काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सन जारी छ। १६२ खेलाडी सहभागी अक्सन आइतबार काठमाडौंको सोल्टी होटलमा भइरहेको हो। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एनपिएलका लागि आइतबार अक्सन भइरहेको हो।
प्रतियोगिताका लागि असोज ५ देखि १२ गतेसम्म दर्ता खुल्ला गरिएकोमा ४२६ खेलाडीबाट १६२ जनालाई छनोट गरिएको छ। अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी राखिएको थियो। सहभागी ८ टोलीले अक्सनबाट १० खेलाडी छनोट गर्न पाउने व्यवस्था छ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ फ्रेन्चाइज टोलीको सहभागिता जनाउने छन्।
कुन खेलाडी कतिमा कहाँ पुगे?
चितवन राइनोज
रिजन ढकाल (१० लाख)
दिपेश श्रेष्ठ (५ लाख)
सन्तोष कार्की (५ लाख)
रन्जितकुमार (३ लाख)
विपिन रावल (२ लाख)
लुम्बिनी लायन्स
आसुतोष घिरैया (१० लाख)
सूर्य तामाङ (१५ लाख)
दिनेश अधिकारी (२ लाख ७५ हजार)
विवेक यादव (१५ लाख)
दुर्गेश गुप्ता (८ लाख)
तिलकराज भण्डारी (१० लाख)
जनकपुर बोल्ट
शुभ कंशाकर (५ लाख)
अनिलकुमार साह (१५ लाख)
अरनिकोप्रसाद यादव (२ लाख २५ हजार)
ललित राजवंशी (१५ लाख)
बिराटनगर किंग्स
लोकेश बम (१५ लाख)
प्रतिश जिसी (१५ लाख)
सुवास भण्डारी (२ लाख ५० हजार)
नरेश भट्ट (२ लाख)
राजेश पुलामी (५ लाख)
जिनेत्द्र मुखिया (५ लाख)
काठमाडौं गुर्खाज
दीपेश कँडेल (५ लाख)
शंकर राना ९ लाख ५० हजार)
भीम सार्की (१५ लाख)
सुमित महर्जन (५ लाख)
शाहब अलाम (१५ लाख)
कर्णाली याक्स
ऋत गौतम (५ लाख)
दीपक डुम्रे (३ लाख)
दिपेन्द्र रावत (३ लाख)
पोखरा एभेन्जर्स
सागर ढकाल (१५ लाख)
दिनेश खरेल (२ लाख)
नारायण जोशी (१० लाख)
आकाश चन्द (११ लाख ५० हजार)
सुदूरपश्चिम रोयल्स
अभिनाश बोहरा (१२ लाख)
आरिफ शेख (१५ लाख)
अमित श्रेष्ठ (२ लाख ५० हजार)
भोजराज भट्ट (४ लाख ५० हजार)