भारतमा टेक्सटाईल उद्योगीहरुको छाता संस्था इन्डिया आईटीएमई सोसाइटी ४० वर्ष पुगेको अवसरमा स्मारक हुलाक टिकट प्रचलनमा ल्याएको छ ।
सन् १०८० मा टेक्सटाईल उद्योगीहरु मिलेर खोलिएको इन्डिया इन्टरनेशनल टेक्सटायल मेसिनरी एक्जिव्यूसन सोसाईटी (इन्डिया आइटीएमई सोसाइटी)ले ४ दसकको अवधिमा भारतमा टेक्सटाईल उद्योगका पक्षमा महत्वपूर्ण काम गरिएको जनाइएको छ ।
संस्था ४० वर्ष पुगेको अवसरमा भारतको औद्योगिक शहर मुम्बईमा आयोजित एक कार्यक्रममा भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधिस पी. सथाशिवम र भारतीय हुलाक सेवा मुम्बई क्षेत्रका पोस्टमास्टर जनरल स्वाती पान्डेले संयुक्त रुपमा स्मारक हुलाक टिकटको अनावरण गरेका थिए ।
त्यसअवसरमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका उपकार्यकारी निर्देशक डोरोथी टेम्बो, सोसाईटीका अध्यक्ष हरिशंकर र कोषाध्यक्ष केतन साङ्भीलगायतको सहभागिता थियो ।
सोसाटीले भारतका अतिरिक्त अफ्रिकन मुलुकहरुमा साना तथा मझौला उद्यम (एसएमई)हरुको डिजाइन र उद्यमसीलता विकासमा सघाउँदै आएको छ । यसअवधिमा आइटीएमई सोसाईटीले इथोपिया, युगान्डा, रुवान्डा र केन्यालगायतका मुलुकका महिला शसक्तिकरणमार्फत टेक्सटाईल उद्योगको प्रवधेनमा महत्वपूर्ण भुमिका खेलेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिशंकरले आइटीएमई सोसाईटीले व्यापार र लगानीका क्षेत्रमा भारतमा मात्र नभएर विश्वव्यापी रुपमै सहयोग गरिरहेको बताए । उद्योग संघहरुबस्चको संवादलाई प्रोत्साहित गर्ने काममा समाजले महत्वपूर्ण भुमिका खेलेको बताउँदै उनले भने, ‘परस्पर देशहरुबीच अझ राम्रो व्यापार गर्न ग्राहकहरुलाई सञ्जालमा प्रवेश गराउन र पहुँच विस्तार गर्न आगामी दिनमा पनि उत्तिकै सक्रिय रहनेछ ।’
प्रदर्शनीहरुको सृङ्खला गर्ने क्रममा इन्डिया आइटीएमई सोसाईटी र ग्लोबल टेक्सटाईल टेक्नोलोजी एन्ड इन्जिनियरिङ सो (जीटीटीईएस) मिलेर जनवरी १८ देखी २० सम्म मुम्बई प्रदर्शनी केन्द्रमा टेक्सटाईल मेला आयोजना गरिरहेको छ ।
व्यापार र लगानी प्रवर्धनको उद्धेश्यलाई अगाडी बढाउन र लगानी मैत्री वातावरण सिर्जना गर्न सरकार, निजी क्षेत्रका व्यवसायिक समुदाय, विकास साझेदारहरु र अन्य साझेदारहरुसँग पनि सोसाईटीले साझेदारी गर्दै आएको छ । कार्यक्रममा भारतसहित वोट्सवाना, श्रीलंका, अफगानिस्तान, टर्की, घाना र स्विटजलरल्यान्डका प्रतिनिधिहरु सहभागी थिए ।