काठमाडौं। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा कात्तिक ८ देखि १ गतेसम्म पुष्प मेला÷प्रदर्शनी हुने भएको छ। फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले २०५१ साल देखि लगाताररुपमा पुष्प मेला÷प्रदर्शनीको आयोजना गर्दै आएको थियो।
सोहीअनुरुप तिहार पर्व नजिकीँदै गर्दा घर आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि पुष्प मेला आयोजना गरिएको हो। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक ८ देखि ११गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन हुने भएको हो।
यस प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरुका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरु रहने छन्। यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने जनाइएको छ।
यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी ÷ फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहने छ । साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने छ।
समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ठ हुने नर्सरीफर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ। यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस बर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री बितरण हुनेछन।
यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समावेश हुनेछन्। ४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ।
नेपालमा बि.सं. २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसाय सुरु भएको ईतिहास रहेको छ। यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको थियो। बिसं २०४९ साल ताकासम्म लगभग जम्मा ८० को संख्यामा मात्रै नर्सरी व्यवसायीहरु रहेको थियो २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को स्थापना भए पश्चात मात्र पुष्पको व्यवसायीक बिकास, बिस्तार र प्रबर्द्धनले गति लिएको हो।
हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ। हरेक बर्ष पुष्प व्यवसायको बार्षिक बृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहदै आएको छ। बिगत केहि बर्ष कोभिड महामारीका कारणले पुष्प व्यवसायमा नकारात्मक असर पुरÞ्याएको भएतापनि आर्थिक वर्ष २०७९÷८० देखि पुष्प व्यवसायले पुनः गति लिएको र हाल पुरानै लयमा फर्किसकेको छ।
गत वर्षसम्म ४८ जिल्लामा पुष्प खेती भईरहेकोमा यस बर्ष अर्घाखाची, खोटाङ्ग, उदयपुर र बर्दिया जिल्लामा पनि पुष्प व्यवसाय सुरु भएको पाइएको हुदा पुष्प व्यवसाय हुने जिल्ला संख्या ५२ पुगेको छ। लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ११७४ भन्दा बढि (नर्सरी–५३०, कट फ्लावर उत्पादक–९०, कट फ्लावर खुद्रा व्यवसायी–१५८, पुष्प थोक व्यवसायी–६, ईनपुट सप्लायर्स – २५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको छ।
पुष्प व्यवसायमा अनुमानित लगानी ८ अर्ब ८३ करोड भन्दा बढी रहेको छ। पुष्प ब्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढि जनशक्तिहरु रोजगार रहेका छन्। आर्थिक वर्ष २०७५/७६ मा पुष्पको बार्षिक कारोबार २ अर्ब ४२ करोड रहेकोमा आर्थिक ०७७/७८ मा बर्षे भरी कोभिड महामारीको कारण पुष्पको ब्यवसायीक कारोबारमा कमी आई जम्मा १ अर्व ६३ करोड मा खुम्चिएको थियो।
आर्थिक वर्ष २०७८/०८९ मा कोभिडको असर केहि कम हुदा पुष्पको बार्षिक कारोबारमा केहि बृद्धि भएको थियो। गत आर्थिक वर्ष ०७९/८० मा ३ अर्ब ७ करोड भन्दा बढिको कारोबार भएकोमा अघिल्लो बर्षको तुलनामा यस आर्थिक बर्ष २०८०/८१ मा १९.८६ प्रतिशतले बृद्धि भई ३ अर्ब ६८ करोड भन्दा बढिको कारोबार भएको छ। भन्सार बिभागको तथ्यांकअनुसार यसै आर्थिक बर्ष ०८०/८१ मा पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात कारोबार १ करोड ०२ लाख १२ हजार भएको छ भने आयात तर्फ २७ करोड ७९ लाख ०५ हजारको कारोबार रहेको छ।