काठमाडौं। शाओमी ब्रान्डले नेपाली बजारमा दुई नयाँ ट्याब्लेट रेड्मी प्याड प्रो–फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी सार्वजनिक गरेको छ।
रेड्मी प्याड प्रो फाइभजी १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६.१० एस्पेक्ट रेसियो र २४९ पिपिआईको रिजोल्युसनको साथ आउँछ। यसमा १२० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेस छ।
ट्याबलेटमा स्न्यापड्र्यागन ७ एस जेन २ प्रोसेसर रहेको छ। १० हजार ००० एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा पनि दिन्छ।
चार वटा स्टेरियो स्पिकर र डल्बी एटमस सपोर्ट पनि रहेको छ। यसमा रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो–किबोर्डजस्ता एसेसरी पाउन सकिने कम्पनीले जनाएको छ।
रेड्मी प्याड एसई ८.७ फोरजी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनका साथ आउँछ। यसमा ८४.४१ प्रतिशत स्क्रिन–टु–बडी रेसियो र ६०० निट्सको ब्राइटनेस रहेको छ।
मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित यस ट्याब्लेटमा ६ जीबाको र्याम र ९० हर्ट्जको रिफ्रेस रेट रहेको छ। ६ हजार ६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यस ट्याब्लेटलाई लामो समयसम्म चलाउन सकिन्छ। १२८जीबी आन्तरिक स्टोरेज र २टीबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्टले फाइल र मिडियाका लागि पर्याप्त ठाउँ दिन्छ।
रेड्मी प्याड–प्रो फाइभजी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रङमा तथा उपलब्ध हुनेछ । यसको ६ जीबी प्लस १२८ जीबाको मूल्य ३९ हजार ९९९ र ८ जीबी प्लस २५६ जीबीको मूल्य ४४ हजार ९९९ रूपैयाँ पर्छ।
रेड्मी स्मार्ट पेनको मूल्य ६ हजार ४९९ रहेको छ भने रेड्मी प्याड–प्रो किबोर्ड पनि ६ हजार ४९९ मूल्यमा उपलब्ध छ।रेड्मी प्याड एसई ८.७ फोरजी ग्रेफाइट ग्रे, स्काई ब्लू र अरोरा ग्रीनमा उपलब्ध छ भने यसको मूल्य १९ हजार ९९९ रहेको छ।
सबै ट्याब नेपालभरिका सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा बिक्रेता पसलमा उपलब्ध हुनेछन्।