काठमाडौं। टीभीएस नेपालले दसैं अवसरमा भृकुटीमण्डपमा महाएक्सचेन्ज मेला आयोजना गरेको छ।
असोज १५ देखि सुरु भएर २० सम्म चल्ने मेलामार्फत ग्राहकले पुराना मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारीसाधन घर लैजाने अवसर पाउने कम्पनीले जनाएको छ। मेलामा ग्राहकले आकर्षक अफर, पुरस्कारका साथै विशेष दसैं अफरको फाइदा लिन सक्नेछन्।
टीभीएस महाएक्सचेन्ज मेलामा ग्राहकले बृहत् सुविधा, मोटरसाइकलको उत्कृष्ट मूल्यांकन, कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साटफेर, ५,००,००० सम्मको छुट, बाइक खरिदमा १०,००,००० सम्मको छुट, साप्ताहिक क्यास ब्याक अफरअन्तर्गत हरेक साता शतप्रतिशत क्यास ब्याक, टीभीएस बाइक वा स्कुटर खरिद गर्दा आजीवन वारेन्टी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
मेलामा २० बढी विशेषज्ञ मूल्यांकनकर्ताले पुराना दुईपांग्रे सवारी साधनका लागि उच्चतम मूल्य सुनिश्चित गर्ने कम्पनीको भनाइ छ। कम्पनीले छानिएका मोडलमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि उपलब्ध गराएको छ। नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो।