काठमाडौं। भारतीय वायुसेवा एयर इन्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएको छ। काठमाडौंबाट दिल्ली फर्किने तरखरमा रहेको एयर इन्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएको थियो।
उक्त सूचनापछि काठमाडौंबाट दिल्ली फर्किने तरखरमा रहेको जहाजलाई अहिले नेपालको सुरक्षा निकायले जाँच गरिरहेको छ।
सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएका छन्।
यसअघि कात्तिक ६ मा पनि भारतीय विमान भिस्तारा एयरमा बम राखेको हल्ला चलाइए पनि पुष्टि हुन सकेको थिए। भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरमा बम नभएको पुष्टि भएको थियो।
नेपाली सेनासहितका सुरक्षाकर्मीका टोलीले ६ घन्टा लगाएर गरेको जाँचपछि बम नभएको पुष्टि भएको हो।
अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओकाे नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घन्टासम्म सर्च गर्नुपर्ने हुन्छ। बम हल्लासँगै त्रिभुवन विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरलाइन्सको विमानमा सुरक्षाकर्मीले यात्रुका लगेजसमेत जाँचेका थिए। पछि बमको हल्ला गलत भएको थियो।
पछिल्लो समय जहाजमा बम राखिएको हल्ला चलाइँदा यात्रुले दुःख पाएका छन् भने भारतीय विमान कम्पनीले करोडौं गुमाइरहेका छन्। सरकारी स्वामित्वको एयर इन्डियासहित इन्डिगो, भिस्तारा, अकासा, स्पाइसजेट, स्टार एयर, अलायन्स एयरलगायत कम्पनीले कराेडाै घाटा बेहाेरेका छन्।