काठमाडौं। किनमेल शैलीमा निम्बस बजारले नेपालमा अनौठो तर विश्व बजारमा प्रचलित मोडल सुरु गरेको छ। निम्बस बजारले मोबाइल एप, सिधै स्टोर पुगेर तथा मेम्बर बेस शैली सुरु गरेको छ।
एन्ड्रोएड तथा आइओएस सिष्टममा निम्बस बजारको एप छ। उक्त एप डाउनलोड गरेपछि त्यहाँबाट आफूलाई चाहिने हरेक सामान अर्डर गर्न सकिन्छ। राइड सेयरिङ शैलीमा आवश्यक सामान खरिद गर्न सकिने छ।
आफ्ने अनुकूलमा आवश्यक सामान छनोट गर्ने र सामान अर्डर गरेको केही समयमै घरमा पुग्ने सिष्टमको विकास गरेको हो। सामान घरमा पुगेपछि मोबाइलबाटै डिजिटल माध्यमबाट भुक्तानी पनि गर्न मिन्छ।
अहिले डिपार्टमेन्ट स्टोरको लागत अत्यधिक छ। त्यहाँको खर्चलाई समेत जोडेर डिपार्टमेन्ट स्टोरले सामानको मूल्य तय गर्छन्। निम्बस बजारमा शून्य न्यून लागत भएकाले सामानको मूल्य बजारमा पाइने भन्दा निकै सस्तो पनि वाजिब छ। सञ्चालकका अनुसार पछिल्लो समय सुरक्षित, सरल र सहजै सामग्री खरिद गर्न चाहनेका लागि ‘निम्बस बजार डटकम’ उपयुक्त प्लेटफर्म बन्दै गएको हो।
काठमाडौं उपत्यकाका लागि न्यूरोड, असनलाई सबै सामान एकै ठाउँमा पाउने केन्द्रको रुपमा लिइन्छ। उपत्यकामा बसोबास गर्ने अधिकांश मानिसहरु आवश्यक सामग्री खरिदका लागि यी ठाउँमा पुग्ने गर्दछन् जहाँ निकै भिडभाड र सास्ती बेहोनुपर्ने बाध्यता छ।
दैनिक उपभोग्य वस्तु तथा सामग्री खरिदका लागि बजारसम्म पुग्नुपर्ने तथा धेरै पसल र स्टोरमा घुम्नुपर्ने बाध्यताको अन्त्य गरेकाले निम्बस बजार छोटो समयमा नै लोकप्रिय बन्दै गएको हो।
निम्बस बजार एक आधुनिक र ई–कमर्स प्लेटफर्म हो, जसलाई उपभोक्ताले सजिलै सामग्री खरिद गर्नसक्ने ढंगमा डिजाइन गरिएको छ। आफूलाई आवश्यक पर्ने सामग्री खरिदका लागि बजारको भिडभाडमा पुग्नुपर्ने, लाइन बस्नुपर्ने तथा सामानको झोला बोक्नुपर्ने झन्झटलाई निम्बस बजारले समाधान गरिदिएको हो।
कुनै पनि उपभोक्ताले यस प्लेटफर्मबाट ताजा उत्पादन, अत्यावश्यक वस्तु, खाद्यन्न, घरायसी सामाग्री सहज ढंगमा आफूले चाहेको ठाउँमा नै प्राप्त गर्न सक्दछन्। यस एपको प्रयोगबाट घरमै बसेर किराना सामान, डेरी उत्पादन, बेकरी वस्तु, पेय पदार्थ, खाजा, घरेलु आवश्यक वस्तु र अन्य सामाग्री अर्डर गरेर मगाउन सकिन्छ। यस एपबाट गरिएको अर्डरको छिटो र भरपर्दो डेलिभरी हुने भएकाले सामग्रीहरु ताजा र समयमै आइपुग्छन्।
साथै, सुरक्षित भुक्तानीको विकल्प भएकाले सुरक्षित कारोबार पनि सुनिश्चित छ। निम्बस बजारले क्रेडिट÷डेबिट कार्ड, डिजिटल वालेट र नगद सबैलाई स्वीकार्ने भएकाले भुक्तानीमा पनि उपभोक्ताले कुनै किसिमको झन्झट बेहोर्नु पर्दैन। उपभोक्ता तथा ग्राहकसामू सहजै वस्तु तथा सेवा पु¥याउने काममा निम्बस बजारले नयाँ फड्को मारेको छ।
यसरी सुरु भयो निम्बस बजार
काठमाडौं उपत्यकाका लागि न्यूरोड, असनलाई सबै सामान एकै ठाउँमा पाउने केन्द्रको रुपमा लिइन्छ। उपत्यकामा बसोबास गर्ने अधिकांश मानिसहरु आवश्यक सामग्री खरिदका लागि यी ठाउँमा पुग्ने गर्दछन् जहाँ निकै भिडभाड र सास्ती बेहोनुपर्ने बाध्यता छ। झन्, चाडपर्वको समयमा यस क्षेत्रमा उल्लेख्य मानिस उपस्थित हुने भएकाले सामग्री खरिद पनि सहज ढंगमा गर्न सकिँदैन।
एन्ड्रोएड तथा आइओएस सिष्टममा निम्बस बजारको एप छ। उक्त एप डाउनलोड गरेपछि त्यहाँबाट आफूलाई चाहिने हरेक सामान अर्डर गर्न सकिन्छ। राइड सेयरिङ शैलीमा आवश्यक सामान खरिद गर्न सकिने छ।
वास्तवमा, यहि कुराहरुलाई मध्यनजर गरेरै निम्बस ग्रुपले निम्बस बजार सञ्चालनमा ल्याएको हो। निम्बस बजार कोरोना महामारीको समयमा जन्मिएको प्लेटफर्म हो। विश्वभर कोरोना महामारी फैलिरहेको समयमा यसको जोखिम कम गर्न भीडभाडमा जान नपरोस् भन्ने हेतुले कम्पनीले ‘निम्बस बजार डटकम’मार्फत अनलाइन कारोबार सुरु गरेको थियो।
सुरुवाती चरणमा निम्बस ग्रुपले अनलाइनबाटै घर–घरमा सामान पु¥याउने काम गरे पनि व्यवसायीक भन्दा सेवा प्रदानको हिसाबमा सञ्चालित थियो। तर, गत वर्षबाट भने निम्बस बजार व्यवसायको रुपमा अगाडि बढेको छ।
२५ भन्दा बढी स्टोर सञ्चालनमा
व्यवसाय सुरुवातको छोटो समयमा नै निम्बस ग्रुपले नेपालमा २५ भन्दा धेरै स्टोरहरु सञ्चालनमा ल्याएको छ। कम्पनीले चामल, तेल, दाल, पिठो, अचार, चिउरा, पापड, दालमोठलगायतका खाद्य सामग्री उत्पादन तथा बिक्रीमा निरन्तर काम गरिरहेको छ। निम्बस बजारका म्यानेजर विशाल गुप्ताका अनुसार अनलाइनबाट सामान बिक्री गर्दै आएको निम्बस बजारको उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा स्टोर सञ्चालनमा छन्।
सुरक्षित भुक्तानीको विकल्प भएकाले सुरक्षित कारोबार पनि सुनिश्चित छ। निम्बस बजारले क्रेडिट÷डेबिट कार्ड, डिजिटल वालेट र नगद सबैलाई स्वीकार्ने भएकाले भुक्तानीमा पनि उपभोक्ताले कुनै किसिमको झन्झट बेहोर्नु पर्दैन। उपभोक्ता तथा ग्राहकसामू सहजै वस्तु तथा सेवा पु¥याउने काममा निम्बस बजारले नयाँ फड्को मारेको छ।
निम्बस ग्रुपले अबको १ वर्षसम्म अन्यत्र स्टोर र आउटलेटहरु खोल्ने भन्दा पनि उपत्यकामा भएका स्टोरलाई नै राम्रोसँग सञ्चालन गर्ने योजना बनाएको छ। यसपछि, मात्रै ग्रुपले उपत्यका बाहिर स्टोर सञ्चालनको विषयमा सोच्ने निम्बस बजारका म्यानेजर विशाल गुप्ता बताउँछन्। ‘नेपालमा भाटभटेनी, बिगमार्ट सेल्सबेरी लगायतका खाद्यन्नका सामग्रीहरु पाउने थुप्रै स्टोरहरु सञ्चालनमा छन्। यी स्टोरहरु मानिसहरुको घरभन्दा टाढा नै पर्छ। हिड्दै गएर किन्ने ठाउँ छैन,’ गुप्ता भन्छन्, ‘तर, हामीले ग्राहकको घरमै आवश्यक सामग्री पुगोस् र खरिदका लागि धाउन नपरोस् भन्ने सोचमा काम गरिरहेका छौं।’
निम्बस बजार मार्ट नभइ एउटा स्टोर हो। निम्बसको सोच सबै सामान एकै ठाउँमा राख्ने र ग्राहक तथा उपभोक्ता भए ठाउँमा सहजै पुगोस् भन्ने हो। यहि हिसाबमा निम्बस ग्रुपले हाल खाद्यन्नको सामान बिक्रीबाट व्यवसाय सुरु गरेको छ। खाद्यन्नका सम्पूर्ण सामग्रीहरु निम्बस बजारमा अहिले राखिएको भए पनि थप सामाग्री थप गर्दै जाने योजनामा रहेको गुप्ता बताउँछन्।
उद्योग सञ्चालन गर्दा सामानको पैसा नउठ्ने, सामानको प्रयोग अवधि समाप्त हुने जस्ता कुराहरुलाई ध्यानमा राख्दै निम्बस बजारले राम्रो व्यवस्थापन गरेको छ।
‘अहिले डिलर र खुद्रा पसलमार्फत सामान बिक्री गर्दा पैसा आउन ढिला हुन्छ। तर इकमर्सको अवधारणाले यसमा परिवर्तन ल्याउँदैछ। साथै, यसले मूल्यमा सहुलियत पनि पुग्छ,’ गुप्ता भन्छन्, ‘यी सबै कुराहरुलाई मध्येनजर गर्दै कुनै पनि सामानमा मूल्यको लागि ग्राहकको गुनासो सुन्न नपरोस् भन्ने मूल्य कायम गरेर हामीले काम गरेका छौं।’ गुप्ताका अनुसार अनलाइन तथा स्वयम् मानिस उपस्थित भएर निम्बस बजारको सेवा लिन सक्नेछन्।
आफैं उपस्थित भएर सामान किन्न चाहने ग्राहकका लागि ठाउँ–ठाउँमा स्टोर सञ्चालन गरिएको छ। सामान अर्डर गरेको केही समयमा नै डेलिभरी हुन्छ। तीनचार दिनसम्म कुनुपर्ने बाध्यता रहँदैन। सेवालाई छिटो र सरल बनाएर जाने मुख्य योजना नै निम्बस ग्रुपको रहेको छ। ‘नेपालको कमाइ थोरै र खर्च धेरै भएको कारण अधिकांश मानिसहरु विदेशी रहेका छन्।
विदेशीने युवाहरुलाई एउटा कमाउने माध्यम दिने उद्देश्यले यो प्ल्याटफर्म दिन खोजेको हो,’ गुप्ताले भने, ‘एउटा घरको पाँच जना परिवारमा एक जनाले काम गर्ने अरु यतिकै बसिरहेको छ भने उनीहरुले एउटा फर्निचरमा लगानी गरियो भने अरु सबै निम्बसले गर्दिन्छ।’ निम्बस बजारले आर्थिक स्थिति कमजोर भइ लगानी गर्न नसक्ने मानिसहरुको लागि सामानको लगानी आफैं पनि सहयोग गर्ने काम पनि गरिरहेको छ। अन्य कुराहरु तथा स्टोरमा चाहिने सामान सबै निम्बस बजारले ल्याइदिन्छ।
काठमाडौं उपत्यकामै २ हजार स्टोर खोलिने
उद्योग सञ्चालन गर्दा सामानको पैसा नउठ्ने, सामानको प्रयोग अवधि समाप्त हुने जस्ता कुराहरुलाई ध्यानमा राख्दै निम्बस बजारले राम्रो व्यवस्थापन गरेको छ। यी सबै कुराहरुलाई व्यवस्थापन गर्दिने भन्ने सोचले तीन वटैलाई फाइदा हुने गरि स्टोर र अनलाइनबाट सबै किसिमको सामान बेच्ने गरि निम्बस बजारले व्यवस्थापन गरेको छ।
विदेशीने युवाहरुलाई एउटा कमाउने माध्यम दिने उद्देश्यले यो प्ल्याटफर्म दिन खोजेको हो,’ गुप्ताले भने, ‘एउटा घरको पाँच जना परिवारमा एक जनाले काम गर्ने अरु यतिकै बसिरहेको छ भने उनीहरुले एउटा फर्निचरमा लगानी गरियो भने अरु सबै निम्बसले गर्दिन्छ
काठमाडौं उपत्यकामा २ हजार स्टोर खोल्ने योजना निम्बस बजारको छ। निम्बस बजारबाट सामान किन्नका लागि निम्बसको वेवसाइटबाट अर्डर गर्न सकिन्छ। त्यसबाहेक कस्टमर केयर, निम्बस बजारको इन्स्टाग्राम, फेसबुकबाट अर्डर गर्न सकिन्छ। यसको अलावा निम्बस बजारका स्टोरमा व्यक्ति स्वयम् उपस्थित भएर सेवा लिन सक्दछन्।