सरह प्रदर्शन गरेको थियो ।कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ ।
प्रविधि र पर्फर्मेन्सको बेजोड समिश्रण रहेको यो ग्रीन कार एउटा सच्चा प्रदर्शक हो र सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रिक गाडी हो ।