काठमाडौं। पोखरामा पनि जिग्री सेकुवाको आउटलेट सञ्चालनमा आएको छ। विभिन्न आधा दर्जन ठाउँमा सञ्चालन हुँदै आएको जिग्री सेकुवाले पोखरामा पनि आफ्नो व्यवसाय सुरु गरेको हो।
पोखरामा खुलेको जिग्री सेकुवामा करिब १६० जनासम्मले एकै पटक विभिन्न परिकारका स्वाद लिन सक्ने बताइएको छ।
जिग्री सेकुवाले ‘ड्रिंक्स एट एमआरपी’ रणनीतिमा आधारित रहेर आफ्नो व्यवसाय सञ्जालन गर्नेछ। अधिकतम खुद्रा मूल्य (एमआरपी)मा अल्कोहल पेय पदार्थ प्रदान गर्ने जिग्री सेकुवाको भनाइ छ।
सन् २०२३ मा स्थापना भएदेखि नै जिग्री सेकुवाले लोकप्रियता कमाउँदै गएको छ। यसले काठमाडौं उपत्यकामा सात र पोखरामा एक गरी आठ आउटलेट खोलिसकेको छ।
जिग्री सेकुवाले आफ्नो स्थापनाकालदेखि नै ‘ड्रिंक्स एट एमआरपी’ को मुख्य बिक्री बिन्दुको रूपमा प्रयोग गर्दै आएकोले पनि बढी लोकप्रियता कमाउँदै गएको हो। पोखराको विरौतामा सञ्चालनमा आएको जिग्री सेकुवामा स्थानीय खानेकुराहरुलाई बढी प्राथमिकता दिइने बताइएको छ।
हात्तीगौडा, झम्सिखेल, कपन, शान्तिनगर, जोरपाटी, बालुवाटार, नारायणथान र पोखरा गरी जिग्री सेकुवाका आठ आउटलेट पुगेका छन्। जिग्री सेकुवामा पोर्क, मटन, चिकेनका, आलु, लसुन र सागको सेकुवा पाइन्छ।
यस्तै, खसीको भुटन र बोकाको मासुको ग्रेभी, माछा, छोयला, म्याजिक आलुलगायतको परिकार पनि यहाँ पाइन्छ।