काठमाडौं। ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनको वुहुमा हालै सम्पन्न भएको छ।
‘लार्जस्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुन पनि सहभागी समिटमा ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनप्निर आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच चेरिस नेचर ग्लोबल को-अपरेसन प्रोजेक्टकाे सहयोग परियोजनाको औपचारिक घाेषणा गरिएकाे थियाे।
सम्मेलनमा राष्टसंघका पूर्वमहासचिव मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्रमा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनीको योगदानप्रति प्रशंसा गरेका थिए। उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसियटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो-कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरे।
मुनको सन्देशपछि दिगो उच्च गुणस्तरीय विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा समानुपातिक विकास हासिल गर्न ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनीले विश्वव्यापी इएसजी (इन्भायराेमेन्टल, सोसियल र गभर्नेन्स) अलायन्स स्थापना भएको घोषणा गरेको छ।
यो पहलले विभिन्न क्षेत्रसँग सहकार्य बढाउँदै इनोभेसन, ग्रिन, एन्ड सेयरिङ, नवप्रवर्तन, दिगो, र साझेदारीमा केन्द्रित ग्लोबल इको-कम्युनिटी निर्माण गर्ने लक्ष्य लिएको छ।
सम्मेलनमा नेपालका तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको सहभागी थिए।
नयाँ ऊर्जा क्षेत्रमा अग्रणी ब्रान्ड ओमोडा एन्ड जेइकोले विश्वव्यापी रणनीतिमार्फत स्थानीय विकास प्रवर्द्धन गर्दै प्राविधिक विकासमार्फत प्रणालीगत सुधार तथा नवप्रवर्तन गर्न प्रतिबद्ध रहेको छ।
नयाँ प्रविधि विकासमा प्रयोगकर्ताको माग तथा आवश्यक्तालाई प्राथमिकतामा राखी नयाँ ऊर्जा प्रविधिको साथमा उत्कृष्ट विश्वव्यापी उत्पादन प्रणाली सिर्जना गर्नमा ओमोडा इन्ड जेइको सफल भएको छ।
नेपालमा एसपिजी अटोमोबाइल्स ओमोडा एन्ड जेइको अटोमोबाइल्सको आधिकारिक वितरक हो।