काठमाडौं। माछापुच्छ्रे बैंकले स्थापनाको २४औं वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाएको छ। ‘उत्सव र सहयोग’ नारासहित बैंकले असोजभरलाई वार्षिकोसत्व अभियानको रुपमा लिएको छ।
बैंकले शुक्रबार केन्द्रीय कार्यालय तथा सबै शाखामा पनि विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ। बैंकले विभिन्न शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।
बैंकले वृद्धाश्रम तथा बालमन्दिरमा सहयोग, वृक्षारोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम केन्द्रित गतिविधि सञ्चालन गरिरहेको छ।
बैंकले केही दिनअघिको बाढीपहिरोमा परेर विस्थापित काभ्रेको रोशी गाउँपालिका–१ र २ का बाढीपहिरो पीडित घरपरिवारलाई २०० थान ब्ल्यांकट उपलब्ध गराएको छ। बैंकले उक्त ब्ल्यांकेट रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो।
बैंकले वार्षिकोत्सव अवसर पारेर असोज १ देखि ३० सम्म एमबीएल एम स्मार्ट मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ।
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिका लागि एकमुष्ट २,४०० मा उपलब्ध गराएको छ। बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्म छुट दिएको छ।
हाल बैंकले १६५ शाखा, २०१ एटिएम, १११ शाखारहित इकाइ, १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।