काठमाडौं। कारोबार अवधिभर चार पटक २७०० बिन्दुमाथि पुगेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६९०.७२ बिन्दुमा बन्द भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से ३७.१३ अंक अर्थात् १.३९ प्रतिशतले बढेर २६९०.७२ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन आइतबार ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा रोकिएको नेप्से सोमबार सुरुवातीदेखि नै उकालो लागेको थियो। ११ बजेर २९ मिनेटमा २७०१ बिन्दुमा पुगेको नेप्से ११ बजेर ५२ मिनेटमा २७०२,१ बजेर ५५ मिनेटमा २७०६.९४ र २ बजेर २२ मिनेटमा २७०४ बिन्दुमा चढेको थियो। त्यसपछि भने सूचक केही मात्रामा घटेर २६९०.७२ बिन्दुमा बन्द भएको हो।
सोमबार नेप्सेमा कुल ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६६ कम्पनीको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
सोमबार थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशत र डोल्टी पावर कम्पनीको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ। यस्तै, इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ।
सोमबार फाइनान्स समूहको सेयर मूल्य ०.७१ प्रतिशत र उत्पादन समूहको सेयर मूल्य १.२९ प्रतिशतले घट्नुबाहेक अन्य सबै समूहको बढेको छ।
आज बैंकिङ समूहको सेयर मूल्य १.९० प्रतिशत, विकास बैंक समूहको १.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.५० प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य १.०५ प्रतिशतले बढेको छ।
लगानी समूहको सेयर मूल्य १.४६ प्रतिशत, जीवन बिमा समूहको १.११ प्रतिशत, लघुवित्त समूहको १.५१ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.८८ प्रतिशतले बढेको छ।