काठमाडौं। नेपाली बजारमा रोजीछानी विभिन्न मोटरसाइकल खरिद सुविधा विभिन्न कम्पनीले दिइरहेका छन्। बजारमा ११० देखि ३१० सिसी क्षमतासम्मका मोटरसाइकल ग्राहकले मूल्यअनुसार किन्न सक्छन्।
मोटरसाइकल पारखीले विभिन्न रेन्ज र मूल्यका बाइक खरिद गर्छन् भने कामकाजीको रोजाइ सामान्यदेखि मध्यमस्तरसम्मका बाइकमा रहेको देखिन्छ। नेपालमा हेभी बाइकका पारखी बढ्दै छन्।
सम्पन्न परिवारका सोखिन युवाको रोजाइमा महँगो हेभी बाइक पर्न थालेको छ। महँगो बाइकलाई सम्पन्नताको प्रतीकका रूपमा लिने पनि धेरै देखिन्छन्। नेपालका सडकमा कारभन्दा पनि महँगा बाइक प्रशस्तै दौडिएको देखिन्छ।
नेपाल अटोमोबाइल एसोसिएसन नाडाका अनुसार ५० लाखसम्मका बाइक भित्रिएका छन्, जुन मूल्यमा कारसमेत खरिद गर्न सकिन्छ। तर, महँगा बाइक खरिदमा मान्छेको सोखिनले पनि भूमिका खेलेको हुन्छ। १५ लाख बढी पर्ने बाइक नेपालमा ४ दर्जन हाराहारीमा रहेको मानिन्छ भने आधा दर्जन बढी कम्पनीले महँगा बाइक बिक्री गर्छन्।
महँगा मूल्यकाे लाइनअपमा पावरफुल र स्टाइलिस मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने राइडरको रोजाइमा पर्न सफल ब्रान्ड हो– टिभीएस। यो ब्रान्डको मोटरसाइकल तथा स्कुटर स्पोर्टी लुक्स र पवारफुल इन्जिन चाहने युवा राइडरमाझ लोकप्रिय बनिरहेको छ। यीमध्ये सबैभन्दा ठूलो सिसी र धेरै मूल्य निर्धारण गरिएको बाइक अपाचे आरआर ३१० हो।
नेपालका लागि टिभिएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्स हो। जगदम्बा मोटर्सले यो बाइकको मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। यो बाइक सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले सुसज्जित छ। टिभिएस आरआर ३१० युवा पुस्ताले रुचाएको बाइक हो।
रेसिङ डीएनमा प्रेरित यो मोटरसाइकलमा डबल डायमेन्सनल क्विक सिफ्टर, टायर प्रेसर मनिटरिङ सिस्टम, सेग्मेन्टमै पहिलो क्रुज कन्ट्रोल सिस्टम, ट्रान्सपरेन्ट क्लच कभर, रेस ट्युन्ड डायनामिक स्टेबिलिटी कन्ट्रोल, एरोडायनामिक विंग्लेट, अपग्रेडेड भर्टिकल टीएफटी रेस कम्प्युटर मल्टिरुट कनेक्टिभिटी सिस्टमलगायत एड्भान्स फिचर पाउन सकिन्छ।
कम्पनीले आरआरमा ३१० सीसीको नयाँ रिभर्स इन्क्लाइन्ड डीओएचसी इन्जिन दिएको छ। उक्त इन्जिनले अधिकतम ३८ पीएस पावर तथा २९ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीडको गियरबक्स छ। नयाँ अपाचे आरआर ३१० रेड बिनाक्विक सिफ्टर, रेड क्विक सिफ्टर र ब्राम्बर ग्रे गरी तीन भेरियन्टमा उपलब्ध छ।
यो मोटरसाइकलमा रेसिङ कन्ट्रोल गर्न पूरा फेयर्ड एन्ड सुपरस्पोर्ट सिस्टम टेक्निक पनि पाउन सकिन्छ। एरोडायनामिक डिजाइनमा निर्माण भएको आरआर ३१० मा दिइएको टीएफटी कन्सोलको सबै डिटेल्स टीभीएस एप मार्फत पनि हेर्न सकिने छ।
त्यस्तै, यसमा चार राइडिङ मोड, डबल डिस्कब्रेकसँगै कर्नरिङ एबीएस सिस्टम, कर्नरिङ क्रुज कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल, ह्वीली कन्ट्रोल, स्लोप डिपेन्डेन्ट कन्ट्रोल, पूरा एड्जस्टेबल सस्पेन्सन, ब्रास क्रोटेड चेन, रियल लिफ्ट अफ कन्ट्रोल र एड्जस्टेड स्पीड क्रुजिङजस्ता फिचर पनि दिइएको छ।
गत वर्षदेखि अपाचे ३१० मा चार राइडिङ मोड समावेश गरिएको छ–स्पोर्ट, अर्बन, ट्रयाक र रेन। त्यस्तै यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको टिएफटी स्क्रिन पाइन्छ।