वासिङ्टन । बजारले अनिश्चिततालाई कहिल्यै मन पराउँदैन । यो सबैलाई थाहा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न अवसरमा विपक्षी दल डेमोक्याट्सले महाअभियोग प्रस्तावलाई अगाडि बढाएको खण्डमा बजार लथालिंग हुने र सबै जना गरिब हुने दाबी गर्दै आएका छन् ।
ट्रम्पको यस्तो चेतावनी २४ सेप्टेम्बरमा आएको थियो । संयोग यस्तो रहन गयो कि सभामुख नेन्सी पेलोसी र सांसद डी क्यालिफले जुन दिन महाअभियोग अनुसन्धानको औपचारिक सुरुआतको घोषणा गरे, त्यही“ दिन सेयर बजार पनि ओरालो लाग्यो ।
ट्रम्पले चेतावनी दिएको विनाश र प्रकोपको विपरीत डो जोन्स इन्डस्ट्रियल एभ्रेज (अमेरिकाको स्टक एक्सचेन्जमा सूचीकृत ३० ठूला कम्पनीको स्टक पर्फमेन्सलाई मापन गर्ने स्टक मार्केट इन्डेक्स हो, डाउ जोन्स) र एस एन्ड पी ५०० इन्डेक्स सेप्टेम्बर २५ मा सदनले आफ्नो पहिलो सार्वजनिक महाअभियोग सुनुवाइ सम्पन्न गरेको केही घन्टामै सबैभन्दा उच्च रेकर्ड लिएर बन्द भयो ।
अमेरिकी राजदूतले युक्रेनका विलियम टेलर र शीर्ष परराष्ट्र अधिकारी जर्ज केन्टसँग गरेको ६ घन्टा लामो सोधपुछले लगानीकर्तालाई खासै असर पारेको देखिएन । धेरैको ध्यान युक्रेनभन्दा पनि चीन र सम्भावित व्यापार सम्झौतातर्फ थियो ।
महाअभियोग प्रक्रियाको भत्र्सना गर्दै राष्ट्रपति ट्रम्पको ट्वीट शृंखलामा आफूविरुद्धको महाअभियोगले वित्तीय विपद् ल्याउने धेरै चेतावनी दिइरहे ।
स्टक मार्केट यो वर्ष २० प्रतिशतले बढेको छ । व्यापार युद्ध, अटो आन्दोलन र ग्लोबल माग ओरालो लागे पनि यो वर्ष अमेरिकी कुल गार्हस्थ उत्पादनले २.२ प्रतिशतको स्वस्थ कदम लिने अपेक्षा गरिएको छ । २६ सेप्टेम्बरमा एस एन्ड पी इन्डेक्सले थप अघि बढ्दै अर्को उत्तम प्रदर्शनी ग¥यो । तर इन्डेक्सको अन्य बेन्चमार्क इन्डेक्स भने आधा प्रतिशतले ओरालो लागे ।
एजीएफ इन्भेस्टमेन्टका प्रमुख रणनीतिकार ग्रेग भालैरी लेख्छन्, ‘बजारले रोबर्ट मुलरलाई र महाअभियोगको सुनुवाइलाई पनि बेवास्ता गरेको छ ।’ बजारलाई थाहा छ, तीनदेखि चार जनाभन्दा बढी रिपब्लिकन सिनेटरले ट्रम्पविरुद्धको उक्त महाअभियोगमा मतदान गर्ने छैनन् र राष्ट्रपतिलाई पदबाट बर्खास्त गर्नका लागि कम्तीमा २० जना रिपब्लिकन सिनेटको भोटको खाँचो पर्छ ।
यसरी हेर्दा यो विभाज्य राजनीतिको पूर्वानुमानले सम्भावित गतिशील विकासलाई केही स्थिरता दिएको छ । अक्सफोर्ड क्लबका प्रमुख आय रणनीतिकार मार्क लिचेनफेल्ड भन्छन्, ‘ऐतिहासिक दृष्टिकोणबाट यो महाअभियोगको महङ्खव होला तर बजारको दृष्टिकोणबाट यो कुनै निर्णायक घटना होइन ।’
महाअभियोग प्रक्रिया र अन्तिम परिणाम नआएसम्म यस विषयमा अझै हल्ला आइरहनेछन् । अमेरिकी कंग्रेसका केही डेमोत्र्mयाटिक सदस्यका अनुसार सदनमा महाअभियोगको मतदान ख्रिष्टमससम्म आउने बताउँछन् । त्यसपछि सिनेटमा थप केही सातासम्म छलफल चल्नेछन् । सिनेट मेजोरिटी लिडर मिच म्याककोनेल, आर की भन्छन् कि उनीहरु सिनेटको ट्रायलमा भीडसँग कुद्ने छैनन् ।
क्लिन्टन र निक्सन, बुल र बियर इकोनोमी
ऐतिहासिक रुपमा हेर्ने हो भने अमेरिकाका विभिन्न राष्ट्रपतिको महाअभियोगमा बजारले विविध खालको प्रतिक्रिया दि“दै आएको छ । बजारको प्रदर्शनलाई नजिकबाट नियालेका अनुसन्धानकर्ताले विगतका विभिन्न महाअभियोगका सुनुवाइबाट मिश्रित परिणाम निकालेका छन् । एलपीएल फाइनान्सियल रिसर्चको हालैको विश्लेषणमा भनिएको छ, ‘महाअभियोगको अनुसन्धानले बजारमा अस्थिरता ल्याउँछ ।’
उदाहरणका लागि, १९९८ अक्टोबरमा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनविरुद्ध महाअभियोग अनुसन्धान सुरु हुनुअघि नै २० प्रतिशतले स्टक बजार ओरालो लागेको थियो । उक्त मन्दी संयोगले त्यही“ समय आयो, जब रसियाली वित्तीय संकट र हेज फन्ड लङ टर्म क्यापिटल म्यानेजमेन्टको बृहत् १ सय २६ विलियन डलर रकम डुबेको थियो ।
त्यसको विपरीत क्लिन्टनको महाअभियोग प्रक्रियाभरि स्टक मार्केट निकै उकालो लागेको थियो । तर त्यो उकालो लाग्नु पनि एउटा संयोग थियो किनभने त्यस समय टेक कम्पनीहरु एकदमै मौलाइरहेका थिए भने अमेरिकी संघीय बजेट पनि सरप्लसमा आइरहेको थियो ।
एलपीएल फाइनान्सियलका शीर्ष बजार रणनीतिकार ¥यान डेटरिकका अनुसार क्लिन्टनको महाअभियोगको ६ महिनापछि एस एन्ड पी ५०० ले ४१.६ प्रतिशतले बढेको थियो । यसले स्पष्ट रुपमा बजारले वासिङ्टनको सुनुवाइभन्दा पनि राष्ट्रिय अर्थतन्त्रलाई बढी ख्याल राख्ने गरेको स्पष्ट संकेत दिन्छ ।
पूर्वराष्ट्रपति रिचर्ड निक्सनको कुरा गर्दा उनको महाअभियोग भने संयोगले अमेरिकी अर्थतन्त्र इतिहासको सबैभन्दा कमजोर क्षणसँग मिल्न गएको छ । निक्सनको वाटरगेट काण्डको अनुसन्धान, महाअभियोगको अनुसन्धान र उनको बर्खास्तीको अवधिभरि जनवरी १९७३ देखि डिसेम्बर १९७४ को बीचमा डाउ जोन्सले करिब आधाले आफ्नो मूल्य गुमाएको थियो ।
वासिङ्टनमा देखापर्ने राजनीतिक गतिरोध र अस्थिरताले अमेरिका र विश्वकै अर्थतन्त्रलाई हल्लाएका घटनाको शृंखला नै छ । ब्रेटन उड्स फिक्स्ड एक्सचेन्ज रेट सिस्टम अन्त्य भयो र निक्सनले सुनबाट अमेरिकी डलरलाई छुट्याए । तेल निर्यातकर्ता मुलुक ओपेकले अमेरिकालाई तेल निर्यात गर्न बन्द ग¥यो र यसले ग्यासको अभाव बढ्नुका साथै मूल्यमा वृद्धि भयो । एन्टी इन्फ्लासन नीतिले अमेरिकी अर्थतन्त्रलाई मन्दीमा ल्यायो, जुन निक्सनको कार्यकालभन्दा लामो समयसम्म रह्यो ।
स्क्रोडर्ससँग सम्बद्ध उदीयमान बजार अर्थशास्त्री क्रायग बोथामले २०१७ को एउटा शोधमा निक्सनको मामिलालाई सम्भ“mदै लेख्छन्, ‘निक्सनको टेलिभिजनबाट प्रसारित महाअभियोग सुनुवाइपछि सामान्य ¥याली भएको थियो । निक्सनले राजीनामा दिएको केही महिनापछि मुठभेड भएको थियो ।’
बोथाम लोख्छन् कि तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनको राजीनामा एउटाले केही हलचल मच्चाउनुको पछाडि कारण भएको मान्छन् । उनी अगाडि लेख्छन्, ‘सायद लगानीकर्ताले आर्थिक नीतिमा आएको परिवर्तन र अनिश्चितताको अन्त्यलाई स्वागत पो गरेका थिए कि ।’
स्क्रोडर्सको शोधले तीन राष्ट्रपति क्लिन्टन, निक्सन र एन्ड्रु जोन्सनको महाअभियोग प्रक्रियालाई हेरेर निष्कर्ष निकालेको छ । निष्कर्षमा राष्ट्रपतिको महाअभियोग र बजार प्रदर्शनबीच कतै पनि एक किसिमको ढा“चा देखिएको छैन । ती महाअभियोगले उच्च बजार भोलाटिलिटी निम्त्याउन सक्ने केही संकेत देखिएका छन् ।
तर, बोथामले ती प्रमाणलाई कमजोर ठहर गरेका छन् । उक्त शोधमा महाअभियोगको तथ्यांक, २०१६ मा ब्राजिलको राष्ट्रपति र २०१७ मा कोरियाली राष्ट्रपतिको बर्खास्तीको घटनालाई पनि समावेश गरेको छ ।
महाअभियोगभन्दा बाहिरको वास्तविक जोखिम
वासिङ्टनमा महाअभियोगले अर्थतन्त्रमा जोखिम ननिम्त्याए पनि त्यहाँ चिन्ताजनक विषय अरु पनि छन् । वासिङ्टनमा देखिएको व्यापक राजनीतिक अकर्मण्यता, गतिरोध, व्यापार युद्ध र बढ्दो संघीय घाटा महाअभियोगभन्दा पनि गम्भीर विषय हुन् ।
सम्पूर्ण मुलुक सदनमा महाअभियोग सुनुवाइमा केन्द्रित रहेको समय अर्थ मन्त्रालयले आर्थिक प्रतिवेदन जारी ग¥यो, जसमा सेप्टेम्बर महिनामा बजेट घाटा १३४ विलियन डलरमा पुगेको देखिएको थियो । सोही अवधिमा अघिल्लो वर्ष ३४ प्रतिशतले बजेट नाफा बढेको थियो ।
समग्रमा हेर्दा यो घाटा यस वर्षको अन्त्यसम्म ९८४ डलरसम्म पुग्ने र २०२० सम्म १ ट्रिलियन पुग्ने अनुमान गरिएको छ ।
डेमोत्र्mयाट्स र रिपब्लिकनहरुले ट्रम्प प्रशासनका साक्षीहरुलाई सोधपुछ गरेर ¥याख¥याख्ती पारिरहँदा, फेडेरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले क्यापिटल हिलमा दिएको वक्तव्यलाई धेरैले नजरअन्दाज गरे । पावेलले सांसदहरुलाई संघीय बजेट दिगो पथमा नरहेको चेतावनी दिए ।
ऋणको वृद्धिले आर्थिक विकासलाई तल तान्न सक्छ र मन्दी उत्पन्न भएको खण्डमा हस्तक्षेप गर्न फेडेरल रिजर्भलाई अप्ठ्यारो बनाउने उनले बताए । यस अलावा व्यापार युद्धले आयस्रोतलाई ध्वस्त बनाएको छ । निर्माण क्षेत्रमा भएको घाटाले समग्र आर्थिक वृद्धिलाई क्षति पु¥याउनेछ ।
संघीय बजेटको बाइपार्टिसन कमिटीकी अध्यक्ष माया म्याकगुनियास भन्छिन्, ‘चेतावनीका संकेत स्पष्ट छैनन्, देशको इतिहासमै यति मजबुत अर्थतन्त्र हुँदा पनि यति खराब घाटा कहिले लागेको थिएन ।’ यस्तो ट्रेन्डलाई अस्थिर भन्दै मयकगुनियास चेतावनी दिन्छिन्, ‘हामीले सामूहिक रुपमा कुनै कदम चालेनौ“ भने हाम्रो आर्थिक शक्ति र आत्मनिर्भरतामा ह्रास ल्याउने यो एउटा रेसिपी हो ।’
अहिले महाअभियोगबाहेक अन्य यस्ता धेरै मामिला छन्, जसले बजार र व्यापक अर्थतन्त्रलाई प्रभाव पार्ने भूमिका खेल्न सक्छ । ग्रेग भेलियर भन्छन्, ‘महाअभियोगको विषयले अरु महङ्खवपूर्ण कुरालाई दबाउन सक्छ यी हल्लालाई फिल्टर गर्ने प्रयास गरौ“ ।’
यसका साथै नयाँ रिपोर्टका अनुसार ह्वाइटहाउस आर्थिक परिषद्ले अर्को कर कटौतीको तयारी गर्दै छ, जसले २०२० को चुनावमा आर्थिक नारा बन्न सक्ने सम्भावना छ ।
यस्तै, फेडेरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले पनि एक महिनाअगाडि कम्तीमा यो वर्षको अन्तिमसम्म ब्याजदर उस्तै कायम रहने संकेत दिएका छन् । वेलिङटन एन्ड कोका शोध निर्देशक टोड स्कोयनबर्गर महाअभियोगले घरेलु अर्थतन्त्रमा शून्य प्रभाव पार्ने तर्क गर्छन् । तर, यसले विश्व परिदृश्यमा भने प्रभाव पार्ने उनको भनाइ छ ।
‘चिनियाँहरु अन्तिम निर्णय पर्खौं र हेरौ“को स्थितिमा आउनेछन्, यसले हाम्रो आउने चौमासिकको जीडीपी रेटमा प्रभाव पार्छ,’ उनी भन्छन् । स्कोयनबर्गरका अनुसार चीनले वासिङ्टनको शक्ति संघर्षबाट को शक्तिमा आउँछ भन्ने कुरा स्पष्ट नभएसम्म यो व्यापार युद्धलाई लम्बाइरहने निर्णय लिन सक्छन् ।
(लियन्द्रा बर्नेस्टिन लिखित यो आर्टिकल एबीसी सेभेनबाट लिइएको हो ।)
क्यापिटल म्यागजिन पुस अंकबाट