काठमाडौं। सेयर बजारमा २७ अंकको गिरावट आएको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ३७.१३ अंकले र आइतबार ५६.०९ अंकले बढेको थियो। मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ।
आज नेप्सेमा कुल ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएका मध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको घटेको छ। त्यस्तै, दुई कम्पनीको सेयर मुल्य भने स्थिर छ।
मंगलबार मिडसोलु हाइड्रोपावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लाग्दा बुटवल पावर कम्पनीको ६.८३ प्रतिशत, मान्डु हाइड्रोपावरको ६.१५ प्रतिशत, प्रभु स्मार्ट फण्डको ५.९६ प्रतिशत र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ५.४४ प्रतिशतले बढेको छ।
मंगलबार इस्टर्न हाइड्रो पावर कम्पनीको सेयर मूल्य ८.५० प्रतिशतले घट्दा वुद्धभूमी नेपाल हाइड्रोपावरको ७.२४ प्रतिशत, नेपाल फाइनान्सको ६.९ प्रतिशत, बोटलर्स नेपाल (तराई) ५.८८ प्रतिशत र कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ५.५० प्रतिशतले घटेको छ।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य ०.३६ प्रतिशतले घटेको छ। विकास बैंक समूहको १.१७ प्रतिशत, फाइनान्स समूहको २.७६ प्रतिशत, होटल तथा पर्यटन समूह १.९३ प्रतिशत, हाइड्रोपावर समूहको १ प्रतिशत, लगानी सममूहको १.४५ प्रतिशत, जीवन बिमा समूहको १.०७ प्रतिशत, उत्पादन समूहको १.७५ प्रतिशत, लघुवित्त समूहको ०.९१ प्रतिशत, निर्जीवन बिमा समूहको १.४५ प्रतिशत, व्यापार समूहको १.२३ प्रतिशत र अन्य समूहको सेयर मूल्य १.०९ प्रतिशतले घटेको छ।