काठमाडौं। लगातार चार कारोबार दिन बढेको बजार उच्च अंकले घटेको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४४ अंक अर्थात् १.७२ प्रतिशतले घटेर २६९७.९१ बिन्दुमा बन्द भएको हो। यसअघिका चार कारोबार दिनमा भने नेप्से लगातार बढेको थियो।
दसैं बिदाअघिको अन्तिम कारोबार दिन असोज २३ गते ४.८५ अंकले बढ्दै नेप्से २६६८.१७ बिन्दुमा रोकिएको थियो। यसपछि, पाँच दिन बन्द भएर खुलेको बजार दसैंपछिको तीन कारोबार दिनमा तीनै दिन उकालो लागेर ७७.१९ अंकको वृद्धिका साथ गत साताको बिहीबार २७४५.३६ बिन्दुमा रोकिएको थियो। तर, आइतबार भने नेप्से पुन २७०० बिन्दु तल झरेको हो।
आइतबार सूचक घटेपनि कारोबार रकम भने बढेको छ। आज नेप्सेमा कुल ७ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आइतबार कारोबारमा आएका मध्ये २२६ कम्पनीको सेयर मूल्य घट्दा १८ कम्पनीको मूल्य भने बढेको छ।
आइतबार कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा नगदी ग्रुप कम्पनीको सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ। हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.९२ प्रतिशत र सिटिजन्स सुपर कम्पनीको सेयर मूल्य ३.७९ प्रतिशतले बढेको छ।
आइतबार इस्टर्न हाइड्रोपावर कम्पनीमा नकरात्मक सर्किट लाग्दा गुडवील फाइनान्सको सेयर मूल्य ८.४१ प्रतिशतले घटेको छ। आइतबार बैंकिङ समूहको सेयर मूल्य १.०२ प्रतिशतले घटेको छ। यस्तै, विकास बैंक समूहको सेयर मूल्य २.३४ प्रतिशत, फाइनान्स समूहको ४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२३ प्रतिशत, हाइड्रो पावर समूहको २.१४ प्रतिशत, लगानी समूहको १.८९ प्रतिशत र जीवन बिमा समूहको सेयर मूल्य २.४६ प्रतिशतले घटेको छ।