काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सन सम्पन्न भएको छ। १६२ खेलाडी सहभागी अक्सन आइतबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको हो। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एनपिएलका लागि आइतबार अक्सन सम्पन्न भएको हो।
प्रतियोगिताका लागि असोज ५ देखि १२ गतेसम्म दर्ता खुल्ला गरिएकोमा ४२६ खेलाडीबाट १६२ जनालाई छनोट गरिएको छ। अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी राखिएको थियो। सहभागी ८ टोलीले अक्सनबाट १० खेलाडी छनोट गर्न पाउने व्यवस्था थियो जसअनुसार ८० नेपाली खेलाडी चुनिएका छन्।
खेलाडी खरिदमा सबैभन्दा धेरै लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ हजार खर्च गरेका छन्।सुदूरपश्चिमले ७४ लाख, काठमाडौँ गुर्खाजले ७० लाख, चितवन राइनोजले ६३ लाख, विराटनगर किंग्सले साढे ६६ लाख, जनकपुर बोल्टस्ले ६९ लाख २५ हजार, लुम्बिनी लायन्सले साडे ८४ लाख ७५ हजार, पोखरा एभेन्जर्सले साढे ८० लाख र कर्णाली याक्सले ७४ लाख खर्च गरेका छन्।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ फ्रेन्चाइज टोलीको सहभागिता जनाउने छन्।
कुन खेलाडी कतिमा कहाँ पुगे?
चितवन राइनोज
कुशल मल्ल (मार्की)
रिजन ढकाल (१० लाख)
दिपेश श्रेष्ठ (५ लाख)
सन्तोष कार्की (५ लाख)
रन्जितकुमार (३ लाख)
विपिन रावल (२ लाख)
गौतम केसी (२ लाख)
दिपक बोहरा (५ लाख)
अमरसिंह रटेला (५ लाख)
शरद भेषावकर (१० लाख)
कलमसिंह ऐरी (१० लाख)
लुम्बिनी लायन्स
रोहितकुमार पौडेल (मार्की)
आसुतोष घिरैया (१० लाख)
सूर्य तामाङ (१५ लाख)
दिनेश अधिकारी (२ लाख ७५ हजार)
विवेक यादव (१५ लाख)
दुर्गेश गुप्ता (८ लाख)
तिलकराज भण्डारी (१० लाख)
सन्दीप जोरा (१५ लाख)
अर्जुन साउद (५ लाख)
अभिषेश गौतम (२ लाख)
विकास अग्री (२ लाख)
जनकपुर बोल्ट्स
आसिफ शेख (मार्की)
शुभ कंशाकर (५ लाख)
अनिलकुमार साह (१५ लाख)
अरनिकोप्रसाद यादव (२ लाख २५ हजार)
ललित राजवंशी (१५ लाख)
रुपेश सिंह (१० लाख)
किशोर महतो (१० लाख)
आकाश त्रिपाठी (१० लाख)
शेर मल्ल (५ लाख)
हेमन्त धामी (५ लाख)
तुलबहादुर थापामगर (२ लाख)
बिराटनगर किंग्स
सन्दीप लामिछाने (मार्की)
लोकेश बम (१५ लाख)
प्रतिश जिसी (१५ लाख)
बशीर अहमद (१० लाख)
सुवास भण्डारी (२ लाख ५० हजार)
नरेन भट्ट (२ लाख)
राजेश पुलामी (५ लाख)
जिनेत्द्र मुखिया (५ लाख)
अनिल खरेल (५ लाख)
दिपक बोहरा (५ लाख)
मृगाल गुरुङ (२ लाख)
काठमाडौं गुर्खाज
करण केसी (मार्की)
दीपेश कँडेल (५ लाख)
शंकर राना ९ लाख ५० हजार)
भीम सार्की (१५ लाख)
सुमित महर्जन (५ लाख)
शाहब अलाम (१५ लाख)
कृष्ण कार्की (५ लाख)
प्रतिक श्रेष्ठ (२ लाख)
राजु रिजाल (२ लाख)
रसिद खान (१० लाख)
बिबेक केसी (२ लाख)
कर्णाली याक्स
सोमपाल कामी (मार्की)
गुलशन झा (१५ लाख)
नन्दन यादव (११ लाख)
श्याम (मौसम) ढकाल (१० लाख)
अर्जुन घती (१० लाख)
देव खनाल (१० लाख)
ऋत गौतम (५ लाख)
भुवन कार्की (५ लाख)
दीपक डुम्रे (३ लाख)
दिपेन्द्र रावत (३ लाख)
युनिशबिक्रम सिंह ठकुरी (२ लाख)
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (मार्की)
सागर ढकाल (१५ लाख)
दिनेश खरेल (२ लाख)
नारायण जोशी (१० लाख)
आकाश चन्द (११ लाख ५० हजार)
किरणकुमार ठगुन्ना (१० लाख)
बिपिन खत्री (१० लाख)
दिलिप नाथ (१० लाख)
त्रितराज दास (५ लाख)
सुनाम गौतम (५ लाख)
अमृत गुरुङ (२ लाख)
सुदूरपश्चिम रोयल्स
दिपेन्द्रसिंअ ऐरी (मार्की)
अभिनाश बोहरा (१२ लाख)
आरिफ शेख (१५ लाख)
अमित श्रेष्ठ (२ लाख ५० हजार)
भोजराज भट्ट (४ लाख ५० हजार)
विनोद भण्डारी (१० लाख)
इसान पाण्डे (९ लाख ५० हजार)
अर्जुन कुमाल (७ लाख ५० हजार)
खडक बहादुर बोहरा (५ लाख)
नरेश बुढाऐर (५ लाख)
नरेन साउद (२ लाख)