काठमाडौं। विश्व बैंकले दीर्घकालीन दृष्टि, सरल कार्यपद्धति र प्रभावकारी परिणामको लागि तीन नयाँ प्राथमिकता प्रस्तुत गरेको छ। बैंकले गरिबी घटाउने, जलवायु परिवर्तनको सामना गर्ने र विश्वव्यापी स्वास्थ्य सुरक्षालाई सुदृढ पार्ने लक्ष्य लिएको छ।
विश्व बैंकका अध्यक्ष अजय बंगा अनुसार, संकटहरूको समाधानका लागि हाम्रो गति र उद्देश्य एकदमै स्पष्ट हुन आवश्यक रहको बताए।
उनले बैंकलाई आधुनिक र लचिलो बनाउँदै सरल बनाउने उद्देश्यले विभिन्न सुधारहरू गर्ने घोषणा गरे। यसले बैंकलाई संकटकालीन स्थितिमा थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ।
‘बैंकले अत्यधिक जटिलताबाट मुक्त हुने, परियोजनाहरूलाई गति दिने र लचिलोपनलाई सुधार्ने दृष्टिले रणनीतिलाई परिमार्जन गर्दै छ’, अध्यक्ष बंगाले भने, ‘हामीले बैंकको प्राथमिकता र कार्यक्षमतालाई यसरी परिमार्जन गरेका छौं कि प्रभावमा स्पष्ट देखिन सकियोस्।’
अध्यक्ष बंगाले उल्लेख गरेअनुसार विश्व बैंक एक्लैले यी सबै लक्ष्य हासिल गर्न सक्दैन। यसका लागि सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था र स्थानीय समुदायसँग सहकार्य आवश्यक छ।
विश्व बैंकको ८० वर्षको इतिहासले बैंकलाई दीर्घकालीन दृष्टिको महत्त्व सिकाएको अध्यक्ष बंगाले बताए। उनले भने, ‘हामी दीर्घकालीन दृष्टिको साथ, तत्कालको आवश्यकता सम्बोधन गर्दै अघि बढ्न चाहन्छौं।’
विश्व बैंकले नयाँ रणनीतिसहित प्रभावकारी कदम चाल्दै, गरिबी, जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने योजना अघि सारेको छ। बैंकको दीर्घकालीन सोच र विश्वव्यापी सहयोगको आकांक्षाले आगामी दशकमा ठूलो परिवर्तनको आशा गरिएको छ।
यस्ता छन् तीन मुख्य प्राथमिकता
१. गरिबी घटाउने र साझा समृद्धि बढाउनेः विश्व बैंकले गरिबी अन्त्य र समृद्धि विस्तारको लक्ष्य।
२. जलवायु परिवर्तनको सामना गर्नेः जलवायु परिवर्तनबाट प्रभावित समुदायहरूको संरक्षण गर्न बैंकले ठोस जलवायु रणनीति लागू गर्दै उत्सर्जन घटाउन तथा अनुकूलनलाई बढावा दिने योजना अघि सारेको छ।
३. स्वास्थ्य सुरक्षाको सुदृढीकरणः विश्वव्यापी स्वास्थ्य संकटको सम्भावना रहेका कारण भविष्यमा यस्ता महामारीको सामना गर्न सुरक्षात्मक उपायहरूलाई सुदृढ बनाउने कार्यमा बैंकले जोड दिएको छ।