काठमाडौं। दुई दिनको उच्च गिरावटपछि मंगलबार सेयर बजार उकालो लागेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अंकले बढ्दै २६६५.८१ बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा सीमित भएको थियो भने आइतबार पनि नेप्से ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा रोकिएको थियो। यसअघिका चार कारोबार दिनमा भने नेप्से लगातार उकालो लागेको थियो।
मंगलबार नेप्सेमा कुल ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ५ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार कारोबारमा आएका मध्ये १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० कम्पनीको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ।
मंगलबार रवा इनर्जी विकास कम्पनीको सेयर मूल्य ८.८६ प्रतिशत, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ७.८२ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ६.३६ प्रतिशत र माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ।
मंगलबार वीन नेपाल लघुवित्त वित्तिय संस्थानको सेयर मूल्य ४.७५ प्रतिशत, कालिका लघुवित्त वित्तीय संस्थाको ४.६९ प्रतिशत र ग्लोबल आईएमइ ब्यालेन्स फण्डको सेयर मूल्य ३.८१ प्रतिशतले घटेको छ।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य ०.६८ प्रतिशत, विकास बैंक समूहको १.२५ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशत, होटल तथा पर्यटक समूहको ०.४४ प्रतिशत र हाइड्रोपावर समूहको सेयर मूल्य १.४२ प्रतिशतले बढेको छ।
यस्तै, लगानी समूहको ०.९२ प्रतिशत, जीवन बिमा समूहको ०.४९ प्रतिशत, उत्पादन समूहको २.१४ प्रतिशत, लघुवित्त समूहको ०.६६ प्रतिशत, म्युचअल फण्ड समूहको ०.२७ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.६१ प्रतिशतले बढेको छ।