काठमाडौं। दसैं सुरु भैसकेको छ। वर्षदिनमा एक पटक आउने दसैंलाई नेपालीहरुले महानचाडको रुपमा मनाउदै आएका छन्। र, सरकारले पनि दसैंलाई विषेश प्राथमिकतामा राखेर पाँच दिनसम्म सरकारी विदानै दिएको हुन्छ।
वर्षभरीनै जतिनै व्यस्त भएपनि दसैंको बेला भने हरेक मानिसहरुले फुर्सद मिलाएर चाड मनाउने गरेका छन्। त्यस्तै व्यस्त भित्र पर्ने उद्योगी व्यवसायीहरु हुन्। ब्यापार र बिजनेशको हरेक गतिविधिमा संलग्न हुँदा एक छिनपनि फुर्सदमा नहुने व्यवसायीहरुले दसैं भने कसरी मनाउनछन् वा छुट्टीको समय कसरी मिलाउछन् त भन्ने चासो धेरैको हुन सक्छ।
देश तथा विदेशमा यात्रा गरिरहने व्यवसायीहरु दसैंको बेला भने प्राय आफ्नो घरपरिवारसँगै बिताउने गरेका छन्। क्यापिटल नेपालले केहि प्रतिनिधिमुलक व्यवसायीहरुसँग दसैं योजनाको बारेमा सोधखोज गरेर संक्षिप्त गरेको कुराकानीः
टिका लाउन गृहजिल्ला जान्छु
चन्द्रप्रसाद ढकाल
अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
दसैंको टिका लगाउन गृहजिल्ला बाग्लुङमा जान्छु। त्यस अघि नेपालका संक्तिपिठहरुमा दर्शन गर्न जाने सोच बनाएको छु। आन्तरिक पर्यटनलाई प्रवद्र्धन पनि हुने र भगवानको दर्शन पनि हुने भएकोले यो पटक नेपालका अधिकाशं शक्तिपिठमा पुग्ने सोच बनाएको छ। गृहजिल्ला बाग्लुङमा टिका थापेर काठमाडौं फर्किने र आफन्तहरुको आर्शिवाद लिने सोच बनाएको छु।
नवदुर्गा भवानीको पुजाँ गर्ने, परिवारसँग समय विताउने र साथीहरुसँग बसेर रमाइलो गर्ने योजना छ। पछिल्लो समय बाल्यकालको जस्तो दसैंको उत्साह नहुने भएपनि सकेसम्म बाल्यकालका साथीहरुलाई समेत भेट्ने सोचमा छु। महासंघको अध्यक्षको समेत जिम्मेवारी भएकोले पहिलाको तुलनामा समय पनि अपुग हुने भएकोले धेरै साथीहरुसँग भेटन नपाइरहेको अवस्थामा दसैंको मौकामा भेट्न सकिन्छ कि भन्ने आशा मैले लिएको छु।
नाति/नातिनीसँग समय विताउँछु
रविभक्त श्रेष्ठ
पूर्व अध्यक्ष,नेपाल उद्योग वाणिज्य महासंघ
दसैंको बेला परिवारसँगै समय बित्छ। नाती,नातिनिहरुलाई पूर्ण रुपमा समय दिने, दसैंको महत्वको बारेमा जानकारी गराउने काम हुन्छ। वर्षभरी समय दिन नपाएको हुँदा परिवारसँगै बसेर खाने, रमाईलो गर्ने र नवदुर्गा भवानीको पुजाँ गरेरै समय विताइन्छ। परिवारसहितनै विभिन्न धार्मिक स्थलहरुमा जाने, बालबालिकाहरुलाई पिङ खेलाउन लैजाने नै खास हुन्छ।
दसैंले परिवारमा मिलन समेत गराउछ। अर्थात सधैं कामको काममा खटिदा धेरै समय सामूहिक रुपमा परिवारसँग कुराकानी गर्न नपाइरहेको अवस्थामा दसैंको विदाले त्यो अवसर समेत जुराइदिन्छ।
परिवारसँग रमाइलो गर्छु
सुरज बैंद्य
पूर्व अध्यक्ष,नेपाल उद्योग वाणिज्य महासंघ
अन्य समय विदेश भ्रमण होस् या काठमाडौं बाहिरका जिल्लाहरु निस्किरहेपनि दसैंको बेला भने पूर्ण रुपमा परिवारलाई नै समय दिइन्छ। घरमा आमा हुनुुहुन्छ। र दसैैंको बेला धेरै समय आमासँगै बिताउने गरेको छु। साथै परिवारसँग बस्ने, सामूहिक रुपमा भोजन गर्ने, रमाइलो गरेरै समय वित्छ। अन्य बेला विदेशमा गैरहने भएपनि दसैं र तिहारको बेला काठमाडौंमै बस्न रमाइलो लाग्छ। साथी भाईहरुसँग भेटघाटन गर्ने, विगतका दिनलाई सम्झना गर्ने र रमाईलो गरेर समय विताइन्छ। घरमा पुजाँपाठ गर्ने र छोरा छोरीसँग बसेर खाने र टिका लगाउने गरिन्छ।
घटस्थापनादेखिनै ब्रत बस्छु
भवानी राणा
पूर्व अध्यक्ष,नेपाल उद्योग वाणिज्य महासंघ
दसैं मेरो लागि विषेश हुन्छ। घटस्थापनादेखिनै दैनिक रुपमा ब्रत बस्ने, पुजाँ पाठ गर्ने गरेको छु। पुरोहितद्धारा घरमा पुजाँ हुन्छ। चण्डिपाठ हुन्छ। र, चण्डिपाठ म आफै पनि गर्छु।
चोखो निदो भएर बस्ने, नौरथा पुजाँ गर्ने प्रचलन पहिलादेखिनै कायम छ। धार्मिक रुपमा विषेश रहने भएकोले दसैंमा परिवारसँग बस्ने, भेटघाट गर्नेसँगै पुजाँपाठलाई प्राथमिकतामा राख्ने गरिन्छ। दसैं मनाउन गृहजिल्ला नेपालगन्ज अस्टमीको दिन जान्छु। नवमीको दिन बागेश्वरी मन्दिरमा ठूलो पुजाँ हुन्छ। र,टिका थापेर काठमाडौं फर्किन्छु।
पुजाँपाठमै समय वित्छ
सिर्जना राणा
पूर्व अध्यक्ष, होटल एसोसिएन अफ नेपाल(हान)
दसैंभरी पुजाँपाठमै समय विताउछु। जंगबहादुर थापाले थापाथलीमा बनाएको पान्चांक मन्दिरमा राणाहरुको सामूहिक रुपमा पुजाँपाठ हुन्छ। राणाहरुको कुलघर नै पनि त्यहि छ। मैले राणा र कुँवर दुबै परिवारबाट पुजाँ पाठ गर्ने गरेको छु। समय पहिलाको भन्दा अहिले केहि फेरिएको छ। पहिलाका साथीहरु धेरै कहाँ कहाँ पुगिसकेका छन्। सकेसम्म ती साथीहरुसँग भेट्ने, सामूहिक रुपमा परिवारसँग बसेर भोजन गर्ने गरिन्छ। काम गर्नेहरुलाई पनि नयाँ नयाँ लुगाहरु किनेर दिने र रमाईलो गर्न लगाइन्छ।
नौरथाभर पुजाँआजा गरेर दसैंको दिन टिका लगाएर काठमाडौं बाहिर घुम्न निस्कने योजना बनाएको छु। दसैंको दिन हामी बाहिर गएपछि घरमा काम गर्नेहरु पनि सहज रुपमा रमाईलो गर्न सकुन भन्ने उद्धेश्य मेरो हो। उनिहरुलाई पनि आफ्न्तकोमा पठाउने र केहि दिन भएपनि फुर्सद मिलोस भनेरपनि घुम्न निस्कने गरेका छौं। घुमघाम भने नेपाल भित्रै हुन्छ।
विदेशमा घुमेर समय वित्छ
शशिकान्त अग्रवाल
संचालक, काठमाडौं म्यारियट
दसैं खासै नमान्ने भएकोले विदाको मौका पारेर विदेशमा घुम्न निस्कने गरेको छु। घरमा पुजाँपाठ हुने भएपनि त्यति महत्व नमान्ने भएकोले अहिले म घुम्नका लागि विदेशमा निस्किएको छु। दसैंको करिब १५ दिन घुमघाममा विताउने योजना स्वरुप कम्बोडिया पुगेको छु। भियतनाम, थाइल्याण्ड लगाएतका केहि मुलुकमा घुम्ने योजना बुनेको छु। घुमघाममा नयाँ÷नयाँ ठाउँ हेर्ने मात्र हैन, त्यहाँको अनुभवलाई नेपालमा पनि लागू गर्न सकिन्छ भन्ने सोच समेत राख्दै आएको छु। दसैंको बेला प्राय म विदेशमै घुम्न निस्किएको हुन्छु। तिहार भने काठमाडौंमै मनाउछु।
गाउँभरीको कन्यालाई भोजन गराउछौं
राजेशकुमार अग्रवाल
सभापति, उद्योग समिति, नेपाल उद्योग वाणिज्य महासंघ
दसैंलाई विषेश महत्वका साथ मानिदै आएको छ। गृहजिल्ला भैरहवामै दसैं मान्दै आएका छौं। घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म विषेश पुजाँ गरिदै आएको छ। घटस्थापनादेखिनै दैनिक रामायणको पुजाँ गर्ने गरिन्छ।
हाम्रोमा विषेश भनेको अस्टमीको दिन कम्पनीमा ४०० जति कन्यालाई उद्योगमा सामूहिक भोजन गरिन्छ। त्यो दिन गाउँभरिका सबै कन्याहरुलाई भोजनका लागि निम्तो दिने गरिन्छ। त्यस्तै नवमीको दिन घरमा नौं(९) कन्यालाई भोजन गराइन्छ। हजुरबुबाले भोजन गरेको देखेपछि बुबाले गराउनु भएको र बुबाले गराउनु भएकोदेखेपछि हामीले पनि त्यहि कामलाई निरन्तरता दिँदै आएका हौं। सामूहिक भोजन गराउदा सामूहिकताको आभाष सधै आइरन्छ। र दसैंको बेलामा उद्योगका सबै कर्मचारीहरुसँग बसेर भोजन गर्ने, शुभकामना आदानप्रदान गर्ने समेत गरिन्छ।
टिका नलगाउने भएकोले साथीभाइसँगै समय विताइन्छ
निमानुरु शेर्पा
अध्यक्ष, अल्टिच्यूड हेलिकोप्टर
दसैंमा टिका लगाउने प्रचलन हाम्रोमा छैन। त्यसैले दसैंको विदा अवधरीभर साथीभाइहरुसँग बस्ने, परिवारसँग बस्ने र मिठो मिठो परिकार बनाएर खाएरै समय विताइन्छ। अर्को तर्फ त दसैंको बेला स्वदेशी एवंम विदेशी पर्यटकहरु घुम्न आउने भएकोले उनिहरुकै सेवामा बढी समय वित्छ। त्यो बेला आवश्यक हेलिकोप्टरहरुको व्यवस्थापन गर्ने काममा समेत बढी समय लागेको हुन्छ।