काठमाडौं। आइतबार पनि सेयर बजारमा गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले घटेर २६१७.९५ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से १८.२५ अंक र बुधबार २०.४१ अंकले घटेको थियो। आइतबार सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज नेप्सेमा कुल ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ५ अर्ब २५ करोड रुपेयाँ बराबरको कारोबार भएको थियो। यस्तै, गत साताको बुधबार भने नेप्सेमा कुल ६ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएका मध्ये ९२ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार जीवन बिमा कर्पोरेसन (नेपाल) कम्पनी, रिभर फल्स पावर कम्पनी र माई खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लाग्दा समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
आइतबार नेपाल एसबीआई कम्पनीको सेयर मूल्य ६.७९ प्रतिशत, प्राइम कमर्सियल बैंकको ४.१७ प्रतिशत, रवा इनर्जी डेभलपमेन्ट कम्पनी ४.०३ प्रतिशत, आईसिएफसी फाइनान्स कम्पनी ३.८३ प्रतिशतले घटेको छ।
आइतबार बैंकिङ समूहको सेयर मूल्य १.३० प्रतिशत, विकास बैंक समूह ०.५१ प्रतिशत, लगानी समूह ०.१७ प्रतिशत, उत्पादन समूह ०.९१ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.७३ प्रतिशत, म्युचअल फण्ड समूह ०.४२ प्रतिशत, निर्जीवन बिमा समूह ०.४४ प्रतिशतले घटेको छ।
आइतबार फाइनान्स समूहको सेयर मूल्य १.११ प्रतिशत, होटल तथा पर्यटक समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूह ०.४७ प्रतिशत, जीवन बिमा समूह १.१५ प्रतिशत र व्यापार समूह ०.३९ प्रतिशतले बढेको छ।