काठमाडौं। सेयर बजार ५६.०९ अंकले बढेको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०९ अंक अर्थात् २.१५ प्रतिशतले बढेर २६५३.५८ बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा बन्द भएको थियो भने त्यसअघिका दुई कारोबार दिनमा नेप्से १६० अंकले बढेको थियो। गत मंगलबार ११४ अंक र सोमबार ४४ अंक गरी दुई दिनमा १६० अंकको वृद्धि भएको थियो।
आइतबार नेप्सेमा कुल ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ६ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएका मध्ये २१९ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मुल्य भने स्थिर छ।
आइताबार न्यादी हाइड्रोपावको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मध्ये भोटेकाशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ९.६८ प्रतिशत, गुडवील फाइनान्सको ९.२७ प्रतिशत, साइनर्जी पावरको ८.१४ प्रतिशत, समृद्धि फाइनान्सको ७.९२ प्रतिशत, नेपाल फाइनान्सको ७.७० प्रतिशत र बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य ७.६२ प्रतिशतले बढेको छ।
आइतबार वीन नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा कुमारी सबल योजनाको सेयर मूल्य ९.४३ प्रतिशतले घटेको छ। यस्तै, एनआइसि एसिया सेलेक्ट फण्डको ६.७० प्रतिशत, स्वरोजगार लघुवित्त वित्तियको ५.४९ प्रतिशत र उपकार लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ४.४१ प्रतिशतले घटेको छ।
आइतबार बैंकिङ समुहको सेयर मूल्य २.२० प्रतिशत, विकास बैंक समूहको २.२२ प्रतिशत, फाइनान्स समूहको ६.३० प्रतिशत, होटल तथा पर्यटन समूहको १.७१ प्रतिशत, जलविद्युत समूहको २.७३ प्रतिशत र लगानी समूहको सेयर मूल्य १.९९ प्रतिशतले बढेको छ।
यस्तै, जीवन बिमा समूहको १.३४ प्रतिशत, उत्पादन समूहको ३.१२ प्रतिशत, लघुवित्त समूहको १.४७ प्रतिशत, म्युचअल फण्ड समूहको ०.१८ प्रतिशत, निर्जीवन बिमा समूहको १.४९ प्रतिशत र व्यापार समूहको सेयर मूल्य ०.९० प्रतिशतले बढेको छ।