कवि शिरोमणि लेखनाथ पोडेलको एउटा चर्चिक कविता छ ‘उपकारी गुणि व्यत्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ जो कोही व्यक्तिका लागि यो कविताको भावले मेल नखान सक्छ।
तर, सरकारले २०८१ को निजामती सेवा दिवसका अवसरमा (भदौ २२) उत्कृष्ट कर्मचारी घोषणा गरेका प्राविधिकतर्फका सहसचिव रामचन्द्र दंगालको स्वभाव भने कविशिरोमणिको कविताको वाक्यसँग मेल खान्छ।
उमेरले ५६ वर्ष पार गरेका उनको कार्य अनुभव, लगानशिलता र राज्यप्रतिको जिम्मेवारीले निखारता ल्याएर होला सरल स्वभाव र मिजासिलो व्यक्तिको दंगालको पर्यवाची शब्द बनेको छ। हुन त करिब एक लाख निजामती कर्मचारी मध्येबाट उत्कृष्ट १० जना भित्र अट्न त्यतिको व्यवहार हुनु स्वभाविक पनि हो।
देशको राजधानी काठमाडौंको जर्सिङ्पौवामा २०२४ सालमा आमा चित्रकुमारी र बुबा लोकनाथ दंगालका जेठो सन्तानका रुपमा जन्मिएका रामचन्द्रको संघर्ष कुनै सामान्य गाउँले जीवन परिवेषको भन्दा फरक छैन।
काठमाडौं नै भए पनि ५६÷५७ वर्ष पहिला जर्सिङ्पौवा गाउँ थियो। घर नजिकै ३ कक्षाभन्दा ठूलो विद्यालय नभएपछि उनका बुबाआमाले छोराछोरी पढाउन २०३३ माघमा सुन्दरीजल बसाई सरे। बुबाआमाका ५ सन्तामध्ये दंगाल जेठो सन्तान हुन्, उनका २ भाइ र बहिनी छन्।
बागमती तर्दा पढाइ छुट्थ्यो अहिले आफैं बनाउछन् पुल
सहजताका लागि सुन्दरीजल बसाइसरे तर, त्यहाँ पनि ७ कक्षासम्म मात्रै विद्यालय हुँदा ८ देखि १० कक्षासम्म पढ्न बागमती नदी तरेर भद्रवासको विद्यालयमा जानुपर्यो। अहिले जस्तो २०३७÷०३८ सालमा बागमतीमा झोलुंगे र माटोरेवल पुल थिएनन्। हिउँदको समयमा नियमित विद्यालय पुगेपनि वर्खामा नदी बाढी आउँदा दगंगालसहित धेरै विद्यार्थीको पढाइ छुट्थ्यो। ‘खोलाको किनारमा बसेर बाढी हेर्यो, तर्न सक्ने भएपछि विद्यालय गयो, कहिले जान सकिदैन थियो, कहिले आदी पढाइ छुट्थ्यो’ उनले विगत सम्झिए। त्यसो त बागमतीमा पुल नहुँदा पौडिदै, बागमतीको बगरमा खेल्दै विद्यालय गएका उनी अहिलेपनि थोरबहुत पौडि खेल्ने हिम्मत गर्छन्।
दंगालले बागमतीको बाढीले विद्यालय जान नपाउँदाका कुनैपनि दिन आफु इन्जिनियर हुन्छु भन्ने कल्पना गरेका थिएनन्। अझ भनौं उनलाई त्यहाँ पुल बनाउन सकिन्छ, पुलले आवामगन सहज हुन्छ भन्नेतर्फ ध्यान थिएन। तर, समयको खेल कसले बुझ्छ र ? दंगालले जुन पूर्वाधारको अभावमा सकसपूर्ण बाल्यकाल बिताए अहिले त्यहि पूर्वाधार निर्माण गर्ने जिम्मेवारी लिएर हिँडेका छन्। अर्थात् दंगाल सिभिल इन्जिनियरका रुपमा देशका सुगम÷दुर्गम सबै भूभागमा पुगेर पूर्वाधार निर्माणमा खटिएका हुन्छन्।
साथीको लहलहैमा इन्जिनियरको पढाइ
बागमतीको बाढीसँग पौठाजोरी खेल्दै उनले २०४० मा स्कुल लेभल इक्जामिनेसन (एसएलसी) पुरा गरे। बुबाआमाले पढ्लेख नगरेपछि परिवारको जेठो सन्तानलाई आफ्नो भविष्यको निर्णय लिन सहज हुँदैन। दंगाललाई एसएलसी पछि पनि पढ्नुपर्छ भन्ने थियो तर, के पढ्ने भन्ने ज्ञान थिएन। त्यसो त रामचन्द्रका लागि सूचनाप्रविधिभन्दा परको त्यो समयमा पढ्ने विषय छनोट गर्ने पर्याप्त ज्ञान नहुनु स्वभाविक हो। गाउँका साथिहरुले पुल्चोक इन्जिनियरिङ कलेजमा पढाइ राम्रो हुने भएकाले त्यहि पढ्न जाने सल्लाह गरे। साथीहरु मिलेर फारम भर्न पुल्चोक पुगे। तर, त्यहाँ जाने कसैलाई पनि क्ुन विषय पढ्दा के हुन्छ भन्ने ज्ञान थिएन। उनीहरुको एक मात्रै उदेश्य पढाइलाई निरन्तरता दिनु थियो।
कोही नहुनेका भगवान हुनछन् भने झै पुल्चोक कलेजको बाहिर फारम किन्न हिँड्दै गर्दा सुन्दरीजलकै अर्का एक जना दाइ भेटिए। ति दाइले ‘मैले सिभिल इन्जिनियरिङ पढिराको छु तिमिहरु पनि त्यसकै टिक लगाऊ भन्नु भयो तर, सिभिल इन्जिनयरिङ भनेको के हो त्यो पढ्दा के हुन्छ केही थाहा थिएन’ दंगाल भन्छन्।
अंग्रेजी भाषाले सहज थिएन इन्जिनियरिङ
अहिले पनि नेपालका सरकारी विद्यालयमा अंग्रेजी विषयको पढाइ राम्रो हुँदैन। त्यसमा पनि दंगालको बाल्यकाल बितेको समय सुन्दरीजलका सरकारी विद्यालयमा अंग्रेजी भाषा उत्कृष्ट नहुनु स्वभाविक नै हो। तर, अरुको सुझावका भरमा सिभिल इन्जिनियरिङ पढ्न गएका दंगाललाई भाषाले पनि समस्या गरायो। ‘एसएलसीसम्म नेपाली माध्यममा पढेर इन्जिनियरिङ पढ्न सुरु गरेको त्यहाँका सबै किताब, परीक्षा अंग्रेजीमै हुने रहेछ’ विगत सम्झिदै उनी भन्छन्, ‘कक्षामा नेपाली माध्यमबाटै पढाइ हुन्थ्यो त्यसले गर्दा प्राविधिक विषयको अंग्रेजी पढ्नै नसक्ने पास गर्न नसक्ने अवस्था थिएन तर, सजिलो पनि भएन।’ दंगाल अङ्ग्रेजीमा मध्यम विद्यार्थी भएपनि गणितमा राम्रा विद्यार्थी थिए।
खाना बनाउन अल्छि र आफैंलाई इन्जिनियर बन्न मन लागेको क्षण
साथी र अग्रज दाइको कुरा सुनेर इन्जिनियरिङमा फरम भरेका उनले २ वर्षे इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र तह (पिसिएल) पढ्न नाम निकाले। सवारी साधन नभएकाले सुन्दरीजलबाट पुल्चोक आएर पढ्न सक्ने अवस्था नभएपछि उनले पाल्पा जिल्लाका एक जना साथीसँग मिलेर डेरामा बस्न थाले। २ जना छोरा मान्छे मात्रै पकाउन अल्छि लाग्ने, तरकारी किनेर ल्याउन र होटल÷क्यान्टिनमा किनेर खान पैसा नहुने, इन्जिनियरिङ पढ्न बढी समय दिनुपर्ने हुँदा उनीहरुलाई मुसुरोको दाल र खानाकै भरमा अधिशांक छाक टार्ने गथ्र्ये। ‘हामी अल्छि, इन्जिनियरिङको पढाइ बढी समय दिनुपर्ने, दालभात पकाउन सजिलो खान मिलिहाल्थ्यो, त्यसरी पुल्चोकको डेरामा २ वर्ष बित्यो’ उनले भने।
२ वर्षे पिसिएल गरेपछि उनले २०४३ मा मागि विवाह भयो। त्योसँगै उनले ६ महिना नेपाल विद्युत प्राधिकरणमा अस्थायी जागिर गरे। प्राधिकरणमा जागिर खादा लंगालले भारतको एसोसिएटेड मेम्बर अफ इन्स्ट्च्यिुसन अफ इन्जिनियर्स (एएमआई) ले इन्जिनियरको लाइसेन्सका लागि परीक्षा लिने सुने। लाइसेन्स दिनका लागि पिसिएल गरेको भरमा नसकिने सोचेर उनी बागबजारमा ट्यूसन पढ्न थाले।
तर, त्यहाँ ब्याचलर्स अफ इन्जिनियरिङ (बिई) को कोर्षबाट नमुना प्रश्नहरु सिकाइन्थ्यो। २ वर्षे पिसिएल गर्दा इन्जिनियरको महत्व नबुझेका दंगाललाई ट्यूसन पढ्न जादा भेटिने मानिस र त्यहाँको पढाइ पछि भने आफु पनि इन्जिनियर नै बन्नु पर्छ भन्ने लाग्यो। तर, उनले पिसिएल गरेको भरमा एएमआईको परीक्षा दिएर लाइसेन्स निकाल्न नसक्ने सोचेर पछि हटे। त्यहि बेला २०४५ सालमा पुल्चोक इन्जिनियरिङ कलेजले ब्याचलर अफ इन्जिनियरिङ (बिई) पढाउन इन्ट्रान्सको फारम खुलायो। ९० जनाको कोटा राखेर खुलाएको बिई इन्ट्रान्स पास गरेर दंगाल फेरि इन्जिनियरिङ पढ्न थाले।
साथिको लहलहैमा पिसएिल गरेको दंगालले बिई पढ्ने समयसम्म इन्जिनियरिङको महत्व बुझि सकेका थिए। सामान्य आर्थिक अवस्था भएका उनलाई बिई पढेपछि जसरी पनि जागिर पाइन्छ भन्ने थियो। ‘देशभरी इन्जिनियरिङ पढाउने एउटमा मात्रै सरकारी कलेजमा नाम निस्किएको छ, पढाई सकिएपछि जागिर पाउने निश्चित थियो, हामी आर्थिक अवस्था ठिकै भएकालाई जागिर पाउने निश्चित हुनु ठूलो कुरा थियो’ उनले भनी भन्छन्, ‘त्यो बेला विवाह भएर मेरो पारिवारिक जिम्मेवारी पनि थपिएको थियो, श्रिमतीले पनि पढ्न हौसला दिइन्। फेरि डेरा लिएर पुल्चोकमा एक्लै बसेर पढ्न थालेँ।’
२०४५ देखि २०४९ सम्म उनले बिई गर्दा मासिक २१ रुपैयाँ फि तिुर्न पथ्र्यो। ६ महिनाको एक सेमेस्टर हुन्थ्यो। तर, मेहेनति दंगालले ९० जना विद्यार्थी मध्ये २० जनाले प्राप्त गर्ने छात्रावृत्तिमा नाम निकालेर बिई गर्दा बलेजलाई तिनुपर्ने खर्च आफैंले पुर्याए। पैसा धेरै नभएपनि बिई गर्दा शंखमुलको खेतको बीचमा रहेको आलिआलि हिँड्ने ठाउँमा उनले डेरा लिए। पिसिएल गर्दाको जस्तै फेरि दंगालको छाक टार्ने दैनिकी फेरि दाल र भातमा फर्कियो।
२०४९ मा बिईको पढाइ सकेर उनलले एक जना साथीको माध्यमबाट न्यूरोडमा प्रधान कार्यालय भएको एउटा कम्पनीमा जागिर सुरु गरे। त्यो कम्पनीबाट अहिले भक्तपुरमा रहेको सिटिईभिटीईको भवन दंगालले बनाएका हुन्। केही वर्ष निजी कम्पनीमा काम गरेर नेपालका विभिन्न जिल्लामा काम गरीरहेको समयमा तत्कालिन जलस्रोत मन्त्रालयले अस्थायी इन्जिनियर मागेको थाहा पाए।
त्यहाँ परीक्षा दिएका दंगाल सफल भएर फेरि सरकारी कार्यालयमा अस्थायी जागिर सुरु गरे। केही महिना पछि दंगालले अस्थायी जागिर खाइरहको सहित अन्य १० पदमा स्थायी नियुक्तका लागि लोकसेवा आयोगले विज्ञापन खुलायो। अस्थायी जागिर खाएर अनुभवि भएका दंगाल पहिलो प्रयासमै १० जनामध्ये ४ नम्बरमा नाम निकालेर २०५३ बाट स्थायी जागिर सुरु गरे। उनले सिँचाइ इन्जिनियरका रुपमा फिल्डमा काम गर्नेदेखि तालिम दिन पनि दिए।
फरक क्षेत्रबाट खुल्लामा नाम निकाल्ने इन्जिनियर
सिँचाइ इन्जिनियरका रुपमा १३ वर्ष काम गरेका दंगालले २०६६ वैशाखमा तत्कालिन स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलीडार) मा उपसचिव सरह सिनियर डिभिजनल इन्जिनियर (सिडिई) मा नाम निकाले। सिँचाइको काम छोडेर दंगालको यात्रा सडक, मोटोरेवल पुल र झोलुङ्गे पुल बनाउनेतर्फ मोडियो। सिडिई भएर पहिलो पटक बागलुङ पुगेर ३३ महिना काम गरे। डोलीडारले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउने सडक, मोटोरेवल पुल, झोलुङ्गे पुल, मन्दिर, गुम्बा, भ्यूटावरलगायत स्थानीयको मागका आधारमा सबै संरचना निर्माण गरे। उनले सिडिई हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गर्न पाए।
त्यसपछि बिल्डिङ एण्ड आर्किटेक्टतर्फबाट सहसचिव पदमा सहरी विकास मन्त्रालयका लागि विज्ञापन खुल्यो। दंगालले २०७२ को फागुनमा त्यहाँ नाम निकाले। सिँचाई, डोलिडार छोडेर अब उनको यात्रा भवन निर्माणतर्फ अघि बढ्यो। अझ भनौं जहाँ–जहाँ लोकसेवाले इन्जिनियरिङका लागि विज्ञापन खुलाउँछ दंगाल त्यहाँ परीक्षा दिन पुग्थ्ये। असफल नभएका होइनन् तर, उनले असफलतासँग हार मानेनन्। ‘परीक्षा धेरै दिएँ, असफल भएका कुरा के सुनाउनु ? तर, म आफैंलाई पनि खुसी लाग्ने विषय एउटा मन्त्रालयमा काम गरेर अर्कोमा नाम निकाल्दै आउनु हो’ उनी हाँस्छन्।
सहसचिव बनेपछि अस्थिर सरुवा
सिडिई हुँदासम्म एउटै कार्यालयमा बसेर ३÷४ वर्षसम्म काम गरेका दंगाल सहसचिव भएपछि २०७२ फागुनबाट भने अस्थिर छन्। दंगाल सहसचिव भएपछि आफ्नो सरुवा देरेर आफैं छक्क पर्छन्। तर, के कारणले त्यति धेरै सरुवा भइरहन्छ उनले बुझ्न सकेका छैनन्। त्यसो त नेपालको निजामती सेवामा माथिल्लो तहमा पुगेपछि कर्मचारी बढि सरुवा हुने र नेता÷मन्त्रीको निशानामा पर्नु स्वभाविक पनि मानिन्छ।
‘सहरी मन्त्रालयमा मात्रै होइन फस्ट क्लास अफिसरहरुको सरुवा जहाँ मन लाग्यो जहिले पनि भइरहेको हुन्छ, यस्तो गर्दा काममा असर गर्छ भन्ने सबैलाई थाहा भएरपनि व्यवहरमा सुधार गरिएको छैन’ सहसचिव दंगालले भने।
सहरी विकास मन्त्रालय सबै महाशाखा प्रमुख र सहरी विकास तथा विभाग भवन निर्माण विभागमा (आवास, भवन र सहरी विकास महाशाखा प्रमुख) ३ पटक उपमहानिर्देशक र एक पटक महानिर्देशक बने। २०७९ को जेठ १७ देखि साउन २६ सम्म उनी भवन विभागको महानिर्देशक भए। छोटो समय (साढे २ महिना) महानिर्देशक भएका दंगाललाई महानिर्देशक बनाउन र त्यहाँबाट हटाउन उनीभन्दा अरु नै बढी सक्रिय थिए। हाल उनी सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा २०८० पुसबाट कार्यरत छन्।
आवाश महाशाखामा हुँदा ‘जनता आवास अन्तरगत करिब ११ हजार घर नाउन संलग्न रहेका दंगाल माओवादी द्धन्द्धबाट प्रभावित भएका भौतिक संरचनाहरु निर्माण पनि उनले काम गरे। त्यस्तै नुवाकोटमा निर्माण भएको ७ हजार कैदी अट्ने कारागार राख्ने भवन बनाउन पनि उनले काम गरेका छन्। भवन महाशाखाबाट उपमहानिर्देशक हुँदा सिंहदरबार भित्र निर्माणाधीन संसद भवन, भैसेपाटीमा निर्माणाधीन मन्त्री क्वाटर, प्रधानमन्त्री कार्यालय, प्रदेश प्रमुखहरुको कार्यालयको जग हाल्ने काम दंगालकै कार्याकालमा भएको हो। त्यस्तै गोदावारीमा निर्माण भएको ३ हजार जना अट्ने सभाहल निर्माण सुरु पनि उनी भवन महाशाखा प्रमुख हुँदा नै भएको थियो।
प्रदेश सचिव हुँदाको अनुभव
दंगालले लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवका रुपमा १ वर्ष काम गरेका छन्। प्रदेशको आफ्नै कानुन नहुँदा संघको कननुन लगाएर काम गर्नुपर्ने बाध्यता हुन्छ। तर, सबै ठाउँमा प्रदेश सरकारले संघको कानुन प्रयोग गर्न नमिल्ने हुँदा कर्मचारीलाई समस्या हुने उनको अनुभव छ। साथै प्रदेशका मन्त्रालयहरुमा सहसचिव तहको एउटा मात्रे कर्मचारी हुने र बाँकी सबै कार्यान्वयन तह (उपसचिवसम्म) का कर्मचारी हुँदा कामको बोझ बढी हुने उनी सुनाउँछन्।
‘उपसचिवहरु हुन्छन् तिनीहरुलाई कानुनले धेरै अधिकार दिएको हुँदैन अनि सबै काम प्रदेश सचिवमा आएर थुप्रिन्छ’ दंगाल भन्छन्, ‘अर्को समस्या संघका २÷३ वटा मन्त्रालयले गर्ने काम प्रदेशको एउटा मन्त्रालयले गर्नुपर्छ। त्यहाँ प्रशासन, प्राविधिक सबै काम एउटै कर्मचारीले हेर्नुपर्छ।’ त्यसबाहेक २०७७ मा वित्त आयोगमा पनि उनले काम गरेका छन्।
२८ वर्षको सरकारी सेवामा पाएको पुरस्कार
दंगालको निजामती सेवाको यात्रा २८ वर्षे जवान भएको छ। सरकारी सेवाको यात्रा जवान हुँदै जादा उनको उमेर दिनानुदिन ढल्किदै छ। नजिकिएको अवकासको दिन गन्ति गर्दै बितिरहेको जीवनमा दंगालले आफुलाई सरकारले उत्कृष्ट कर्मचारीको पगरी गुथाएर विदाई गर्ने कल्पना गरेका थिएनन्। पिपिएमओमा एक सचिव र दुई जना सहसचिव हुने व्यवस्था छ।
दंगाल प्राविधिकतर्फको सहसचिव र प्रशासनतर्फ सहसचिव विष्णुप्रसाद शर्मा कार्यारत छन्। सहसचिव तहको कर्मचारीले नीति, नियम बनाउनेदेखि अन्य कर्मचारीलाई सहज वातावरण बनाएर कार्यालय चलाउनु पर्ने दायित्व हुन्छ। सोही दायित्व लिएर २०८१ साउनको अन्तिम तिर सहसचिव दोय दंगाल र शर्मा पिपिएमओका तत्कालिन सचिव भरत सुवेदीको कार्य कक्षमा छलफलका लागि गए।
उनीहरुको छलफल भने ‘पिपिएमओबाट २०८१ को निजामती सेवा पुरस्कारका लागि कर्मचारी छनोट गरेर पटाउने’ विषयमा हुँदै थियो। त्यत्तिकैमा सचिव सुवेदीले सहसचिवहरुलाई नै प्रश्न गरे ‘तपाईंहरुले पुरस्कार पाउनु भएको छ कि छैन ?’ सहसचिव शर्माले पहिला नै आफुले उत्कृष्ट कर्मचारीको पुरस्कार पाइसकेको बताए भने दंगालले अहिलेसम्म कुनैपनि पुरस्कार नपाएको बताए।
त्यसपछि सचिव सुवेदीले पिपिएमओबाट उत्कृष्ट कर्मचारीका लागि दंगालकै नाम सिफारिस गर्ने प्रस्ताव गरे। ‘सचिव ज्यूले तपाईंको काम गराई राम्रो छ अहिलेसम्म पुरस्कार पाउनु भएको रहेनछ अवकास हुने समय आइसक्यो, तपाईंलाई नै सिफारिस गर्छौं भन्नु भयो’ दंगाल भन्छन्। सचिव सुवेदीको कुराले केही सयम उनलाई आश्चर्य लाग्यो। सचिव सुवेदीसँग उनले करिब ७ महिना काम गरेका थिए।
सायद सहसचिव दंगालले पेस गर्ने फाइनल, कुरा गर्ने तरिका, खरिदको तालिम सञ्चालन, दंगालप्रति कर्मचारीको भनाई सबै ख्याल गरेका थिए होलान्। ‘सिफारिस गरेपछि सचिव ज्यूले पुरस्कार पाउने निश्चित भएको होइन नपाउन पनि सकिन्छ त्यो बेला मन दुखाउने काम नगर्नु होला भन्नु भएको थियो’ दंगााले सम्झिए।
संयोगवस् दंगाललाई उत्कृष्ट कर्मचारीका लागि सिफारिस गर्ने सचिव भरत सुवेदी अन्तिम निर्णय गर्ने समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भए। ‘भरत सरले भनेकै भरमा त मैले पुरस्कार पाएको होइन होला तर, आफैंले सिफारिस गरेको मान्छेको विषयमा निर्णय गर्ने बेला सकरात्मक नै हुनु भयो कि भन्ने लाग्छ। किनकि पुरस्कार पाउन सम्भावित नलागेको भए सुरुमै सिफारिस गर्नहुन्न थियो होला’ उनी भन्छन्,‘अयोग्य नै कर्मचारी हो एउटा सचिवले भनेकै भरमा मुख्यसचिव नेतृत्वको छनोट समितिले निर्णय गराएर मन्त्रिपरिषद् लादैन थियो।’
पूर्व सहकर्मीले फोन गरेर बधाई दिएपछि..
सहसचिव दंगाललाई इन्जिनियर हुँदा उदयपुरमा काम गर्दाका एक सहकर्मीले भदौ २२ को बिहानै फोन गरे। केही महत्वपूर्ण काम नपरी फोन नगर्ने मान्छेले एक्कासी बिहानै फोन गर्दा केही सूचना पक्कै छ भन्ने दंगालालई लाग्यो। तर, उत्कृष्ट कर्मचारीकै विषयमा उसले केही भन्छ भन्ने सोच्न भ्याएका थिएनन्। फोन उठाउँदा ‘गोरखापत्र हेरेको उत्कृष्ट कर्मचारी भित्र तपाईंको नाम रहेछ सर बधाई छ..’ भनेको सुने। बिहानको समय नजिकै श्रिमती र आमा भएकाले उनको खुसी साट्ने÷सुन्ने पहिलो व्यक्ति नै परिवार भयो।
आफुले जन्माएको सन्तानलाई राष्ट्रले मूल्यांकन गरेको देख्दा कुन आमाको मन खुसी नहोला र ? ७६ वर्षिय चित्रकुमारीले त्यो खुसीको अनुभुति गर्न गरिन्। आफुले लेखपढ गर्न नपाएपनि छोरालाई पढाएर राष्ट्रको असल सेवा गर्ने अवस्थामा पुर्याउनुमा उनको पनि महत्वपूर्ण योगदान थियो। बरु आफ्नो त्यो मूल्य भने उनले बुझिन् कि बुझिनन् उनैलाई थाहा होला। तर, असल सन्तान जन्माएर देशको सेवााा लगाएकोमा भने पक्कै सुखीको लामो सुस्केरा हाल्ने अवस्था आफ्नै आँखाले देख्न पाउने आमा पनि भाग्यमानी हुन्।
हुन सरकारको सेवा सुविधा लिँदासम्म एउटा कर्मचारीले आफ्नो जिम्मेवारीलाई प्रहिलो प्राथमिकतामा राख्नुपर्छ। तर, पहिला सिमित व्यक्तिले नियालि रहेको र देशका लागि काम गरेको सोच्ने दंगाललाई ‘उत्कृष्ट कर्मचारी २०८१’ भित्र आफ्नो नाम परेपछि आफै्नै मनले थप जिम्मेवारी दिएको महसुस गराएको छ। अब आफुले गर्ने हरेक काममा सबैले नजर पुर्याउने भएकाले सतर्क हुनुपर्ने उनलाई लाग्न थालेको छ। ‘पहिला पनि जानेर नराम्रो काम त गरेको थिएन तर, अब एउटा काम गर्दा धेरैपटक सोच्न थालेको छु। यो आफैंमा आउने परिवर्तन रहेछ’ दंगालले सुनाए।
किन पाउँदैन सरकारले सर्वोत्कृष्ट कर्मचारी ?
सरकारले विगत १० वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी नभेटेको भन्दै पुरस्कार दिएको छैन। तर, सहसचिव दंगाल निजामती सेवामा सर्वोत्कृष्ट कर्मचारी नभएको भन्ने विश्वास गदैनन्। सरकारले कर्मचारी मूल्यांकनको परिमाणात्मक सूचकका आधारमा आवधिक मूल्यांकनको व्यवस्था गर्ने र लक्ष्य अनुरुप कार्य प्रगति नगर्ने कर्मचारीलाई तोकिएको अवधि नपुग्दै उन्मुक्ति दिने हिसाबले सरुवा नगर्ने हो भने सर्वोत्कृष्ट कर्मचारी भेटिने उनको बुझाइ छ।
साथै सहसचिव दंगाल नेपालको निजामती सेवामा कार्यरत कर्मचारीलाई तीन वर्गमा छुट्टयाएर हेर्न सकिने बताउँछन्। एकथरी कर्मचारी नियमित कार्यालय आउने, हाजिर गर्ने, सामान्य दैनिक काम गर्ने तर कुनै नयाँ विकल्प वा समस्याको समाधानको लागि निर्णय गर्न डराउने वा हिम्मत नगर्ने प्रकारका छन्। तिनीहरुको मासिक तबलभत्ता बुझ्ने बाहेक अन्य अपेक्षा रहेको पाइदैन्।
त्यस्तै दोश्रो थरीमा पर्ने कर्मचारी भने राज्यको शक्ति केन्द्र धाउने, देश विदेशको भ्रमण एवं तालिमको लाभ लिइ वैदेशिक दातृ संस्थासङ्ग राम्रो प्रस्तुति गर्न सक्ने, फिल्डमा काम गरेको अनुभव नभए पनि प्रतिवेदनमा राम्रो प्रस्तुती गर्न सक्ने हुन्छन्। त्यसले उनीहरुको व्यक्तिगत क्षमता धेरै देखिने तर राज्यले फाइदा थोरै मात्र पाएको महशुस हुने उनको बुझाइ छ। अन्तिम एक थरी कर्मचारीले भने पूर्ण जिम्मेवारीका साथ देशको कामलाई परिवारको वा व्यक्तिगत जस्तो मानेर काम गर्ने सोच राख्नुका साथै आफ्नो फाइदाको लागि शक्ति केन्द्र धाउने वा कुनै किसिमको मोलाहिजा गर्ने गर्दैनन्।
सेवाको नाटक वा भ्रममा नपारी देश र जनताको साँचो सेवकको रुपमा विना लोभ लालच राज्यको विकास र उन्नतिमा अनवरत लागि रहने त्यस्ता कर्मचारीलाई राज्य संयन्त्रको आँखाले देखेको नदेखेकोका दंगालको गुनासो छ। त्यस्ता कर्मचारीले आफ्नो जिम्मेवारी गम्भिरतापूर्वक निर्वाह गरेको कारण नै राज्य र जनताले विकास र सेवाको केहि लाभ लिई रहेको उनले बताए। तर, दंगाल आफु कस्तो कर्मचारी भित्र पर्ने भन्ने कुराको मूल्याङ्कन आफुले नभइ राज्य र जनताले मात्र गर्न मिल्ने बताउँछन्।
‘मैले २८ वर्षको निजामती सेवाको यात्रामा भेटिएका र संगत गरेको आधारमा तीन प्रकारका कर्मचारी पाएको हो, म कस्तो भनेर आफुले आफैंलाई कसरी भन्नु ?’ उनी हाँस्छन्। राज्यले कर्मचारीलाई पुरस्कृत गर्दा हाल गरिने औपचारिक सिफारिसको आधारमा भन्दा अनौपचारीक मूल्याकंन र विश्लेशणबाट खोज्न सके सर्वोत्कृष्ट कर्मचारी नेपालको निजामती प्रशासनमा पाइने सहसचिव दंगालको बुझाइ छ।