काठमाडौं। दुई दिनमा १६० अंकले बढेको सेयर बजार फेरि २६ अंकले घटेको छ। सोमबार र मंगलबार गरी दुई दिनमा १६० अंकले बढेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार भने २६.०७ अंक अर्थात ०.९९ प्रतिशतले घटेर २५९७.४९ बिन्दुमा बन्द भएको छ।
गएको सोमबार नेप्से ४४.४५ र मंगलबार ११४.७० अंक गरी दुई दिनमा नेप्से १५९.१५ अंकले बढेको थियो। बुधबार सूचक घटेसँगै कारोबार पनि घटेको छ। आज नेप्सेमा कुल ६ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा ७ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार कारोबारमा आएका मध्ये ५४ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ। यस्तै, तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा स्वरोजगार लघुवित्तको सेयर मूल्य ९.९६ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ९.४५ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावरको ८.०२ प्रतिशत र नबिल ब्यालेन्स फण्डको सेयर मूल्य ७.९१ प्रतिशतले बढेको छ।
बुधबार वीन नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.२० प्रतिशतले घटेको छ। यस्तै,अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य ७.२३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ७.०३ प्रतिशत र सनराइज ब्लूचीप फण्डको सेयर मूल्य ५.५१ प्रतिशतले घटेको छ।
आज बैंकिङ समूहको सेयर मूल्य ०.७१ प्रतिशत, विकास बैंक समूहको १.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७९ प्रतिशतले घटेको छ।
जलविद्युत समूहको सेयर मूल्य १.७४ प्रतिशत, लगानी समूहको १.५२ प्रतिशत, जीवन बिमा समूहको ०.४० प्रतिशत, उत्पादन समूहको १.७९ प्रतिशत, लघुवित्त समूहको १.१२ प्रतिशत र निर्जीवन बिमा समूहको १.८२ प्रतिशतले घटेको छ। यस्तै, फाइनान्स समूहको सेयर मूल्य १.७५ प्रतिशतले बढेको छ।