काठमाडौं। विश्व लगानीकर्ता सप्ताह २०२४ अवसरमा प्रभु क्यापिटलले दुईदिने लगानी तथा जनचेतनामूलक तालिम आयोजना गरेको छ।
कम्पनीले धनुषामा रहेको मिथिला प्राविधिक कलेज, बिसहरा चोक र मोनास्टिक कलेज, भानु चोकमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेसागत कर्मचारीका लागि कात्तिक ८ देखि सम्पन्न वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको हो।
दुई कलेजका करिब ९० विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेसागत कर्मचारीको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षक प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले रहेका थिए।
कार्यक्रममा पुँजी बजारमा लगानी प्रतिफल तथा जोखिम व्यवस्थापन, आधारभूत तथा प्राविधिक विश्लेषण, सेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनुपर्ने विषय, बजारमा उपलब्ध लगानीका उपकरण तथा लगानी विविधीकरणबारे सहभागीलाई जानकारी दिइएको थियो।
तालिममा लगानी गर्दा प्रविधि र डिजिटल सेवा प्रयोग–आस्बा, सिआस्बा, मेरोसेयर एप तथा आईपिओ भर्दा पुर्याउनुपर्ने सजगता, पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाइदा तथा जोखिमसम्बन्धी विषय पनि समेटिएका थिए।