काठमाडौं। एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छन्। उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन्।
यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्त्वपूर्ण कार्य र तिनको प्रभावको सम्मान रहेको एनसेलले जनाएको छ। अवार्ड एनसेलले जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारीलगायतका क्षेत्रमा गर्दै आएको प्रभावकारी सामाजिक पहलको प्रमाण हो।
‘हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो। हामीले गरेका सामाजिक पहलले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं। एनसेल फाउन्डेसनको सुरुआतसँगै सामाजिक पहलमार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउन र दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारलाई निरन्तर सहयोग गर्न प्रतिबद्ध छौं’, खड्काले भनिन्।
एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशैभरि १०० भन्दा बढी सामाजिक परियोजना कार्यान्वयन गरेको छ।
रिङरोडका कोटेश्वर–कलंकी १०.२ किलोमिटर सडक खण्डका दुवैतिर गरिएको ल्यान्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरुमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरी सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजना हुन्।
१९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुआत गरेको घोषणा गरेको छ। यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको समुदाय स्तरमा १९ सामाजिक परियोजना सञ्चालन गर्नेछ। एनसेलले विभिन्न सामाजिक पहलमा २ अर्बभन्दा बढिको योगदान गरिसकेको छ।
वुमन्स ट्याब्लोइड अवाडर््सले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसर, उद्यमीहरू, र महिलाले सञ्चालन गरेका व्यवसायको उल्लेखनीय उपलब्धिको सम्मान गर्ने एनसेलले जनाएको छ।