काठमाडौं। दुई दिनमा सेयर बजार १०५ अंकले घटेको छ। गत सातासम्म लगातार बढेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको दुई कारोबार दिनमा भने १०५ अंकले घटेको हो।
अघिल्लो कारोबार दिन आइतबार ४७.४४ अंकले घट्दै २६९७.९१ बिन्दुमा बन्द भएको नेप्से सोमबार पनि ५७.९९ अंकले घट्दै २६३९.९२ बिन्दुमा सीमित भएको छ। आइतबार अघिका चार कारोबार दिनमा भने नेप्से चारै दिन उकालो लागेको थियो।
सोमबार सूचकसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा कुल ५ अर्ब ७२ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको हो। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा ७ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएका मध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको भने घटेको छ। त्यस्तै, एक कम्पनीको सेयर मुल्य भने स्थिर छ।
सोमबार वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशत, कर्पाेरेट विकास बैंकको ९.८२ प्रतिशत, कालिका लघुवित्त वित्तीय संस्थाको ५.५२ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.८४ प्रतिशतले बढेको छ।
सोमबार नग्दी ग्रुपको सेयर मूल्य ९.२० प्रतिशतले घट्दा गुडवील फाइनान्सको सेयर मूल्य ५.६५ प्रतिशत, छ्यांङ्दी हाइड्रोपावरको सेयर मूल्य ४.७९ पूतिशतले घटेको छ।
सोमबार बैंकिङ समूहको सेयर मूल्य २.३० प्रतिशत, विकास बैंक समूह १.७८ प्रतिशत, फाइनान्स समूह ३.३८ प्रतिशत, होटल तथा पर्यटन समूह १.६६ प्रतिशत, हाइड्रोपावर समूह २.०५ प्रतिशत, लगानी समूह २.५१ प्रतिशत, जीवन बिमा समूह २.१५ प्रतिशत, उत्पादन समूह १.६५ प्रतिशत, माइक्रो फाइनान्स समूह १.८९ प्रतिशत, म्युचअल फण्ड ०.७२ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.७६ प्रतिशतले घटेको छ।