काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले चाडपर्व लक्षित छुट सहितका अफर घोषणा गरेका छन्। हरेक वर्ष चाडपर्वको मुखमा धेरै सेवा प्रदायक कम्पनीहरुले ग्राहक लक्षित छुट सहुलियतको अफर ल्याउने गर्दछन्। यसवर्ष पनि करिब दर्जन सेवा प्रदायकले आफ्नो अफर घोषणा गरिसकेका छन्।
खासगरी, चाडपर्वको समयमा ग्राहकलाई आकर्षण गर्ने ढंगमा सेवा प्रदायकले नयाँ ग्राहक तथा सेवा नविकरण गर्ने ग्राहकमाझ विविधि योजना ल्याउने गर्दछन्। दशैं, तिहार र छठ पर्वको अवसर पारेर इन्टरनेट सेवाप्रदायकले ५० प्रतिशत छुट प्रदान गर्नेदेखि एक वर्षको इन्टरनेट प्याकेज लिँदा गाडी पाउनेसम्मको अफर ल्याएका छन्। वर्ल्डलिंक, भायानेट र सुबिसु, डिसहोम, वाइफाइ नेपाल जस्ता सेवा प्रदायकले ग्राहकलक्षित आकर्षक योजना सार्वजनिक गरेका छन्।
क्लासिक टकेको आधा तिरे पुग्छ योजना
क्लासिक टेकले चाडबाडलक्षित आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहाक हरुले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेट प्लस टिभी जडान गर्न सक्नेछन्। ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ। उक्त अफरमा १५० एम बि पी यस इन्टरनेट प्लस टिभी २०० एम बि पी यस इन्टरनेट, प्लस टिभी र २०० एम बि पी यसमा २ आइपी टिभी सम्मका प्याकेज हरुरहेका छन्।
यसैगरी, वाइफाई ६ भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै सेकेन्डरी राउटर पनि निशुल्क उपलब्ध गराएको छ। खास गरि १ वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टि.भी जडानमा महँगो तिरिरहेका ग्राहकहरुका लागि यस अफर निकै आकर्षक रहेको कम्पनीको दाबी छ। अफर दशैँ तिहार र छठ सम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।
सुबिसुको ‘दशैंको उपहार, सुबिसुसँग खुसीको बहार’
इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले दशैं, तिहार र छठका लागि भन्दै ‘दशैंको उपहार, सुबिसुसँग खुसीको बहार’ योजना सार्वजनिक गरेको छ। कम्पनीले यसपटकको चाडपर्वका लागि भन्दै फ्रेन्ड्स एण्ड फेमिली उपहार, अर्ली बर्ड्स उपहार र रिभरमा उपहार नै उपहार सार्वजनिक गरेको हो।
यस योजनाअन्तर्गत २ सय एमबीपीएसको पैसामा ३ सय एमबीपीएसको इन्टरनेट जोड्न सकिने सुविधा राखिएको छ। यस्तै सुबिसुको अफर बुक गरेमा पहिलो १ सय जनालाई निशुल्क सरप्राइज गिफ्ट पनि दिने कम्पनीले जानकारी दिएको छ। यससँगै कम्पनीले अब कुनै ग्राहकले सेवा रिफर गरेमा १ महिना निशुल्क बोनस र ब्याण्डविथ बढाउने घोषणा गरेको छ।
सिजी नेटको हातै खाली नहुने अफर
इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले दशैं, तिहार, छठ तथा ईद पर्वको अवसरमा असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा हात खाली नरहने विशेष अफर ल्याएको छ। कम्पनीको यस अफरमा सीजी नेटका सम्पूर्ण ग्राहकहरूले तीव्र गतिको इन्टरनेट सेवासँगै ३ महिनासम्मको बोनस, १५०० रुपैयाँसम्मको नगद छुट, इन्स्ट्यान्ट क्याशब्याक र फ्रि वाई–फाई–६ अपग्रेड पनि पाउन सक्नेछन्।
हातै खाली नरहने अफरको साथमा सीजी नेटको १०१ एमबीपीएस गतिको वार्षिक प्याकेज नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकले सुरुवाति मूल्य ९ हजार ९९९ रुपैयाँमै स्मार्ट बल्ब निःशुल्क पाउने छन्। त्यस्तै, १५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाति मूल्य १२ हजार ४९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) निःशुल्क पाइनेछ। यसैगरी ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाति मूल्य १४ हजार ४९९ मा दुबै निःशुल्क पाइने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सीजी डिजिटल, मिनिसो, फारएवरयङ, कास्परस्काई एन्टी भाइरस, नेपाल टिकलेकटिभ्स र क्लास्सिक डायमन्डका सामान खरिदमा ७० प्रतिशतसम्मको छुटको व्यवस्था पनि गरेको छ। नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा ५० हजार मूल्य बराबरका मिनिसो र फारएवरयङ ब्रान्डका सामान उपहार स्वरूप प्राप्त गर्न सक्नेछन्। यस्तै, ग्राहकका लागि नथिङ ब्रान्डको सीएमएफ फोन–१, एयरबड र मिराया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ।
वेबसफरको ‘ह्याप्पी दशैं अफर’
इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसफरले ह्याप्पी दशैं अफर सार्वजनिक गरेको छ। कम्पनीले ७०, ८०, १००, २०० र ३०० एमबीपीएस गतिका इन्टरनेटमा ठुलो छुट दिनेगरी नयाँ अफर सार्वजनिक गरेको हो। जसअन्तर्गत कम्पनीले ७० एमबीपएिस गतिको इन्टरनेट प्रतिमहिना ५ सय ५५ रुपैयाँमै उपलब्ध गराउने अफर ल्याएको छ।
यस्तै, ८० एमबीपीएसलाई ६ सय ६६, १०० एमबीपीएसलाई ७ सय ७७ र २०० एमबीपीएस गतिको इन्टरनेटलाई ८ सय ८८ रुपैयाँमै उपलब्ध गराउने जानकारी दिएको छ। कम्पनीले ३ सय एमबीपीएस गतिको इन्टरनेट प्याकेज प्रतिमहिना ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउने बताएको छ। यी प्याकेजहरु कसैले १ बर्षकै लागि लिएको खण्डमा कम्पनीले २ हजार रुपैयाँ बराबरको आइपीटिभी सुविधा पनि उपलब्ध गराउने उल्लेख छ।
वर्ल्डलिंकमा कार जित्न सकिने
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दशैं तिहारलाई लक्षित गरेर ‘कार्निभल’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बम्पर उपहारमा ‘नामी’ ब्रान्डको विद्युतीय कार राखिएको छ। नयाँ प्रयोगकर्ता र नवीकरण गर्ने दुवै खालका प्रयोगकर्ता यो योजनामा सहभागी हुन सक्नेछन्। तर खल्तीबाट भुक्तानी गर्ने उपभोक्ता मात्रै यसमा सहभागी हुन पाउने वर्ल्डलिंकले जनाएको छ। त्यसका साथै सामसङ र बोटका विभिन्न सामग्रीमा ३९ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।
डिशहोमको इन्टरनेट जोड्दा वासिङ मेसिनदेखि स्मार्टफोनसम्म जित्ने मौका
डिशहोमले फाइबरनेटले नयाँ इन्टरनेट जोड्ने र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनस सुविधा उपलब्ध हुनेछन्। १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीको भनाइ छ।
यसको अतिरिक्त ग्राहकले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू समेत जित्न सक्नेछन्। हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम एप्लाइन्सका सामान, आईटेल ए६० स्मार्टफोन, मिभी डुओपड्स टी२० इयरबड्स र डिसहोम ४के स्ट्रिमर जस्ता उपहारहरू जित्न सक्नेछन्। बम्पर लक्की ड्र अन्तर्गत एक जना भाग्यशाली विजेताले डीएचआई होम एप्लाइन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्।
डिशहोमले आफ्ना ग्राहकका लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। डीएचआई होम एप्लाइन्सका सामानमा ४० प्रतिशत, मिभी डुओपड्समा ५४ प्रतिशत र फायरबोल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोम इन्टरनेटको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ। नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन्।
वाइफाइ नेपालमा स्कुटर जित्ने अवसर
वाइफाइ नेपालले पनि दशैं अफरको रुपमा स्कुटर दिने घोषणा गरको छ। कम्पनीले खल्तिबाट भुक्तानी गर्दा स्कुटर, स्मार्ट टीभीसहितको आकर्षक उपहार दिने घोषणा गरेको छ। वाइफाइ नेपालले २४ महिने प्योकज किन्दा ३१ प्रतिशतसम्मको छुट दिएको छ भने नेपालकै सस्तो र भरपर्दो फाइबर इन्टरनेट प्रदान गर्ने उल्लेख गरेको छ। कम्पनीले बम्परमा एक जनालाई स्कुटर, हरेक हप्ता एक जनालाई एचडी स्मार्ट टिभी र साथमा हात खाली नहुने उपहारहरु घोषणा गरेको छ।
भायानेटको ‘भायानेट महा महोत्सव’ अफर
इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ। ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले जनाएको छ। अफरअन्तर्गत ग्राहकले ८ हजार ९९० रूपैयाँमा १२५ एमबिपिएसको सट्टा २०० एमबिपिएस स्पिड प्राप्त गर्न सक्नेछन्।
अहिले १२५ एमबिपिएस सब्स्क्राइब गर्ने आफ्ना वार्षिक ग्राहकलाई २०० एमबिपिएसमा अपग्रेड गरिसकेको कम्पनीले जनाएको छ। साथै, भायानेटले ग्राहकको घरभरी वाइफाइ कभरेज बढाउन जेडटिइको ’मेस वाइफाई’ मा अफर ल्याएको छ। ग्राहकहरूले मेस वाइफाई राउटरमा दुईवटा सेटलाई एउटाको मूल्यमा पाउनेछन्। जसका लागि र तीन हजार रूपैयाँ (भ्याटसहित) अतिरिक्त तिर्नुपर्नेछ।
यस अफर भायानेटका २०० एमबिपिएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको छ। यसका साथै भायानेटका तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकले ग्लोबल नम्बर २ टिभी ब्रान्ड, हाइसेन्सको टिभी, फ्रिज, वासिङ मसिनजस्ता इलेक्ट्रोनिक्सहरूमा २८ प्रतिशतसम्मको छुट पनि पाउनेछन्।