काठमाडौं। असोज दोस्रो साताको अविरल वर्षासँगै बाढी गएको एक महिना बित्यो। जल तथा मैसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाको मापन गर्न थालिएको अर्थात् ५३ वर्ष यता सबैभन्दा बढी यो वर्ष पानी परेको हो। कल्पना नगरिएको वर्षा भएका कारण देशभरी धनजनसँगै भौतिक संरचनामा पनि पूर्वानुमानभन्दा बढी क्षति पुग्यो।
अविरल वर्षासँगै आएको बाढीले विकासका लागि बन्दै गरेका र भर्खरै सञ्चालनमा आएका सडकमार्गपनि सोही बाढीको सिकार बन्न पुगे। सडक विभागका अनुसार २०८१ साल लागेपछि मात्रै देशभरीका ४३ सडकमार्ग÷राजमार्गहरुमा ८१७ पटक बाढी तथा पहिरोले असर गरेको छ।
जसमध्ये आइतबारसम्म ४४९ स्थानमा एकतर्फी सवारी सञ्चालन गरिएको छ भने दुई राजमार्ग पूर्ण अवरोध छन्। साथै कुल १६ वटा साना तथा ठूला पुलहरुमा क्षति पुगेको छ।
सडक निर्माणको मुख्य जिम्मेवारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो। जसको नेतृत्व देवेन्द्र दाहालले गरेका छन्। उनी आसार ३१ मा गठन भएको वर्तमान सरकारको मन्त्री मण्डलमा पहिलो पटक मन्त्री हुने ८ जना मध्येका एक हुन्। अर्थात् भौतिक मन्त्री देवेन्द्र दाहाल पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिरेका हुन्।
भौतिक मन्त्रालयका अनुसार यो वर्षको वर्खाले क्षति पुर्याएका सडक पूर्वाधार दीर्घकालीन मर्मत गर्न १५ अर्ब १६ कारोड रुपैयाँ बढी लाग्ने प्रारम्भिक अनुमान छ। यो विवरण प्रारम्भिक मात्रै भएकाले रकममा घटबढ हुने सम्भावना छ। तर, त्यो बजेट कसरी व्यवस्थापन हुन्छ भन्ने जवाफ मन्त्रालयसँग हालसम्म पनि छैन।
राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता रहेका दाहाल मन्त्री बन्ने अघिल्लो दिनसम्म चर्चामा थिएनन्। तर, साउन ६ मा उनी एकाएक सर्वाधिक चासोमा रहने भौतिक मन्त्री बनेका थिए।
मन्त्री दाहालको विगत हेर्दा उनी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका एमाले नेता एवं ओलीको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन्। प्रधानमन्त्रीको नजिक रहेका व्यक्ति भएकै कारण पनि दाहाललाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको चर्चा राजनीतिक वृत्तमा हुने गर्छ।
ओलीका विश्वाशपात्र तर, असक्षम
प्रधानमन्त्री ओलीले विश्वास पात्र मानेर मन्त्री मण्डलमा भित्र्याएका दाहालको परिपक्कता उलेख्य देखिदैन। २३ सदस्य वर्तमान मन्त्री मण्डलमा पहिलो पटक मन्त्री बनेका ८ जना मन्त्री मध्ये दाहाल पनि एक हुन्।
नयाँ अनुहारबाट काममा केही नयाँपन हुन्छ कि भनेर अपेक्षा गरेका जनतामा उनले कार्य क्षमता प्रदर्शन गर्नु साटो निराशा छर्दै आफ्नो अपरिपक्कता देखाएका छन्।
सामान्य अवस्थामा दैनिक एक हजार बढी र दसैं तिहारको समयमा करिब २५ सय सवारी सञ्चालन हुने बिपी राजमार्ग दसैंमा खुलाउन नसक्ने घोषणा गर्नु मन्त्रीको अपरिपक्कता मात्रै थिएन लाखौं नेपालीको भावनासँग प्रत्यक्ष प्रहारको रुपमा पनि देखिन्थ्यो। मन्त्री दाहालले आफू जनताको नेतृत्व गरेर मन्त्री बनेको छु भन्ने बिर्सिए।
असार ३१ मा नयाँ सरकार गठन भएपनि दाहालले साउन ६ मा भौतिक मन्त्रालयको जिम्मेवारी पाएका थिए। मन्त्री बनेपछि अनुगमन नियमित काम गरीरहेको बेला असोज दोस्रो साता बाढीले सडक संरचनामा क्षति पुर्यायो।
असोज ११ र १२ को बाढीले काठमाडौं उपत्यका जोड्ने सडक सञ्जालका सबै नाका दुई दिनसम्म बन्द भए। यसैबीच १७ असोजमा पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले मध्य र पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने बिपी राजमार्ग दसैं अघि खुलाउन नसकिने घोषणा गरे। यद्यपि अन्य राजमार्गहरु दसैंसम्म खुलाउने उनको भनाइ थियो।
सामान्य अवस्थामा दैनिक एक हजार बढी र दसैं तिहारको समयमा करिब २५ सय सवारी सञ्चालन हुने बिपी राजमार्ग दसैंमा खुलाउन नसक्ने घोषणा गर्नु मन्त्रीको अपरिपक्कता मात्रै थिएन लाखौं नेपालीको भावनासँग प्रत्यक्ष प्रहारको रुपमा पनि देखिन्थ्यो। मन्त्री दाहालले आफू जनताको नेतृत्व गरेर मन्त्री बनेको छु भन्ने बिर्सिए। राज्यले जनतालाई निराश वा हतोत्साही बनाउने अभिव्यत्ति दिनु हुँदैन। तर, मन्त्री दाहालले त्यहि कुरा गरे।
भौतिक मन्त्रालय र सडक विभागमा गरी करिब ७ सय प्राविधिकहरु रहेका ति कर्मचारीहरुको कार्यक्षमताको ख्याल नगरी बिपी राजमार्ग दसैं अघि खुलाउन नसकिने सार्वजनिक अभिव्यक्ति दिएका थिए। मन्त्री दाहाल मात्रै होइन मन्त्रालयको कर्मचारीको नेतृत्व लिएका सचिव केशवकुमार शर्माले पनि दसैं अघि बिपी राजमार्ग खुलाउन नसकिने नै बताए।
तर, उनीहरुकै आदेशमा काम गर्ने भौतिक मन्त्रालयको ‘टिम’ले मन्त्री र सचिवको घोषणा विपरीत गएर दसैंको अघिल्लो दिनबाट बिपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याइदिए।
असार ३१ मा नयाँ सरकार गठन भएपनि दाहालले साउन ६ मा भौतिक मन्त्रालयको जिम्मेवारी पाएका थिए। मन्त्री बनेपछि अनुगमन नियमित काम गरीरहेको बेला असोज दोस्रो साता बाढीले सडक संरचनामा क्षति पुर्यायो।
उनै भौतिक मन्त्री दाहालले कात्तिक ८ गते आफ्नो सय दिने कार्यकालको उपलब्धि सुनाउन अर्को पत्रकार सम्मेलन गन गरे। जसमा लेखिएको १०० दिनको उपलब्धि भित्र बिपी राजमार्ग दसैं अघि खुलाएको विषय समेटिएको थियो।
२२ दिन अघि आफैंले घोषणा गरेको विषयबाट पछि हट्दै मन्त्री दाहालले कात्तिक ८ मा भने ‘बिपीको विषयमा मेरो कुरालाई साथीहरुले असफल साबित गर्दिनु भयो त्यसका लागि मैले धन्यवाद नै दिएको छु। त्यहाँ खट्ने कर्मचारी, अझ डोजर चालकहरुलाई एप्रिसेट गर्नुपर्छ उहाँहरुले टिकाको दिनबाहेक राति पनि मेसिन चलाएर काम गर्नुभयो।’
सचिव र मन्त्री दुवै जनाले बोलेको कुरा अन्य कर्मचारी र निकायका व्यक्तिले गतल सावित गराएको पनि उनले नै बोले। त्यसो त असोज १७ मा मन्त्री र सचिवले आफ्नो भौतिक मन्त्रालयको कार्य क्षमता विचार नगरी बिपी मर्मतबाट पछि हटेको टिप्पणी सरकारकै पूर्वसहसचिव (इन्जिनियर) अर्जुनजंग थापाले गरेका थिए।
छैन दीर्घकालीन मर्मत र बजेटको सुरसार
भौतिक मन्त्रालयका अनुसार यो वर्षको वर्खाले क्षति पुर्याएका सडक पूर्वाधार दीर्घकालीन मर्मत गर्न १५ अर्ब १६ कारोड रुपैयाँ बढी लाग्ने प्रारम्भिक अनुमान छ। यो विवरण प्रारम्भिक मात्रै भएकाले रकममा घटबढ हुने सम्भावना छ। तर, त्यो बजेट कसरी व्यवस्थापन हुन्छ भन्ने जवाफ मन्त्रालयसँग हालसम्म पनि छैन।
प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिएका मन्त्री दाहालले एक महिनासम्म बजेट व्यवस्थापनका लागि उल्लेख्य कदम चाल्न नसक्नु उनको अर्को कमजोरी हो। किनकि राजनीति परिदृश्य नियाल्ने हो भने वर्तमान अर्थमन्त्री विष्णु पौडेल पनि नेकपा एमाले कै हुन्। भौतिक मन्त्रालयले चालू आथिृक वर्षका लागि तयारी गरेको बजेटले अहिलेको क्षतिलाई व्यवस्थापन गर्न नसकेको अवस्थामा थप बजेट माग गर्ने अर्थ मन्त्रालयसँग नै हो।
अविरल वर्षासँगै आएको बाढीले विकासका लागि बन्दै गरेका र भर्खरै सञ्चालनमा आएका सडकमार्गपनि सोही बाढीको सिकार बन्न पुगे। सडक विभागका अनुसार २०८१ साल लागेपछि मात्रै देशभरीका ४३ सडकमार्ग÷राजमार्गहरुमा ८१७ पटक बाढी तथा पहिरोले असर गरेको छ।
हुन् त जुन पार्टीको मन्त्री भए पनि राज्यका लागि गर्ने काममा अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन गर्नु दायित्व नै हो। तर, एउटै पार्टीको प्रधानमन्त्री, अर्थमन्त्री र भौतिक मन्त्री भएको समयमा पार्टीगत आस्था, विचार तथा लक्ष्य मिल्छ। साथै जनतामा व्यक्ति (मन्त्री)को सहित समग्र राजनीतिक पार्टीप्रतिको बुझाइ थप सकरात्मक हुने हुँदा भौतिक मन्त्री दाहालले बजेट व्यवस्थापनमा प्रधानमन्त्री र अर्थमन्त्रीको साथ लिएर क्षतिग्रस्त सडक संरचना पुननिर्माणमा ढिलाई गर्नु हुँदैन।