काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले दुई उपसभापतिमध्य डिपी अर्याललाई थप शक्तिशाली बनाएर लगेका छन्। काेर टिमभित्र रहेका अर्याललाइ सभापति रवि लामिछानेले महत्वपूर्ण जिम्मेवारी दिरर शक्तिशाली बनाएका हुन्।
देशभर आन्दोलन सञ्चालन गर्न उपसभापति अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ। जुन एउटा राजनीति पार्टीभित्र याे भूमिका सबैभन्दा ठूलाे मानिन्छ। देशभर रहेका आफ्ना नेटवर्कभित्र एकदमै परिचित हुने ठूलाे अवसर हाे।
कार्यकर्तामाझ लाेकप्रिय बन्ने अर्यालका लागि याे उपयुक्त अवसर हाे। यसले उनकाे भाेलिकाे राजनीतिक भविष्य पनि सुरक्षित गर्ने आकँलन गरिएकाे छ। रविले अर्का उपसभापति स्वर्णिम वाग्लेलाई डिपीभन्दा पछि राखेर भूमिका दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी दिइएको छ। शनिबारको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेलाई कामको जिम्मेवारी तोकेको हो।
कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलन सञ्चालन गर्न उपसभापति अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ।
सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताएको जनाएको छ।
यस्तै अर्का उपसभापति वाग्लेलाई राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ। आवश्यक उपसमितिहरू गठनको अख्तियारी पनि वाग्ले संयोजकत्वको समितिलाई केन्द्रीय समितिले अधिकार दिएको छ।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरी हिरासतमा छन्। उनलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेको थियो। सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मा कसैलाई पनि तोकेका छैनन्।
सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखराकेन्द्रित आन्दोलन गर्दै आएको छ भने काठमाडौंलगायत ठाउँमा पनि प्रदर्शन भएका छन्।