काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज पल्सर एनएस् ४०० जेडको डेलिभरी भृकुटीमण्डपबाट सुरु गरेको छ। नाडा अटो शोबाट एनएस् ४०० जेड बुकिङ गर्ने ग्राहकलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको सुरुआत गरिएको कम्पनीले जानकारी दिएको हो।
पल्सर एनएस् ४०० जेडले शक्ति, प्रविधि र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीको छ।बजाज पल्सर एनएस् ४०० जेडलाई ३७३ सिसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले शक्ति दिन्छ, जसले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्दछ।
यो ६ स्पिड गियरबक्ससँग जोडिएको छ, जसमा स्लिप र असिस्ट क्लच सुविधा छ। सले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्ने कम्पनीले जनाएको छ। यो मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाइ–वायर प्रविधि पनि समावेश छ।
भृकुटीमण्डपमा आयोजित पल्सर एनएस् ४०० जेड डेलिभरी कार्यक्रममा गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर बजाज पल्सर एनएस् ४०० जेड डेलिभरी गरिएको र नेपालका विभिन्न क्षेत्रबाट ठूलो बुकिङ भए पनि दसैं–तिहार बीचमा माग पूरा गरिने बताए।
पल्सर एनएस् ४०० जेड सबैभन्दा एडभान्सड पल्सर हो। यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोड छन्। स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस् रहेको छ, जसले सबै प्रकारका सडकमा उच्च सुरक्षा प्रदान गर्दछ।
मोटरसाइकलमा फुल कलर एलसिडी स्क्रिन छ, जसमा ब्लुटुथ कनेक्सन सुविधा उपलब्ध छ, जसले टर्न–बाइ–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी दिने कम्पनीको भनाइ छ।
मस्कुलर र एरोडायनामिक डिजाइनको साथमा एनएस् ४०० जेडमा चिजल्ड फ्यलु ट्यांक, सार्प ट्यांक एक्सटेन्सन, आरामदायी स्प्लिट सिट सेटअप र स्टाइलिस १७–इन्च अलोय व्हील्स रहेको छ।
कम्पनीले बजाज पल्सर एनएस् ४०० जेडको नेपालमा ५,५९,९०० रुपैयाँ मूल्य तोकेको छ।